मुसिकोट ३ झरुवा र मुसिकोट ७ परुवाको झलुङ्गे पुल निर्माण सम्पन्न, स्थानियलाइ सहज  

 

 

दिलु के सी मुसिकोट

गुल्मी , मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी परुवा र वडा नम्बर ३ बडागाउ झरुवा नौघाट जोड्ने लामो तरिको झोलुङ्गे पुल निर्माण सम्प्पन्न भएको छ।

शहरी विकाश मन्त्रालय, स्थानीय पुर्वाधार विभाग, सस्पेन्सन बृज डिभिजन अन्तर्गत स्थानीय पुर्बाधार विकाश परियोजना कार्यान्वयन कार्यालय,बुटवल मार्फत २०८० चैत्र ३० गते बुटवल कार्यालयले ठेक्का खुलाएको स्थानिय पुर्वाधार विभाग बुटवल कार्यालयका सिनियर डिभिजनल इन्जिनियर नवीन श्रेष्ठले बताउनुभयो ।

झोलुङ्गे पुल डि गौतम जेभी काठमाडौं निर्माण व्यवसाय कम्पनीले जिम्मा पाएको थियो ।

तीन करोड दस लाख सन्ताउन्न हजार नौ सय चौरासी रुपैयाँमा ठेक्का खुलाएपनि दुई करोड चौध लाख अठसट्ठी हजार आठ सय सत्तरी रुपैयाँमा सम्झौता भएर निर्माण सम्पन्न भएको छ ।

झोलुङ्गे पुल २०८१ साल असार चौध गते निर्माण सम्पन्न गर्ने सम्झौता भएता पनि २०८२ साल असार तेह्र गते सोही पुलको निर्माण सम्पन्न भएको इन्जिनियर राजु थापाले बताउनुभयो ।

झोलुङ्गे पुल निर्माण भएर सन्चालनमा आएपछि मुसिकोट नगरपालिका वडा नम्बर २ , ३ र ४ नम्बर वडाका बासिन्दालाइ नगरपालिकाको केन्द्र वामीटक्सार बजार र केन्द्रको सेवा लिन सहज भएको वडा नम्बर ३ का वडा अध्यक्ष शंकर बहादुर रायमाझीले बताउनु भयो ।

त्यसै गरि महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय, गोल्डेन फ्युचर एकेडेमि र मालिका इङ्ग्लिश बोर्डिङ्ग्का विद्यार्थीलाइ अध्ययन गर्न निकै सहज भएको नेपाल शिक्षक महासङ्घ मुसिकोटका अध्यक्ष तथा महेन्द्र आदर्श नमुना माविका प्रधानाध्यापक देवीराम शर्माले बताउनुभयो ।

३५२ मिटर लम्बाइ रहेको पुलको १०५ मेट्रिक टन पदयात्री भारवहन क्षमता रहेको वडानम्बर ७ का वडाध्यक्ष हरिहर सापकोटाले जानकारी दिनुभयो ।

पुल निर्माणले वामीटक्सार बजारलाइ चहलपहल बढाउने स्थानिय जग्गादातासमेत रहनुभएका महेन्द्र आदर्श नमुना माविका सहायक प्रधानाध्यापक अनन्तलाल भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय