काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले पत्रकार सम्मेलन गर्दै छन् । मङ्सिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा जिल्लाबाट एकल सिफारिस भए पनि पार्टीले टिकट नदिएपछि रावल असन्तुष्ट रहेका छन् ।
निर्वाचनमा आफूलाई टिकट नदिएको बारेमा समय आएपछि बताउने जिकिर गरेका डा। रावलले आज पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी गराउन लागेका हुन् । पार्टीले टिकट नदिएपछि अर्का नेता घनश्याम भुसालले भने पार्टी नै परित्याग गरी स्वतन्त्र उम्मेदवार बनिसकेका छन् ।

यो पनि पढ्नुहोस् -गुल्मी । आगामी मङसिर ४ गते का लागि सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा गुल्मीमा नेपाली काँग्रेस नेतृत्वको पाँच दलिय गठबन्धनका लागि जित सहज हुने देखिएको छ ।
प्रतिनिधि सभाको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर–१ मा नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय नेता डा चन्द्र भण्डारी र एमालेका नेता प्रदिप ज्ञवालीबीच प्रतिस्पर्धा हुँदैछ। यसैगरी क्षेत्र नम्बर–२ मा समाजवादी पार्टीका सचिव रामकुमारी झाँक्री र एमाले नेता गोकर्णराज विष्टबीच प्रतिस्पर्धा हुँदैछ । प्रदेश सभा तर्फ क्षेत्र नम्बर–१ को ‘क’ नेपाली काँग्रेसका नेता घनेन्द्र कार्की र एमाले चिन्तामणी पाण्डेय तथा ‘ख’ मा माओवादी नेता सुर्दशन बरालसँग एमाले नेता सदस्य फर्सुराम पाण्डेयले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
त्यसै गरी निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत प्रदेश सभा ‘क’ मा नेपाली काँग्रसेसका लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठसँग एमाले नेता डिल्लिराज भुसाल तथा प्रदेश सभा ‘ख’ मा माओवादी जिल्ला इन्चार्ज बुद्धि जिसीसँग एमाले नेता दिनेश पन्थीले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
काँग्रेस नेतृत्वको गठबन्धनको तर्फबाट प्रदेस सभा तर्फका उम्मेदवार श्रेष्ठ, जिसी, बराल र कार्की जिल्लामा राम्रो प्रभाव भएका नेताका रुपमा परिचित हुनुहुन्छ । माओवादी नेता बराल लुम्बिनी प्रदेश अध्यक्ष तथा लुम्बिनी प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री हुनहुन्छ । बुद्धिबहादु जीसी माओवादी केन्द्रका गुल्मी जिल्ला इन्चार्ज हुनुहुन्छ ।
भण्डारीलाई सहज ज्ञवालीलाई सकस – गुल्मी क्षेत्र नम्बर–१ मा नेपाली काँग्रेसका केन्द्रीय नेताहरु डा। चन्द्र भण्डारी एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीबीचको चुनावी प्रतिस्पर्धालाई महत्वका साथ हेरिएको छ ।
यस पटकको चुनावी प्रतिस्पर्धामा डा। चन्द्र भण्डारी र प्रदिप ज्ञवालीका लागि भारी पर्ने लगभग निश्चित छ । केन्द्रीय राजनीतिमा राम्रो स्थान बनाएका यी दुई नेताबीच २०६४ साल देखि चुनावी प्रतिस्पर्धी हुदै आएको छ । जस अनुसार पहिलो संविधान सभाको निर्वाचनमा ज्ञवाली र दोस्रोमा भण्डारी विजय हुनु भएको थियो ।
२०७४ सालमा माओवादी–एमालेबीच चुनावी गठबन्धन भएका कारण भण्डारी झिनो मतले पराजित हुनु भएको थियो । यसपटक परिस्थित ठिक उल्टो अर्थात माओवादी केन्द्र र माओवादी लगायत पाँच दलिय गठबन्धन भएका कारण ज्ञवालीलाई चुनाव जित्न अत्यन्तै कठिन हुने आँकलन गरिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धनले प्रभावशाली व्यक्तिलाई उम्मेदवार भनाएका कारण गठबन्धनको भोट क्रस हुने सम्भावना कम छ ।
गत स्थानिय तहको निर्वाचनलाई आधार मान्ने हो भने नेता भण्डारी झण्डै ४ हजार बढी मतले चुनाव जित्ने पक्का छ । २०७० सालको संविधान सभामा दोस्रो निर्वाचनमा जितेका भण्डारीलाई यसपटक अझ सहज देखिन्छ ।
गत स्थानिय निर्वाचनमा प्रदिप ज्ञवालीको आधार क्षेत्र मानिने रुरु गाउँपालिमा गठबन्धनको सहयोगमा माओवादीले चुनाव जितेको छ । यसै गरी एमाले प्रभाव क्षेत्र मानिने चन्द्रकोट गाउँपालिकामा एमाले पछिल्लो समय कमजोर बनेको छ ।
२०७४ को निर्वाचनमा प्रतिनिधि सभाका सभाका सबै सिट जितेको एमाले–माओवादी गठबन्धन टुक्रिएपछि गत स्थानिय निर्वाचनमा एमाले १२ पालिका मध्ये तीनवटमा खुम्चिएको छ । एमाले माओवादीले ९ बटा पालिकामा जित हासिल गरेका छन् ।
नेता ज्ञवाली प्रति कार्यकर्ता कै असन्तुष्टि – एमाले नेता प्रदिप ज्ञवाली जिल्लाबाट लगातार चुवान जित्ने र मन्त्री बन्ने नेतामा पर्नुहुन्छ । उहाँमाथि केन्द्रको राजनीतिमा सफल देखिएपनि जिल्लाको विकासमा अपेक्षित ध्यान दिन नसकेको आरोप लाग्ने गरेको छ ।
२०७४ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा झण्डै केपी ओली नेतृत्वको नेकपाले झण्डै दुई तिहाइ मत पाएको थियो । उक्त उपलब्धी जोगाउन नसक्दा शक्तिशाली सरकार र पार्टी समेत विघटन भएको थियो ।
एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री ओलीले असंबैधानिक रुपमा दुई पटक प्रतिनिधि सभा विघटन गर्दा ज्ञवालीले अन्धभक्त रुपमा समर्थन गरेको र पार्टीमा आन्तरिक समस्या सूरु हुँदा ओलीकै साथमा रहेका कारण एमाले कार्यकर्ता ज्ञवालीमाथि रुष्ट बनेका छन् ।
ज्ञवाली माथि पार्टी विभाजनलाई रोक्न भन्दा बढी विभाजनकालागि भूमिका खेलेको समेत आरोप लाग्ने गरेको छ । यसले उहाँलाई पार्टी भित्रैबाट चुनावमा असहयोग हुने अनुमान गरिएको छ । अघिल्लो चुनावमा पराजित चन्द्र भण्डारी भने जिल्लाको विकासमा निरन्तर सक्रिय रहेको रहँदै आउनुभएको छ । संविधान सभा सदस्य निर्वाचित भएपछि नेता भण्डारीको पहलमा सालझण्डी–खर्जयाङ–शान्तिपुर सडक सूरु भएको थियो ।
बुटबल पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबामा पहिरोका कारण बर्षेनी ठूलो जनधनको क्षति भएपछि त्यसको विकल्पको रुपमा सालझण्डीबाट दुइ लेनको सडक विस्तार भएको थियो ।
गुल्मी जिल्लाको एकमात्र विमानस्थलको निर्माण तथा रिडी–बुर्तीवाङ तथा चोरकाटे– शान्तिपूर सडक विस्तारमा भण्डारीको पहलकदमीलाई मतदाताले आगामी चुनावमा मुल्याङ्कन गर्ने विश्वास गरिएको छ ।
नेता भण्डारीको नेतृत्वमा सूरु भएको अखण्ड लुम्बिनी प्रदेश आन्दोलनका कारण तराइबाट पहाडी जिल्ला अलग हुनबाट जोगिएको थियो । राष्ट्रियताको सवालमा स्पष्ट दृष्टिकोण राख्ने र पार्टी राजनीति भन्दा माथि उठनसक्ने भण्डारी भ्रष्टाचार विरोधी अभियन्ता रुपमा आम नागरिकले रुचाएका नेताका रुपमा परिचित हुनुहन्छ।
आगामी चुनावमा निर्वाचित भए र गठबन्धनले बहुमत पाएमा नेता भण्डारी मन्त्री लगभग पक्का भएकाले जिल्लाको विकासको लागि समेत मतदातको रोजाइमा पर्ने देखिन्छ ।
यसै गरी गुल्मी क्षेत्र नम्बर–२ मा समाजवादी पार्टीकी प्रभावशाली नेतृ रामकुमारी झाँकी प्रदेश सभा ‘क’ मा नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भूवन प्रसाद श्रेष्ठ र प्रदेश सभा ‘ख’ मा माओवादीका गुल्मी जिल्ला इन्चार्ज बुद्धि बहादु जीसीसँग एमालेका उम्मेदवारलाई चुनाव जित्न कठिन हुने आँकलन गरिएको छ ।