उज्वल गिरीको तीज गीत कोठी गालैमा सार्वजनिक भिडियाे सहित…

गुल्मी, तीज पर्व नजिकिदै गर्दा गायक तथा मोडल उज्ज्वल गिरीले नयाँ तीज गीत ‘कोठी गालैमा’भिडियाे सहित सार्वजनिक गरेका हुन्। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि गिरीले भिन्नै खालको तीजको कोसेली दर्शक माझ लिएर आएका हुन्।

जसमा उज्वल गिरी, नन्दु परियार, अमृता पौडेल,को आवाज रहेको छ ,भने उज्ज्वल गिरीको शब्द, नन्दु परियारको लय मा रहेको छ गीतको भिडियोमा नारायण खत्री,सुरेश कोहली र साथीहरू को अभिनय रहेको  छ ।

गिरीले तीज लगायतका अन्य धेरै गीतमा आवाज भरिसकेका छन् गिरी थुप्रै गीत हरुमा अभिनय गरेर पनि आफ्नो नाम धेरै दर्शक माझ पुर्याएर लोकप्रिय बनेका हुन् ।

गीतले विशेष गरी महिलाहरूको तीज उत्सवको रौनक र सामाजिक परिवेशलाई झल्काएका छन् ।

गिरीले म म खान जाम , छाता ओडेर जस्ता थुप्रै चर्चित गीत सँगै यसपालिको तीजमा कोठी गालैमा बोलको गित बजारमा ल्याएका हुन् । गीत आफ्नै युटुब च्यानल मार्फत बजारमा ल्याएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय