नेपाली काङ्ग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न 

 

विष्णुप्रसाद आचार्य , चकित

गुल्मी , नेपाली काङ्ग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिद्वारा आयोजित रक्तदान कार्यक्रम ब्यापक सहभागितामा उत्साहजनक रुपमा सम्पन्न भएको छ ।

शनिबार बाल्मिकि विद्यापीठ काठमाण्डौको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा उल्लेख्य रुपमा रगत सङकलन भएको सम्पर्क समितिका सभापति कृष्णप्रसाद खरेलले जानकारी दिनुभयो ।

विशेष गरि पछिल्लो समय काठमाण्डौ लगायत देशका विभिन्न ठाउँका अस्पतालहरुमा रगतको ब्यापक आवश्यकता देखिएपछि रक्तदान गर्नु जीवन दान गर्नु सरह हो भन्दै समितिले केहि दिन अगाडिदेखि नै सुचना सम्प्रेषण गरेर इच्छुक र योग्य सबैलाइ रक्तदान गर्न आग्रह गरेको थियो ।

रक्तदान कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्दृय सदस्य तथा नेपाल सरकारका पुर्व मन्त्री दिपक गिरीको प्रमुख आतिथ्यता रहेको थियो , उहाले रक्त सङकलन थैली हस्तान्तरण गरेपछि कार्यक्रम विधिवत रुपमा सुरु भएको थियो भने कार्यक्रमका सभापति तथा गुल्मी काठमाडौं सम्पर्क समितिका सभापति कृष्णप्रसाद खरेलले रक्तदान गरेर कार्यक्रमको सुभारम्भ गरिएको थियो ।

प्रमुख अतिथि गिरीले रक्तदान जीवनदान भएको र यस्तो पुण्य कामको आयोजना गर्ने आयोजक सङ्गसङ्गै कार्यक्रममा सहभागि भएर रक्तदान गर्ने सबै भाग्यमानी भएको उहाँले प्रतिकृया दिनुभएको थियो ।

विशेष अतिथिको रुपमा बोल्दै राष्टृय सभा सदस्य माननिय विष्णुकुमारी सापकोटाले पुण्य कामको आयोजना गर्ने समितिलाइ धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समितिलाइ अझै प्रभावकारी र पुण्य काम गर्ने प्रेरणा मिलोस भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमलाइ सफल बनाउन समाजसेवि कृष्ण बहादुर कुंवर लगायत, समितिका संस्थापक उपसभापति केशवराज पन्थ, पुण्य अर्याल, शिक्षक सङ्घ गुल्मीका पुर्व अध्यक्ष हिरामणि अर्याल, प्रोफेसर डाक्टर ताराप्रसाद सापकोटा, सम्पर्क समिति पुर्व सभापति ज्ञान बहादुर कार्की, सँस्कृत तर्फका प्राध्यापक सङ्घ केन्दृय उपसभापति विष्णु पन्थी, पुर्व केन्दृय सभापति शम्भु प्रसाद गौतम , नेतृ रमा पन्थ पान्डे, द्वन्द ब्यवस्थापन समिति केन्दृय सदस्य हेमलाल पुन लगायतको उपस्थिति रहेको थियो ।

रक्तदान गर्नका लागि नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलमा आवद्द भएका तरुणहरुको बाक्लो उपस्थिति रहेको समितिका सदस्य उमानाथ तिवारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय