काठमाडौं । सुरक्षागार्डलाई दुव्र्यवहार गरेको भन्दै पर्यटनमन्त्री विवादमा छन् । क्यानडाको भिसाका लागि ठमेलस्थित भिसा सेन्टरमा गएका उनलाई लाइन नबसी सोझै भित्र जान खोज्दा सुरक्षाकर्मीले रोकेका थिए ।
आफूलाई रोकेको झोंकमा उनले मन्त्रालय फर्केपछि आफ्ना सुरक्षाकर्मीलाई जाहेरी लेख्न लगाए । गरुड सेक्यूरिटीजका शेरजंग गुरुङ मन्त्रीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परे । उनलाई ‘अभद्र व्यवहार’को आरोपमा जिल्ला प्रशासन कार्यालयबाट कारबाही अघि बढाइएको छ । जब कि, उनीमाथिको आरोप पुष्टि हुने कुनै प्रमाण छैन ।

केही महिनाअघि पर्यटनमन्त्री नै रहेका प्रेम आले विवादमा आए । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बारम्बार अ श्लील शब्द प्रयोग गरेर उनले फोनमा गाली गरेका थिए । आफूले दिएको निर्देशन पालना नगरेको भन्दै मन्त्री आलेले संवाद सुरु हुनासाथ अ श्लील शब्दहरु प्रयोग गरेका थिए ।
मन्त्री आलेको अ श्लील शब्द व्यहोर्ने अध्यक्ष अधिकारी पहिलो व्यक्ति होइनन् । अधिकारीभन्दा पहिले मन्त्रीले आफूबारे आलोचनात्मक कमेन्ट गरेको भन्दै एक प्रवासी नेपालीलाई अ श्लील बोलेका थिए । ती प्रवासीले अपेक्षा गरे अनुसार काम नगरेको भन्दै मन्त्री आलेमाथि कमेन्ट गरेका थिए ।
जवाफमा उनले मन्त्रीलाई पनि तस्कर भनी गाली गरे भने मन्त्रीले समेत अ श्लील गाली वर्षाए । ‘तँलाई उठाउछु’ भन्नेदेखि ‘तेरो खुट्टा का ट्छु’ भन्नेशब्दका शब्द मन्त्री आलेले बारम्बर प्रयोग गरे । उनले ती प्रवासी नेपालीको आमाको च रि त्रमाथि समेत ला ञ्छना हुनेगरी गालीगलौज गरेका थिए ।
८ साउन २०७५ मा कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिए । उनले त्यतिबेला एक कार्यक्रममा बंगालदेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने छात्रामाथि टिप्पणी गरेका थिए । त्यहाँ पढ्न जाने छात्राहरु प्रमाणपत्रका लागि आफ्नो अ स्मिता सुम्पनुपर्छ भनी उनले दिएको अभिव्यक्ति तीव्र वि वादमा परेको थियो ।
नेपालमै मेडिकल कलेजहरू खुल्नुपर्ने र कलेजहरुको माग अनुसार विद्यार्थी कोटा दिनुपर्ने भन्दै आफ्नो धारणा पुष्टिका लागि उनले बैंगलादेशमा पुगेर दुःख पाएका मेडिकल कलेजका विद्यार्थीको सन्दर्भमा त्यो अभिव्यक्ति दिएका थिए । पार्टी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उनले राजीनामा दिए । मन्त्री पदबाट रुँदै राजीनामा दिएका उनले आफूले गलत आशयमा नबोलेको भन्दै बिदा भए ।
प्रधानमन्त्रीको प्रत्यक्ष मातहत हुने र उनीप्रति जवाफदेही हुनुपर्ने मन्त्रीहरू पटकपटक विवादमा परिरहन्छन् । पछिल्लो पाँच वर्षमा तीनजना मन्त्री आचरण र अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । ओली सरकारका बेलामा कानूनमन्त्री शेरबहादुर तामाङ, अहिलेको सरकारका अघिल्ला पर्यटनमन्त्री प्रेम आले र अहिलेका मन्त्री जीवनराम श्रेष्ठ विवादमा तानिए ।
सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री मात्रै होइन, सरकारमा मन्त्रीको नाम सिफारिस गर्ने सत्तारुढ दलहरुले समेत आफ्ना मन्त्रीहरुको निगरानी गर्ने र उनीहरुको कामकारबाहीलाई लगाम लगाउन सकेको देखिंदैन । अहिले मन्त्रिहरुका लागि आचारसंहिता छैन । कुन बेला गाडीमा झण्डा हाल्ने, कुन बेला छोप्नेदेखि गाडी लिएर कहाँ जाने र कहाँ नजाने सबै मन्त्रीको तजविजीमा भर पर्छ । आफ्नो गाडीमा कसलाई लिफ्ट दिने ? कस्तालाई नदिनेजस्तो आचरणका विषय त छँदैछन्