काँग्रेस मुसिकोट नगर सचिव घिमिरेले दिए मुसिकोट नगरपालिकालाई ८ बुँदे सुझाव

वामीटक्सार । नेपाली काँग्रेस मुसिकोट नगर कार्य समितिका सचिव मोहन घिमिरेले गुल्मीको मुसिकोट नगरपालिकालाई ८ बुँदे सुझाव दिएका छन् । गुल्मीको मुसिकोट नगरपालिकाले आर्थिक बर्ष २०७८÷०७९ को लागि नगरपालिकाबासीबाट निती, कार्यक्रम, योजना र बजेटको विषयमा एक सूचना जारी गर्दै देश विदेशबाट सुझाव मागेको थियो ।

उक्त कुरालाई मध्यनजर गर्दै नेता घिमिरेले ८ बुँदै सुझाव दिएका हुन् । कोभिड १९ को महामारी कायम नै रहेको अबस्थामा नगर भित्रका जनतालाई खोपको व्यबस्था गर्न आवश्यक नितीगत तयारी गर्न उनको पहिलो सुभलाव रहेको छ ।नेपालका कतिपय स्थानिय तहले आफै खोप खरिद गरेर बितरण गर्ने तयारी गरिरहेकोले मुसिकोटको शवालमा त्यसरी काम गर्न सकिने हो या होईन स्पष्ट पारी यो बिषयलाई निती तथा कार्यक्रम र बजेटको अभिन्न अङ्ग बनाउन उनले माग गरेका छन् ।

हेरौ नेता घिमिरेले दिएको सुझावहरु:
प्रस्तुत विषयमा मुसिकोट नगरपालिकाको आर्थिक बर्ष २०७८/७९ को बजेटको सम्बन्धमा तपशिल बमोजिमका सुझाव सल्लाह प्रस्तुत गरेको छु।

१. कोभिड–१९ को महामारी कायम नै रहेको अवस्थामा नगरभित्रका जनतालाई खोपको व्यवस्था गर्न आवश्यक नितीगत तयारी गर्नु आवश्यक देखिन्छ। नेपालका कतिपय स्थानिय तहले आफै खोप खरिद गरेर बितरण गर्ने तयारी गरिरहेकोले मुसिकोटको सवालमा त्यसरी काम गर्न सकिने हो या होईन? स्पष्ट भै यो विषयलाई निति तथा कार्यक्रम र बजेटको अभिन्न अङ्ग बनाईयोस।

२. जनसंख्या र भूगोलको आधारमा ठूलो स्थानिय तह भएको कारण नै मुसिकोट नगरपालिकामा जिल्लाका अन्य स्थानिय तहको तुलनामा संघबाट सबैभन्दा धेरै बजेट बिनियोजन गरिएको तथ्यलाई आत्मसाथ गरि नगर क्षेत्रमा वडागत हिसाबले समान बजेट बिनियोजन गर्ने परम्परालाई अन्त्य गरि जनसंख्या र भूगोलको हिसाबले वडाहरुलाई बजेट बिनियोजन गरियोस।

३. शिक्षा क्षेत्र अस्तव्यस्त रहेको कुरालाई आत्मसाथ गरि नगरले सुरु गरेका ई–एटेन्डेन्स लगायतका कामहरु धेरै विद्यालयमा सुचारु नभएकोले त्यसलाई अविलम्ब सुचारु गरियोस।
४.महामारी नियन्त्रणमा ठोस कार्यक्रम प्रस्तुत गर्न नसकेको देखिएकोले नगरको बजेटले ठुलासाना व्यवासायी, कृषकहरुलाई पुनःउत्थानमुखी बजेट ल्याईयोस।

५.. वनक्षेत्रको संरक्षण, सार्वजनिक जग्गाको संरक्षण तथा अतिक्रमण रोक्न बजेट तथा निती कार्यक्रम मार्फत ठोस कार्यक्रम ल्याईयोस।

६. आसन्न निर्वाचनलाई ध्यानमा राखेर वितरणमुखी बजेट ल्याउने र कार्यकर्ता पोस्ने खालका कार्यक्रम नल्याई दिगो विकासलाई ध्यानमा राखी समाजका सबै पक्षलाई वस्तुगत ढंगले समेट्न सक्ने किसिमका कार्यक्रमहरु तय गरियोस।

७. नगरको साधारण खर्च विगतका वर्षहरुमा अत्याधिक देखिएको र विवादित समेत बनेकोले चालू खर्चलाई न्युनिकरण गरि पुँजिगत बजेटलाई बढाउने प्रकृतिको नितीगत तयारीका साथ काम गरियोस ।

८. नगरपालिका तथा वडामा रहेका कर्मचारीहरुलाई जिम्मेवार बनाई नागरिकका काम सहज ढंगले सम्पादन गर्ने वातावरण बनाईयोस र चालू आबको बजेटको कार्यान्वयन सही ढंगले गर्ने तर्फ नगरपालिकाको ध्यान जाओस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय