नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिको आयोजनामा भव्य रुपमा हरितालिका तीज विशेष दर खाने कार्यक्रम काठमाडौंको बत्तीसपुतलीमा सम्पन्न भएको छ।
सम्पर्क समिति सभापति कृष्णप्रसाद खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख तथा पुर्ब उपसभामुख पुष्पा भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
विशेष अतिथिका रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रबहादुर केसी, नानु बस्तोला तथा राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटा र पूर्व गुल्मी जिल्ला सभापति त्रैलोक्य प्रताप सेनको उपस्थिति रहेको थियो।
कार्यक्रममा चेलीबेटीको भब्य सहभागिता रहेको नेपाली कांग्रेस काठमाडौं सम्पर्क समिति गुल्मीका सचिव छबिलाल पौडेलले जानकारी दिनुभयो।
तीजको अवसर पारेर आयोजित दर खाने कार्यक्रममा मौलिक तीज गीत तथा राष्ट्रिय लोकदोहोरी कलाकारहरूबिच विशेष प्रस्तुति समेत रहेको थियो।
लोकगायक बमबहादुर कार्कीको नेतृत्वमा कलाकारहरूले सांगीतिक प्रस्तुति दिएर उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।
कार्यक्रमले नेपाली संस्कृतिको जगेर्ना र चेलीबेटीहरूबीच आपसी भेटघाट तथा आत्मीयता सुदृढ गर्न सहयोग पुर्याएको सहभागीहरूले जनाएका छन् ।
कार्यक्रममा काङ्ग्रेसका विभिन्न विभागका कृयाशिल व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । समिति सदस्य सिता कार्कीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।