यस कारण छाडेका हुन् नाराणकाजीका मान्छेले माओवादी, सिनियर नेताहरू खुसीले गदगद

घोराही । माओवादी केन्द्रका नाममा चरम अवसर पाएका केन्द्रीय सदस्य एवम् दाङका ईञ्चार्ज जीवन गौतमले पार्टी परित्यागको घोषणा गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा टिकट नपाएपछि आत्तिएका गौतमले सोमबार घोराहीमा पत्रकार सम्मेलन गरेर माओवादीलाई विभिन्न लाञ्छनाहरू लगाउँदै पार्टी परित्याग गरेका हुन् ।

‘म माओवादीबाट मेयरको दाबेदार थिएँ’, उनले भने, ‘२०७४ मा मेयरमा पराजित भएपछि अर्को चोटी मेयर लड्छु भनेको थिएँ ।’

माओवादीबाट २०७४ को स्थानीय तहको निर्वाचनमा गौतम सबैभन्दा पुच्छारमा थिए ।

मेयरमा पराजित भएपछि दाङमा शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गरेको भनेर दाबी गरेका छन् । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीकै शैलीमा गौतमले दाङमा शिक्षा र स्वास्थ्यमा परिवर्तन ल्याएको भनेर गफ दिएका हुन् ।

उनले दाङबाट जितेका माओवादी र एमालेका जनप्रतिनिधिहरूले गर्न नसकेको काम आफूले गरेको गफ दिएका छन् ।

माओवादी र एमालेको गठबन्धनपछि पाएको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका बेला तीन वर्षसम्म मन्त्रीको सल्लाहाकार बनेर अबसर लुटेका गौतमले अवसर नपाउनेवित्तिकै पार्टी छाडेको घोषणा गरेर अबसरवादी चरित्र देखाएका छन् ।

‘चुनाव हारेको ३ महिनाको बीचमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने काम मैले सम्पन्न गरेँ’, उनले पत्रकार सम्मेलनमा भनेका छन् । त्यस बेला स्वास्थ्यमन्त्री गिरिराजमणि भएका बेला गौतमले सम्बन्धन दिलापनि उनकै कारण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान धरासायी बनेको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि कम्युनिस्ट नेता गौतमको भन्दा पनि धेरै भूमिका नेपाली कांग्रेसका नेताहरूको रहेको छ ।

‘शिक्षामन्त्रीको सल्लाहाकार हुने अवसर पाएँ’, गौतमले भने, ‘म ३ वर्ष शिक्षामन्त्रीको सल्लाहकार भएर बसेँ । सरकारी गाडी चढेँ, भत्ताहरू खाएँ ।’

गिरिराजमणि पोखरेल शिक्षामन्त्री रहेका बेला कम्युनिस्ट नेता गौतमले ठूलो अवसर पाएका थिए । अमिक शेरचन स्वास्थ्य मन्त्री रहेका बेला पनि गौतमले अवसर पाएका थिए । गौतम त्यस बेला शेरचनको स्वकीय सचिव थिए ।

‘पार्टीभित्र अत्यन्तै धेरै गुटबन्दी, चरम गैर कम्युनिस्ट चरित्र, अत्यन्त षड्यन्त्रपूर्ण कार्यशैली, चुनाव जति नजिक आउन थाल्यो त्यति संगठित षड्यन्त्र भएर आयो’, गौतमले भनेका छन् ।

‘आजका दिनमा आइपुग्दा म माओवादी केन्द्र कम्युनिस्ट पार्टीका रुपमा देख्दैन’, उनले भने, ‘यो कम्युनिस्ट पार्टी होइन । यसले सर्वहारा वर्ग, सर्वहारा मूल्य र मान्यता, आदर्श छोडिसकेको छ ।’

‘एमसीसी पास गर्ने बेलामा माओवादीले जुन ढंगले एकाएक आफ्नो अडान बदल्यो, म त्यसका विरुद्धमा थिएँ’, उनले भनेका छन् ।

दाङमा गौतम लोकप्रिय छैनन् । गौतमलाई अनुदारवादी कम्युनिस्ट नेताका रुपमा चिन्ने गर्छन् ।

अमिक शेरचन, नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेलसँग निकट मानिने गौतम आफ्नो अडानमा रहन्छन् वा माओवादीमा फर्किन्छन् हेर्न बाँकी छ ।

दाङका माओवादीका नेताहरूले गौतमलाई वडाध्यक्ष जित्ने हैसियत नरहेको टिप्पणी गरेका छन् । गौतमसँग जनमत नरहेको र नारायणकाजी श्रेष्ठको दवावमा माओवादीको दाङको ईञ्चार्ज र २०७४ सालको निर्वाचनमा मेयरको टिकट दिएको एक नेताले बताए ।

दाङमा गौतमभन्दा सक्षम र जनाधार रहेका नेताहरू धेरै छन् । गौतमले दाङका माओवादी नेताहरूलाई कहिल्यै महत्व दिएनन् । ‘म नै जान्ने, म नै सुन्ने’भन्ने उनको अहँकार र घमण्डले गर्दा पार्टी छाड्ने अवस्थामा पुगेका छन् ।

माओवादीका प्रवक्ता कृष्णबहादुर महरा नेता गौतमको पक्षमा थिएनन् । महराले गौतमलाई होइन हेमराज शर्मा ‘डायमण्ड’लाई अगाडि बढाउन चाहेका छन् ।

गौतमभन्दा राम्रा र असल नेताहरू हेमराज शर्मा, निर्मल आचार्या, सुवास पुनहरू छन् । माओवादीले गौतमको साटो हेमराज शर्मालाई घोराहीको मेयरमा अगाडि बढाउने थाहा पाएपछि तनाबमा परेका गौतमले पार्टी छाडेका हुन् ।

पत्रकार सम्मेलनमा आफू कम्युनिस्टमा रहने, कैत नजाने भने पनि गौतमले एमालेका नेताहरूसँग छलफल र सम्वाद गरिरहेको दाङका एकजना माओवादी नेताले दाबी गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय