सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार कुन कम्पनीले लियो अग्रता ?

काठमाडौं । बिहीबार सेयर बजारमा उछाल आएको छ । सातामा सेयर कारोबारको लागि अन्तिम दिन बिहीबार दोहोरो अंकको सुधार आएको छ ।कारोबारमा ट्रेडिङ बाहेक सबै समूहको उपसूचकमा सुधार आएको छ ।

बैंकिङ, जीवन बीमा, निर्जीबन बीमा, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन लगायतका समूहको उपसूचकमा आएको सुधारले बजारमा उछाल ल्याएको छ ।बजार मापन गर्ने सूचक ४२.९५ अंकले बढेर २४७५.०९ बिन्दुमा रोािएको छ । २१३ कम्पनीको १ करोड १६ लाख ५७ हजार ९७५ कित्ता सेयर ४ अर्ब ६६ करोड १७ लाख ९२ हजार १८७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ । बैंकको ७७ करोड ३ लाख १८ हजार ७९० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा निफ्रा र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।

यो दिनको कारोबारमा यूनाइटेड इदी मार्दी आरबी हाईड्रोपावर, ग्रिन लाइफ हाइड्रोपावर, चन्द्रागिरी हिल्स, नेपाल बंगलादेशको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा जोशी हाईड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, दिव्यश्वरी हाईड्रोपावर, खानीखोला हाईड्रोपावर, रैराङ हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।

यो पनि पढ्नुहोस वैदेशिक रोजगारी, अध्ययन, व्यवसायमा विदेशिएका नेपालीले विदेशबाट नै नेपालमा प्राथमिक शेयर भर्दै आएका छन् । विदेशमा रहेका गैर आवासीय नेपालीलाई लक्षित गरेर गैर आवासीय संघ(एनआरएनए)ले करिब नौ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ ।

१० अर्ब रुपैयाँ बराबरको इन्भेस्टमेन्ट कम्पनी खोल्ने निर्णय गरेको एनआरएनले विदेशमा रहेका नेपालीलाई डलरमा भर्न पाउने गरी आईपीओ निष्कासन गर्ने जनाएको छ । एनआरएन इन्भेष्टमेन्ट फण्डको कम्पनीकालागि प्रति कित्ता १० डलरका दरले शेयर निष्कासन गर्ने योजना बनाएको छ ।

संघले निष्कासन गर्ने प्राथमिक शेयरमा गैर आवासीय नेपालीले मात्रै आवेदन दिन पाउनेगैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले बताए । मुलुक भित्र रहेका नेपालीले भने त्यस किसिमको प्राथमिक शेयरमा आवेदन दिन पाउने छैनन् ।

संघले दुई वर्ष अघि लगानी सम्मेलन मार्फत १० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुरूप लगानी भित्र्याउन भन्दै प्राथमिक शेयर निष्कासनको तयारी गरेको हो । यसमा आफ्नो १० प्रतिशत र नेपाल सरकारको पाँच प्रतिशत लगानी रहने गरी एनआरएनले जनाएको छ ।

नेपाल सरकार र अर्थ मन्त्रालयबीच कम्पनी खोल्ने विषयको टुङ्गो लागि सकेको छ । यसका लागि दुई अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको संस्थापक लगानीको लागि प्रतिबद्धता आइसकेको संघले जनाएको छ । कम्पनीमा ८५ प्रतिशत लगानी (पब्लिक) गैर आवासीय नेपालीको हुने छ ।

८५ प्रतिशत हुन आउने आठ अर्ब ५० करोड रुपैयाँ संकलन गर्न कम्पनीले विदेशमा प्राथमिक शेयर जारी गर्ने छ । प्रति कित्ता १० डलरका दरमा कम्पनीले प्राथमिक शेयर निष्कासन गर्ने छ ।
नेपाल सरकार,नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डको विद्यमान कानुनले बाधा नपु¥याउने गरी यसलाई विशेष सुबिधा दिइएको छ ।

सोही विशेष सुविधा प्रयोग गर्दै कम्पनीले दर्ता भए लगत्तै विदेशमा रहेका नेपालीहरूबाट प्राथमिक शेयर मार्फत रकम संकलन गर्ने पन्तले बताए । संघले विदेशमा रहेका १० लाख लगानीकर्ताको डिम्याट खाता खोल्ने अभियान चलाउँदै छ । लगानी गर्नका लागि ७० भन्दा बढी प्रोजेक्टको प्रस्ताव तयार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय