बडागाउँ स्वास्थ्य चौकीमा नि:शुल्क गर्भ परीक्षण संचालन

 

गुल्मी, गुल्मीको मुसीकोट नगरपालिका वडा नं ३ बडागाउँ स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुका लागि नि:शुल्क गर्भ परीक्षण भिडियो एक्सरे सेवा साउन १४ गते देखि सञ्चालन मा आएको हो ।

भिडियो एक्सरे सेवा सोही वडा का वडा अध्यक्ष शंकर बहादुर रायमाझी को र समग्र नगरपालिकाको पहल मा प्रदेश सरकारले करिब १२ लाख बराबरको मेसिन उपलब्ध गराएको वडा अध्यक्ष रायमाझीको भनाइ छ।

यो नि:शुल्क सुविधा वडा नं २,३, र ४ का गर्भवती महिलाहरुलाई लक्षित गरिए सँगै सेवा लिन पाउने पनि रायमाझीले बताउनु भयो।

सेवा सञ्चालन मा आए सँगै गर्भ परीक्षण गराउन गर्भवती महिलाहरु को बाक्लो उपस्थिति रहेको पनि स्वास्थ्य चौकी इन्चार्ज मनोज श्रेष्ठले बताउनुभयो ।

यो सेवा सञ्चालनमा आए सँगै वडा नं २,३ र ४ का महिलाहरुलाई ठूलो राहत मिलेको महिला दिदीबहिनीहरुको भनाई सँगै खुसी व्यक्त गरेको अध्यक्ष रायमाझीले बताउनु भयो ।

वडाका हरेक कमीकमजोरी,अभाव र आवश्यकतालाई पूरा गर्दै जाने र धेरै कुरामा सुधार सँगै आबस्यकता पूर्ति हुँदै आएको पनि अध्यक्ष रायमाझीको भनाई रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय