माओवादीबाट निर्वाचित बेनिघाट रोलाङ गाउँपालिका अध्यक्ष डल्लाकोटी एमाले प्रवेश

नेकपा माओवादी केन्द्रबाट निर्वाचित धादिङको बेनिघाट रोलाङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) नेकपा एमालेमा प्रवेश गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज गाउँपालिका अध्यक्ष डल्लाकोटीलाई पार्टीमा प्रवेश गराएका हुन्।

एमाले प्रवेशका लागि गाउँपालिका अध्यक्ष डल्लाकोटी बालकोटस्थित ओली निवास पुगेका थिए।

डल्लाकोटी माओवादी केन्द्रको बागमती प्रदेश कमिटी सदस्य पनि थिए।

उनी माओवादीमा जानुभन्दा पहिले एमालेमै थिए। १५ वर्षपछि डल्लाकोटी एमालेमै फर्किएका छन्।

यो पनि//

भरतपुरको मेयर नछाड्ने काँग्रेसको निर्णय, अब के गर्छिन् रेणु दाहाल ?

काठमाडौं । आइतबार बसेको नेपाली काँग्रेसको चितवन जिल्ला कार्य समिति बैठकले भरतपुर महानगरपालिका मेयर पद नछोड्ने निर्णय गरेपछि यहाँको राजनीति सघन बनेको छ । काँग्रेसले मेयरमा आफ्नो दाबी नछाड्ने निर्णय गरेसँगै अब वर्तमान मेयर रेनु दाहालले के गर्लिन् भन्ने चासो बढेको छ । माओवादी नेतृ दाहाल पनि गठबन्धनका तर्फबाट मेयरकी दाबेदार हुन् ।

आइतबार बसेको काँग्रेसको जिल्ला कार्य समिति बैठकले केन्द्रको पाँच दलीय सत्ता गठबन्धनलाई चुनौती दिँदै भरतपुरमा मेयर नछोड्ने निर्णय गरेको हो । माओवादी अध्यक्ष प्रचण्डलाई संघीय चुनावमा सघाउन सकिने तर मेयर भने आफूले पाउनुपर्ने काँग्रेस बैठकको माग छ ।

केन्द्रमा पाँच दलले देशभरका ६ वटा महानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवारी केन्द्रबाटै टुंगो लगाउने सहमति गरेका छन् । तर, चितवन काँग्रेसको अडानले केन्द्रमा दबाव सिर्जना भएको छ । यसअघि जुन दलले जितेको हो, त्यही दललाई छाड्ने गरी केन्द्रमा छलफल भइरहेको नेताहरु बताउँछन् ।

त्यो स्थितिमा ६ वटा महानगरपालिकामध्ये काँग्रेसले विराटनरगर र ललितपुरसहित एमालेले जितेको काठमाडौंसमेत लिने अनि भरतपुर माओवादीलाई छाड्ने केन्द्रमा छलफल भइरहेको बुझिएको छ । पोखरा एकीकृत समाजवादी र वीरगञ्ज जसपाले दाबी गरेका छन् । यसरी केन्द्रमा होमवर्क भइरहेकै बेला चितवन काँग्रेसले भरतपुरको मेयरसमेत आफैंले पाउनुपर्ने दाबी गरेको हो ।

नेपाली काँग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालले रातोपाटीसँग भने, ‘चितवन जिल्ला कार्यसमितिको बैठकले केन्द्रको पाँच दलीय संयन्त्रलाई अन्य जिल्लामा जस्तै निरन्तरता दिइने निर्णय ग¥यो । तर, यसको बटमलाइन भरतपुर महानगरपालिकाको मेयर काँग्रेसको हुनुपर्नेछ ।’

चितवन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ को गृहजिल्ला समेत हो यही कारण भरतपुर महानगरको मेयर पुनः माओवादीले पाउनुपर्ने माओवादीको अडान छ ।

देशैभरका ७५३ स्थानीय तहमध्ये सबैभन्दा बढी चर्चा र विवादको केन्द्र भरतपुर महानगर बन्न पुगेको छ । प्रचण्डको निर्वाचन क्षेत्र हुनु र उनकी छोरी रेणु दाहाल भरतपुर मेयर भएकाले चितवन चर्चामा आएको हो । विगतको चुनावी नतिजा हेर्दा चितवनमा माओवादी अंकगणितीय हिसावले तेस्रो स्थानमा छ । ०७४ को चुनावमा भएको गठबन्धनलाई लिएर पनि चितवन काँग्रेसमा असन्तुष्टि देखिको थियो, जुन अहिले फेरि सतहमा आएको छ । ०७४ मा माओवादीले मेयर र काँग्रेसले उपमेयर लिने गरी गठबन्धन भएको थियो ।

स्थानीय चुनावमा सत्ता गठबन्धन गरेर जाने सहमती भएपनि कुन मोडल अपनाएर जानेमा टुंगो लागेको छैन। अध्यक्ष प्रचण्ड सहित एकीकृत समाजवादी पार्टी,जनता समाजवादी पार्टी लगायत दलले यसअघि जुन पार्टीले जितेको त्यसलाई दिएर चुनावी तालमेल गर्ने मत राखेका छन्। अरु एमालेले जितेका स्थानीयतहमा गठबन्धनमा सहभागी दलले भागवण्डा गरेर लिने उनीहरुको अडान छ । त्यसमा काँग्रेसले असहमति जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय