सर्वोत्तम सिमेन्टको आइपियो निस्कासन कहिले, कंहा पुग्यो प्रक्रिया ?

बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक तथा एनआइबिएल एस क्यापिटल र प्रभु क्यापिटललाई सहायक बिक्रि प्रबन्धक चयन गरेको हो ।

बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ७ सय ५० रुपैयाँभन्दा माथिको मूल्यमा आईपीओ बेच्ने प्रक्रिया अघि बढाएको छ । सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने पहिलो कम्पनी हुने भएको छ।कम्पनीले पहिलो चरणमा न्यूनतम ७५० तय गर्ने जानकारी दिएको हो । तर शेयर निस्कासन तथा बिक्रि गर्ने बेला सम्ममा मुल्यमा हेरफेर हुन सक्ने सम्भावना छ।सर्वोत्तम सिमेन्टको प्रति सेयर आम्दानी (EPS) ५२ रुपैयाँ छ ।

कम्पनीले माघ ६ गतेको साधारणसभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । हाल कम्पनीको जारी पुँजी ४ अर्ब रहेको छ, जस मध्ये चुक्ता पुँजी ३ अर्ब ४० करोड रहेको छ ।कम्पनीको उक्त साधारण शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा औषतमा राम्रो रहेको संकेत गर्दछ ।

कम्पनीकाे माघ ६ गते, मंगलबार सर्वाेत्तम सिमेन्टको सभा हल, न्याैपानेटावर, तिनकुने, काठमाडाैँमा सम्पन्न भएकाे दाेश्राे वार्षिक साधारण सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बुक विल्डिङ्ग विधिबाट निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ ।

बुक विल्डिङ विधिको ज्ञान नभएर आम सर्बसाधारणमा सर्वोत्तम सिमेन्टको शेयर मूल्य ७५० महँगो भयो भन्ने बुझाइ रहेको छ तर सर्बसाधारणलाइ ७५० मूल्य भने तोकिएको छैन। बुक विल्डिङ विधिबाट आइपियो जारी गर्ने भएकाले सुरुमा संस्थागत लगानीकर्ताले ७५० को २० कम र बढीमा बोलकबोल गर्ने छन्। यदि सबैभन्दा कम २० प्रतिसत कममा बोलकबोल गरे भने मूल्य ६०० हुने छ। उक्त मुल्यमा १० प्रतिसत घटाएर ५४० मा आम सर्बसाधारणलाइ बिक्रि गरिने छ।तर आम सर्बसाधारणलाइ बिक्रि गरिने वास्तविक मूल्य भने अझै निर्धारण भएको छैन।

सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने पहिलो कम्पनी हुने भएको छ।कम्पनीले पहिलो चरणमा न्यूनतम ७५० तय गर्ने जानकारी दिएको हो । तर शेयर निस्कासन तथा बिक्रि गर्ने बेला सम्ममा मुल्यमा हेरफेर हुन सक्ने सम्भावना छ।

पहिलो चरणमा कम्पनीको उक्त शेयरमा संस्थागत लगानीकर्ताले तोकिएको मूल्य भन्दा माथिका मूल्यमा (BID) बोलकबोल गर्ने छन् । उक्त कार्य पछी बोलकबोल गरेको मूल्यमा औसत मूल्य निकाली , औसत मूल्यमा १० प्रतिशत घटाएर सर्वसाधारणमा सेयर बेच्ने कम्पनीले जनाएको छ।कम्पनीले ८ लाख कित्ता प्रभावित स्थानीयलाई , २४ लाख कित्ता संस्थागत लगानीकर्तालाइ , ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने छ ।

२०७६ साउनमा प्राइभेटबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको सर्वोत्तमले चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको सेयर बिक्रि गर्ने प्रक्रिया सुरु गरेको छ ।

कम्पनीको खानी पाल्पामा रहेको छ भने नवलपरासीमा उद्योग रहेको छ । यस उद्योगको वार्षिक दैनिक उत्पादन क्षमता ६० हजार बोरा रहेको छ ।सर्वोत्तम सिमेन्टले सर्वोत्तम ग्रिन पि. एस. सि. सिमेन्ट र सर्वोत्तम ग्रिन ओ. पि. सि. सिमेन्ट उत्पादन गरिरहेको छ । युरोपियन भि. आर. एम. मेशिनबाट उत्पादित सर्वोत्तम सिमेन्ट नेपाल कै एकमात्र पहिलो ४५०० ब्लेन सम्मको मसिनोपन भएको सिमेन्ट उत्पादन गर्दै आएको छ ।

यो पनि पढ्नुहोस सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम भने घट्दो

काठमाडौं । उतार चढाबका बीच सेयर बजारमा दोहोरो अंकको सुधार आउँदा पनि कारोबार रकममा भने सुधार आउन सकेन । केही दिनको गिरावटपछि बजार ४०.४० अंकले बढेर नेप्से परिसूचक २४३२.१४ बिन्दुमा पुगेपनि कारोबार रकम भने घटिरहेको छ ।

बजार बढेपनि कारोबार रकम घट्दा लगानीकर्ता चिन्तीन बन्न लागेका छन् । केही समय यता बजारमा निकै उतार चढाव आउँदा कारोबार रकमले गर्दा बजारप्रति लगानीकर्ता अन्यौलमा परेका हुन् ।

कारोबार रकम घट्दा बजार बढ्ने वा घट्ने भन्नेमा अन्यौलता देखिएको छ । बजार जति नै बढेपनि कारोबार रुकम घट्न थाल्यो भने बजारमा गिरावट आउने सम्भावना बढने जानकारहरुको तर्क छ । सामान्यतया फागुन र चैतमा बजारमा गिरावट देखिने गरेको छ । त्यसको असर अहिले पनि देखिएको छ । बजारमा घटबढ हुनु सामान्य प्रकृया भएपनि कारोबार रकम घट्दा भने आगामी दिनमा बजार कसरी अघि बढ्ला भन्ने प्रश्न तेस्रिएको छ ।

बुधबारको २१२ कम्पनीको ८६ लाख २६ हजार ६६७ कित्ता सेयर ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १७८ रुपैयाँको सेयर किनबेच भएको छ । बैंकिङ समूहको उपसूचक ८.११ अंकले बढेर ४३८.६० बिन्दुमा रोकिएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १९.१५, निर्जीबन बीमा २२४.८७, माइक्रोफाइनान्स ११३.८७, जीवन बीमा समूहको उपसूचक ३७२.५८ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा निफ्रा रहेको छ । निफ्राको २० करोड ४ लाख ८८ हजार ४२३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र जलविद्युत लगानी तथा विकास कम्पनी रहेको छ ।

यो पनि पढ्नुहोस, काठमाडौँ । केही महिना अघि इतिहासकै सर्वाधिक ठूलो आईपीओ जारी गरी कारोबार शुरू भएको नेपाल पूर्वाधार बैंक (निफ्रा)लाई नेपाल स्टक एक्सचेन्ज नेप्सेले स्पष्टिकरण मागेको छ ।

बजार मूल्य बढाउने गतिविधि गरेको भन्दै निफ्रासँग स्पष्टिकरण मागिएको हो ।

निफ्राले १० प्रतिशत लाभांश बाढ्न लागेको र लण्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलरको बण्ड सूचीकरण गर्न लागेको बारे उक्त कम्पनीका अधिकारीलाई उदृत गर्दै समाचारहरु मिडियामा आएका थिए।

‘उक्त समाचार के कति मात्रामा सत्य हो? निफ्राले रणनीतिक साझेदार भित्राउने विषयमा कोसँग कस्तो छलफल भइरहेको छ? कम्पनीले बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरूले खरिद गर्ने भनिएको बण्डको सम्बन्धमा के कति मात्रमा छलफल अघि बढाएको हो?’, स्पष्टिकरण पत्रमा भनिएको छ, ‘कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्नेजस्ता धितोपत्रको मुल्यमा प्रभाव पार्ने संवेदनशील सूचना तथा जानकारी सम्बन्धित निकायमा जानकारी गराउन नआउँदै के कति कारणले यस्तो प्रचार गरिएको हो?’

रणनीतिक साझेदार भित्र्याउने विषयमा कोसँग के कस्तो छलफल भएको, इन्सुरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको इन्सुरेन्स बन्ड, कम्पनीको नाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जस्ता धितोपत्र मूल्यमा प्रभाव पर्ने संवेदनशील सूचना प्रचार गर्नुको कारण बताउन नेप्सेले निर्देशन दिएको छ । नेप्सेले ३ दिन भित्र स्पष्टीकरण पेश गर्न निफ्रालाई भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय