स्वर्गिय दाजु लाल बहादुर रायमाझीको सम्झनामा भाइ खिम बहादुरद्वारा विद्यालयलाइ पुस्तक हस्तान्तरण 

 गुल्मी,  जिल्ला मुसिकोट नगरपालिका वडानम्बर ८ वामी दाल्का हाल बुटवल निवासी भाइ खिम बहादुर रायमाझीद्वारा स्वर्गीय दाजु लाल बहादुर रायमाझीको सम्झनामा पुस्तक हस्तान्तरण गरिएको छ।

मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सार बजारमा अवस्थित महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयको पुस्तकालयलाइ उहाँले विभिन्न विधाका २८ थान उत्कृष्ट पुस्तकहरु हस्तान्तरण गर्नुभएको छ ।

सोमबार विद्यालयमा स्वयम खिम बहादुर रायमाझी उपस्थित भएर उत्कृष्ट २८ थान पुस्तक हस्तान्तरण गर्नुभएको विद्यालयका प्रधानाध्यापक देवीराम शर्माले जानकारी दिनुभयो ।

पछिल्लो समय पठन संस्कृतिको अभावलाइ विस्थापन गरी पठन संस्कृतिको विकास गर्नको लागि र आफ्नो दाजुको पुण्य आत्माको चीरशान्तीको कामनास्वरुप शैक्षिक जगतमा सानो सम्झना वा चिनो विद्यालयमा छोड्ने रहर जागेको हुनाले यथासक्य विभिन्न क्षेत्रका पुस्तकहरु खोजेर विद्यालयलाइ हस्तान्तरण गरेको रायमाझीले बताउनुभयो ।

विद्यालयमा रहेका केहि सिमित र निश्चित क्षेत्रभित्रका पुस्तकहरुको बिचमा रायमाझी परिवारले विश्वका उत्कृष्ट मध्येका २८ थान पुस्तक विद्यालयलाइ हस्तान्तरण गरी विद्यार्थीको पठन संस्कृति र ज्ञानको दायरा फराकिलो बनाउन सहयोग पुग्ने भन्दै शिक्षकहरु समेतलाइ अतिरिक्त ज्ञानको लागि यी पुस्तक निकै उपयोगी हुने भएकोले शैक्षिक, सामाजिक व्याक्तित्व रायमाझी परिवारलाइ प्रधानाध्यापक शर्माले आभार प्रकट गर्नुभएको थियो ।

विद्यार्थीहरु अहिलेको समयमा मोबाइलका लतमा फसिसकेको अवस्थामा त्यहांबाट बाहिर निकाली पढ्ने र शैक्षिक वातावरणमा रमाएर जिज्ञासु स्वभावका बनुन’ खोज्ने र सिक्ने बानीको विकास होस भन्ने हेतुले स्वर्गीय ठुलो बुवाको सम्झनामा आफ्नो बुवालाइ पुस्तक हस्तान्तरण गर्न सहजीकरण गरेको युवा व्याक्तित्व विपिन विस्वास रायमाझीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय