सालिमे आश्रममा छबि प्रकाशानन्दको ५४ औं स्मृति दिवस मनाइयो ।

गुल्मी- गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ८ सालिमे आश्रममा छबि प्रकाशानन्द सरस्वति महाराजको ५४ औं स्मृति दिवस तथा गुरु भण्डारा कार्यक्रम सम्पन्न भएको छ ।

श्रावण शुक्ल द्वादशीका दिन तत्कालिन छबि प्रकाशानन्द सरस्वति महाराजको समाधिस्थल सालिमे तपोभूमिमा उहाको सम्झनामा स्मृति दिवस मनाइएको सालिमे आश्रमका संरक्षक श्री १००८ भाष्करानन्द सरस्वति महाराज (भानु गुरु) ले बताउनुभयो ।

उक्त अवसरमा मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवलाल खरेल जीवनले प्रमुख अतिथिको रुपमा बोल्दै सालिमे क्षेत्रको विकासको लागि मुसिकोट नगरपालिकाले विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग रहने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा रामकोट आश्रम काठेखोला गाउपालिका बिहुं बाग्लुङ्गबाट आउनुभएका हंश चैतन्य सरस्वति महाराजले बोल्दै धार्मिक महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

सालिमे तपोभूमिमा बिगत १३ वर्षदेखि तपस्या गर्दै आउनुभएका श्री १००८ भाष्करानन्द सरस्वति महाराजले उपस्थित भक्तजनहरुलाइ स्वस्तिवाचन गरेर स्वागत गर्नुभएको सालिमे आश्रम विकास समितिका सल्लाहकार रामकृष्ण कंडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा गुल्मीको मुसिकोट नगरपालिका, चन्द्रकोट गाउपालिका, सत्यवति गाउपालिका र बाग्लुङ्गको बडिगाड गाउपालिका, गल्कोट नगरपालिका लगायतका क्षेत्रबाट सयौंको उपस्थिति रहेको थियो ।

मङ्गलबारको कार्यक्रमको लागि भक्तजनहरु सोमबारदेखि नै आश्रममा बास बस्न पुगेका र सोमबारदेखि मङ्गलबार साझसम्म नै भजनकिर्तन नाचगान, पूजापाठ गरी स्मृति दिवस मनाइएको छ ।

स्थानियका अनुसार गुरु भण्डारामा गुरुभक्ति, धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका कारण सालिमे तपोभूमिमा पुग्ने गरेको बताएका छन ।

समितिका अध्यक्ष नारायण सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा समाजसेवि गोपिकृष्ण खरेलले कार्यक्रमको सन्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय