एमालेसँग गठबन्धन होला र ठाउँ पाउँला भनेर माओवादीले सपना नदेखे हुन्छ : उपाध्यक्ष पाैडैल

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीय तहको चुनावमा एमाले एक्लै लड्ने बताउनुभएको छ । उपाध्यक्ष पौडेलले स्थानीय तह चुनावमा एमालेलाई कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको बताउनुभयो । उहाँले एमाले एक्लै चुनाव लड्ने र ७० प्रतिशत पालिकाहरूमा जित्ने दाबी गर्नुभयाे । ७० प्रतिशत जित्न नसकेको अवस्थामा ६० प्रतिशतभन्दा तल भने नझर्ने उहाँकाे दाबी छ ।

आज आइतवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले एमालेसँग गठबन्धन होला र ठाउँ पाउँला भनेर सपना नदेख्न नेकपाउहाँले भन्नुभयो – ‘यो स्थानीय तहको चुनावमा एमाले एक्लै लड्छ । कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने एमालेलाई आवश्यकता छैन । एमालेसँग गठबन्धन गरेर अलिकति स्पेस प्राप्त गर्न सकिएला कि भनेर नसोचे हुन्छ । खासगरी माओवादी केन्द्रतिर लक्षित गरेर म भन्न चाहन्छु, त्यसखालको सपना नदेखे हुन्छ ।’

(माओवादी केन्द्र) लाई चेतावनीसमेत दिनुभयो ।

उपाध्यक्ष पाैडेलले माओवादी केन्द्रसँग तालमेलका लागि कुनै पनि प्रकारको संवाद नभएको स्पष्ट पार्नुभयो । माओवादी केन्द्र र एमालेको बीचमा तालमेल गर्न एमाले अध्यक्ष केपी ओलीले आत्मालोचना गर्नुपर्ने माओवादी केन्द्रका एक नेताको भनाइप्रति टिप्पणी गर्दै उहाँले भन्नुभयाे, माओवादी केन्द्रसँग एमालेको कुनै पनि तहका नेता, कार्यकर्ताका बीचमा प्रत्यक्ष वा परोक्ष रूपमा कुनै पनि हिसाबले वार्ता भएको छैन ।

एमालेका अध्यक्षले आत्मालोचना गर्नुपर्ने भन्ने हास्यास्पद कुरा हो । कम्युनिस्ट पार्टीको सरकार ढालेर दक्षिणपन्थी गठबन्धन उहाँहरूले बनाइरहनुभएको छ । दुनियाँलाई थाहा छ, हिजो उहाँहरूले कथित जनयुद्ध सुरु गर्दा त्यति बेला पनि प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्थ्यो । उहाँलाई ४० बुँदे ज्ञापन पत्र बुझाएर उहाँहरूले कथित जनयुद्ध सुरु गर्नुभएको थियो ।

आज फेरी कम्युनिष्ट पार्टीको सरकार ढालेर शेरबहादुर देउवाजीको नेतृत्वमा उहाँहरूले यो सरकार बनाइरहनुभएको छ र दक्षिणपन्थी गठबन्धन निर्माण गर्नुभएको छ । नेकपा एमाले जनताको पक्षमा, राष्ट्रका पक्षमा दृढतापूर्वक उभिएको छ । आफ्ना कामप्रति एमालेलाई गर्व छ । त्यस कारणले यो आत्मालोचनाका हास्यास्पद कुरा गरिरहनु जरुरी छैन ।’ सत्तारुढ गठबन्धनमा दरार सिर्जना हुँदा एकले अर्कोलाई एमालेसँग मिल्छु भनेर तर्साउने गरेको भन्दै एमाले कसैको भर्‍याङ नबन्ने उहाँले बताउनुभयो ।

मोदीले गरिदिए नेपालको नाम लिदै यस्तो घोषणा, नेपालमा समेत तरङ्ग !!

सबैलाई चकित पार्दै प्रधानमन्त्री मोदीले अनौठो घोषणा गरिदिएका छन्। यो यो घोषणालाई राजनीतिज्ञहरुले बिरालोलाई माणको संज्ञा दिएका छन्। भारतले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणबाट द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको बताएको छ।

नेपालसँगको आफ्नो सम्बन्ध ‘छिमेकी पहिलो’ नीतिको मुख्य स्तम्भ भएको स्पष्ट गर्दै उसले प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशबीचको परम्परागत र शताब्दीऔँ पुरानो मैत्री एवं सहकार्यलाई थप प्रगाढ बनाउन योगदान पुगेको बताएको हो।

प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज हैदरावाद हाउसमा भएको विस्तृत वार्ताले पारस्परिक सम्बन्धलाई नयाँ उचाईमा पु¥याउन योगदान गर्नाका साथै भविष्यको बाटोसमेत निर्धारण गरेको जनाएको छ ।

साथै नयाँदिल्लीले दुई देशका प्रधानमन्त्रीबीचको वार्तालाई ‘फलदायी’ को संज्ञा दिँदै विविध क्षेत्रमा विस्तारित द्विपक्षीय सहयोगका विषयलाई त्यसले आकार दिएको बताएको छ।

विशेष गरी ऊर्जा र सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित विषयलाई उसले अधिक प्राथमिकतामा राखेको छ। विद्युत् प्रसारण लाइन होस् वा विद्युतीय कारोबारको ‘रुपे’ त्यसले नेपालको वित्तीय क्षेत्रमा नयाँ परस्परमा वित्तीय सम्पर्क बढाउन तथा द्विपक्षीय पर्यटक प्रवाहलाई सहज बनाउनका साथै भारत र नेपालबीचको जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने रुपे प्रभावकारी हुने अपेक्षा भारतले गरेको छ।आयाम थप्ने विश्वास व्यक्त गरेको छ।

नेपाल र भारतका प्रधानमन्त्रीबीचको भेटवार्ता, दुवै देशका प्रधानमन्त्रीको नेतृत्वमा भएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ताले आपसी सम्बन्धलाई सुमधुर र सुदृढ बनाउन उपयोगी भएको बताउँदै साउथ ब्लकले आज भएका अन्तर्राष्ट्रिय सौर्य गठबन्धन,

‘फ्रेमवर्क’ सम्झौता रेलवे क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने समझदारी, नेपाल आयल निगम एनओसी र भारतीय आयल निगम (आइओसी)बीच पेट्रोलियम पदार्थ उत्पादनको आपूर्तिसम्बन्धी समझदारी,

एनओसी र आइओसीबीच प्राविधिक विशेषज्ञता साझा गर्न सम्झौताको आदानप्रदान तथा द्विपक्षीय ऊर्जा क्षेत्र सहयोगसम्बन्धी संयुक्त घोषणालाई उपलब्धिमूलक बताएको छ ।

बाह्यमामिला मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै प्रधानमन्त्रीले ऊर्जा क्षेत्रमा पारस्परिक लाभका खातिर सहयोगका अभूतपूर्व अवसरहरूबारे छलफल गर्नाका साथै ऊर्जा उत्पादन, प्रसारण र व्यापारमा साझा प्रतिबद्धता जनाउनुभएको उल्लेख गरिएको छ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआरलाई अन्तिम रूप दिएर त्यसको कार्यान्वयनमा तीव्रगतिमा काम गर्न दुवै पक्ष सहमत भएका जनाइएको छ।

प्रधानमन्त्री देउवाले भारतमा पर्याप्त मात्रामा बिजुली निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई दिइएको नयाँ स्वीकृतिको प्रशंसा गर्दै नेपालको जलविद्युत् विकास आयोजनामा भारतीय कम्पनीलाई थप सहभागिताका लागि आह्वान गर्नुभएको थियो ।

नेपालमा ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा भएको प्रगतिको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। दुवै प्रधानमन्त्रीले आर्थिक र व्यापार विषयमा विचार आदानप्रदान गर्नुभएको तथा व्यापार, लगानी र सम्पर्क सञ्जाल विस्तारलाई अझ घनीभूत बनाउने।

अझै आवागम सहज तुल्याउने, नेपाललाई दीर्घकालीनरूपमा भारतबाट मलको आपूर्ति सहज बनाउने र पेट्रोलियम पदार्थको आपूर्तिका लागि पञ्चवर्षीय सम्झौताको नवीकरण भएकामा त्यसकोे स्वागत गरेका छन्।

दुवै देशका प्रधानमन्त्रीले सघन एवं सुदृढ द्विपक्षीय विकास साझेदारीको बारेमा छलफल गर्दै जयनगर–कुर्था–बिजलपुर–बर्दिबास, जोगबनी–विराटनगर, रक्सोल–काठमाडौँ जोड्ने अन्तरदेशीय रेल परियोजनालगायत नेपालमा भारतीय परियोजनाहरूको कार्यान्वयनको प्रगतिको समीक्षा गरेका थिए।

काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रतिष्ठान, नेपालगन्ज र भैरहवामा एकीकृत जाँच चौकीलगायत भारतीय सहयोगका सबै आयोजनालाई समयमै सम्पन्न गर्न नेपाल सरकारबाट प्राप्त सहयोग र सहजीकरणका लागि प्रधानमन्त्री देउवाप्रति प्रधानमन्त्री मोदीले आभार व्यक्त गर्नुभएको थियो।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय