फुटेका माओवादी जुट्ने क्रम सुरु: माके (क्रान्तिकारी) र माओवादी केन्द्रबिच आज एकता

काठमाडौं,

लामो समयदेखि ‘माओवादी एकता अनिवार्यताः कम्युनिष्ट एकता आजको आवश्यकता’ मा जोड दिदै विभाजित माओवादी आन्दोलनलाई सैद्धान्तिक वैचारिक एकरुपतासहित एकताबद्ध हुन आह्वान गदैं गर्दै विभिन्न घटकहरुलाई सुझाव दिदै राजनीतिक ढंगले अघि बढेको पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) आज एक औपचारिक कार्यक्रमबिच माओवादी एकता तथा समायोजन प्रकृयामा जुटेको छ ।

नेकपा (माओवादी केन्द्र) र नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) बिच विभिन्न तहमा पटक पटक भएका वार्ता, छलफल र माओवादी आन्दोलनको निरन्तरतामा विकास गर्ने मुख्य मुद्दालाई केन्द्रमा राख्दै गरिएका महत्वपूर्ण निर्णयहरुको आधारमा आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार ललितपुरमा उक्त माओवादी एकता घोषणा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) ले विभाजन रुपान्तरण र पुर्न एकताबारे द्धन्द्धवादी नियमको आधारमा पछिल्लो चरण माओवादी एकता,

समायोजन तथा ध्रुविकरणको प्रकृया देशव्यापी रुपमा बढिरहेको विषयमा जोड दिदै सबै विभाजित माओवादी घटकहरुलाई राजनीतिक मुलधारमा जुट्दै समाजवादी क्रान्तिको यात्रामा अघिबढ्न हार्दिक आह्वान गरेका थिए ।

समायोजन तथा ध्रुविकरणको प्रकृया देशव्यापी रुपमा बढिरहेको विषयमा जोड दिदै सबै विभाजित माओवादी घटकहरुलाई राजनीतिक मुलधारमा जुट्दै समाजवादी क्रान्तिको यात्रामा अघिबढ्न हार्दिक आह्वान गरेका थिए ।

माओवादी एकता अनिवार्य आवश्यकताको विषय भएको भन्दै उहाँहरुले महान जनयुद्ध, जनआन्दोलन, जनसंघर्षहरु तथा जनताका सबैखाले न्यायोचित आन्दोलनहरुबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै जनवादी क्रान्तिका बाँकी कार्यभारहरु पुरागर्ने दिशामा एकताबद्ध भै अघिबढ्नुपर्नेमा जोड दिएका थिए ।

दुई पार्टीबिच भएको छलफल र निर्णयसँग एकता घोषणापछि नेकपा (माओवादी केन्द्र) लाई जनताको आशा र भरोसाको बलियो केन्द्र तथा परिवर्तनकारी आन्दोलनको निर्णायक शक्ति बनाउन एकतावद्ध भै आ–आफ्नो तर्फबाट जुट्न निर्देशन गरेका थिए ।

नेपाली क्रान्तिको कार्यभार पुरागर्न नेकपा (माओवादी केन्द्र) नै सबैभन्दा जिम्मेवार जनताको पार्टी भएको भन्दै दुई पार्टीबिच भएको छलफल, सुझाव र सहमतिका आधारमा अबका दिनबाट नेकपा (माओवादी केन्द्र) ले लिएको सैद्धान्तिक वैचारिक लाईन,

मुलभुत कार्यदिशा र कार्यक्रमलाई सफल पार्नका लागि माओवादी एकताको प्रकृयामा आएका सबै जिम्मेवार नेता, कार्यकर्ताहरुलाई आ आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्न उहाँहरुले निर्देशित गरेका थिए ।

कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले माओवादी एकताको अनिवार्यताबारे लामो समयदेखि सैद्धान्तिक वैचारिक वहस चलाउँदै, त्यसलाई सार्थक पार्ने काममा भुमिका खेलेको भन्दै एकतामा सहभागि भएको माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकेश र त्यसमा रहेका सबै अगुवा नेताहरुलाई विशेष धन्यवाद व्यक्त गरेका थिए ।

अध्यक्ष प्रचण्डले भने–‘माओवादी आन्दोलनका बिरुद्ध देशी विदेशी शक्ति केन्द्रहरु र प्रतिक्रिवादी तत्व लागिरहेको अवस्थामा आन्दोलनको निरन्तरताका विकास गर्नुपर्छ भन्दै माओवादी एकतामा कमरेडहरु जुट्नुले माओवादी विरोधीहरुलाई गतिलो जवाफ दिएको छ ।

यसले हामीलाई आत्तरिक रुपमा बलियो र अझ सशक्त बनाउन बल पुर्याएको छ, हामीले एकतामा आउने सबै कमरेडहरुलाई जिम्मेवारीका साथ स्वागत गर्नैपर्छ, यो हाम्रा लागि खुशीको कुरा हो ।’

दुबै पार्टीको शिर्ष नेतृत्वबिच वैचारिक सैद्धान्तिक र संगठनात्मक व्यवस्थापनको विषयमा महत्वपूर्ण सहमति भएर आज एकता घोषणा कार्यक्रम भैसकेपछि माओवादी केन्द्र नै क्रान्ति र आन्दोलनको आशाको केन्द्र रहेकोमा अध्यक्ष प्रचण्डले जोड दिदै अब माओवादी केन्द्रको योजना र कार्यक्रममा जुट्नुपर्ने धारणा राखेका थिए ।

उनले स्थानीय निर्वाचनको विषयमा केन्द्रीत हुँदै हाम्रो पार्टी र गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउने काममा जुट्न समेत सुझाव दिए ।

उक्त कार्यक्रममा बोल्दै एकतामा जुटेको माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकेशले कैयन विषयमा सुझाव, सल्लाह सहित आफुहरु जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने दिशामा प्रतिवद्धता सहित,

नेपाली जनताको न्याय र मुक्तिको मुद्दालाई बलियोसँग अंगालेको जनताको पार्टी, नेकपा (माओवादी केन्द्र) मा एकतावद्ध भएको बताएका थिए ।

उनले बाहिरबाट हेर्दा जस्तो देखेपनि वास्तवमा माओवादी केन्द्र र अध्यक्ष प्रचण्डको नेतृत्व बिना नेपाली क्रान्तिकारी आन्दोलन अघि बढ्न नसक्ने ठोकुवा समेत गरे ।

उनले एकताको सन्दर्भमा भएका सहमतिलाई पार्टी अध्यक्ष प्रचण्डलाई कार्यान्वयनमा लिनका लागि सुझाव दिदै, इमान्दारीता बिना क्रान्ति र नेतृत्वमा गम्भिर संकट आउने विषयमा महत्पपूर्ण कुरा राखेका थिए ।

त्यसको जवाफसहित पार्टीको तर्फबाट प्रतिवद्धता जनाउँदै अध्यक्ष प्रचण्डले भने–‘स्थानीय तहको निर्वाचन पछि बस्ने पहिलो केन्द्रीय कमिटिको बैठकबाट त्यो कमिटिमा आउने कमरेडको जिम्मेवारी ठोस गरिन्छ, हामी त्यो सहमति लागु गछौ ।

अन्य कमरेडहरुको पनि सम्बन्धीत प्रदेश, जिल्ला र जवसको बैठकबाट सहमतिका आधारमा जिम्मेवारी ठोस गरिन्छ, तपाईहरु त्यसमा निश्चिन्त हुनुहवस् र अहिले निर्वाचनको काममा खटिहाल्नुहवस् ।’

कार्यक्रममा एकतामा जुटेको माओवादी केन्द्र (क्रान्तिकारी) ले पटक पटक विभिन्न तहका नेताहरु र पछिल्लो चरण अध्यक्ष प्रचण्डसँग गरेको अन्तिम छलफलका आधारमा आफुहरु एकताको प्रकृयामा त्यसको कार्यान्वयन हुने विश्वास सहित अघि बढेको जनाउँदै माओवादी केन्द्र (क्रान्तिकारी) का स्थायी समिति सदस्य तथा युवा संगठनका अध्यक्ष

सुर्यबहादुर खत्री (सुमन) ले एकताको आधारहरुबारे आफुहरुले पटक पटक गरेको छलफलका सैद्धान्तिक वैचारिक तथा संगठनात्मक एकताको पक्षहरुबारे एक पत्र सार्वजनिक रुपमा वाचन गरेका थिए ।

एकताको आधारबारे माओवादी केन्द्र (क्रान्तिकारी) ले सैद्धान्तिक वैचारिक पक्षमा एकताको प्रस्ताव र संगठनात्मक पक्षमा एकताको प्रस्ताव गरि दुई महत्पूर्ण विषयमा अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण गराउँदै नेता सुमनले त्यसबारे आन्तरिक रुपमा भएका सल्लाह सहमतिहरु कार्यान्वयनमा जाने विषयमा आफुहरु विस्वस्त रहेको धारणा रामेत राखेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय