सामुदायिक मुटु अस्पतालमा भिडियो एक्स-रे गर्न पुगेकी किशोरीमाथि यौन दुर्व्यवहार

बुटवल ,रुपन्देहीको बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका कर्मचारीले एक सेवाग्राही किशोरीमाथि यौन दुर्व्यवहार गरेका छन् । अस्पतालको एक्स-रे विभागमा कार्यरत कर्मचारीले सेवाग्राही किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ती कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने कर्मचारीमा अस्पतालमा एक्स-रे विभागमा काम गर्ने कर्मचारी ३१ वर्षीय सुवास गौतम रहेका छन् । एक्स-रे विभागमा काम गर्ने कर्मचारी ३१ वर्षीय सुवास गौतम विरुद्ध उजुरी परेपछि पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

अस्पतालमा भिडियो एक्स-रे गराउन आएकी १७ वर्षिया किशोरीलाई आरोपित कर्मचारीले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि पक्राउ गरिएको हो । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यौन दुर्व्यवहार गर्ने कर्मचारीमाथि कडा कारवाही गर्न बुटवल उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष बलबहादुर पुनले माग गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै वडा अध्यक्ष पुनले घटनमा संलग्न व्यक्तिमाथि कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

खबर कुरा बाट ,साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय