डहरे खोलाले बुटवल जाँदै गरेको कार बगायो

 गुल्मी , वर्षात बढे सँगै साउन २० गते बिहान ११ बजे तिर गुल्मीको सत्यवती गाउँपालिका वडा नं ६ रिडी रुद्राबिनी वामि सडक खण्डमा पर्ने डहरे खोलाले गुल्मीको शान्तिपुर देखि बुटवल जाँदै गरेको paa ००१७ नम्बर प्लेट को कार डहरे खोलाले बगाएर झण्डै पचास मीटर तल बढिघाट खोला किनार मा पुर्याएको थियो।

कार त्यहाँका स्थानिय र ट्याक्टरको सहायताले खोला किनार बाट बाहिर निकालिएको थियो। कारमा सामान्य क्षति भएको थियो भने कारमा सवार सबै सकुशल रहेको जानकारी प्राप्त भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय