मुसिकोट गुल्मी, नेपाल महिला संघ मुसिकोटको आयोजनामा वामीटक्सार स्थित कभर्ड हलमा तीज शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । हिन्दु नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो ।
शुक्रबार सम्पन्न कार्यक्रममा नगरपालिकाभित्रका महिला दिदिबहिनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो। महिलाहरुले नेपाली मौलिक तीजका भाकामा नाचगान गरि कार्यक्रमलाई भव्य बनाएका थिए ।
कार्यक्रममा स्थानिय चर्चित कलाकार बीर बहादुर बिकको पनि उपस्थिति रहेको थियो ।
सस्कृती संरक्षणसंगै महिलाहरुलाई आफ्नो मनका बेदना पोख्न, आफ्नो परम्परा कायम राख्न तथा आफू आफूमा भेटघाट गरि दु:खसुख साट्नको लागि कार्यक्रम आयोजना गरिएको नेपाल महिला संघ मुसिकोटकी नेतृ तथा कार्यक्रम संयोजक सावित्रा सापकोटाले बताउनुभयो । कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य कल्पना घिमिरेले नेपाली सँस्कृतिको नाममा अनेकौँ बेथितिहरु भित्रदै गएकोप्रति दुख व्यक्त गर्दै हरितालिका तीजलाई मौलिक रुपमै मनाउनुपर्ने भन्दै त्यसको जिम्मेवार सम्पुर्ण नेपाली महिलाहरु नै रहेको बताउनुभएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य माधव खरेल, काङ्ग्रेस गुल्मीका सदस्य प्रेमनारायण भण्डारी, महेन्द्र भण्डारी, भूमा खरेल, हरिनारायण सापकोटा, विष्णुराज भण्डारी, नेता ज्ञानु सापकोटा, काङ्ग्रेस मुसिकोटका सभापति झविलाल भण्डारी, महिला सङ्घ गुल्मीकी सभापति लक्ष्मी पाण्डे लगायतले तीजको अवसरमा दिदिबहिनीहरु भेटघाट भई तीज शूभकामना आदानप्रदान गर्ने र आपसी मेलमिलापसहित दर खाएर मौलिक रुपमा पर्वलाई मनाउन नेपाल महिला संघ मुसिकोट नगर कार्यसमितिले कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिंदै तीजको शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थितिको लागि केही समय अगाडि देखि नै आयोजकले सार्वजनिक रुपमै सूचना प्रवाह गरेको थियो ।
उपस्थित सबैलाई मुसिकोटकी नेतृ बिपना खत्रीको समुहले मौलिक तीजको भाकाद्वारा सबैलाई स्वागत गरेका थिए। महिला सङ्घकी नेतृ साबित्रा सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन नेपाल विद्यार्थी सङ्घ जिल्ला सदस्य जमुना कार्की बोहराले गर्नुभएको थियो ।