गुल्मीमा आगलागीमा परेर एक महिलाको मृत्यु
  1. साउन ११

गुल्मी, जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ५ वस्तु अमराई स्थित मनी विक की ३० बर्षिया छोरी जुना विकको आगलागीमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनको मानसिक सन्तुलन ठिक नभएको प्रहरीले उल्लेख गरेको छ ।

आइतबार बिहान ५ बजे जुना आफैले घरमा आगो लगाएको वडाध्यक्ष केशब भण्डारीले बताए ।स्थानीय र प्रहरीले आगो बस्तीमा फैलिन नदिइ नियन्त्रणमा लिएका थिए ।

आगलागिबाट तीन लाखभन्दा बढीको क्षति भएको अनुमान छ ।

फोटो सांकेतिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय