गठबन्धन दलमा ६ महानगरका मेयरका उम्मेदवार भागबण्डामा लफडा !

काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गरेर जाने सहमति जुटाएका छन् । त्यसका लागि अन्तिम निर्णय भने भइसकेको छैन । महानगर र उपमहानगरको तालमेलको विषयमा गठबन्धनको केन्द्रीय निर्णयबाट टुंगो लाग्ने बताइरहेका छन् भने नगरपालिका र गाउँपालिका भने स्थानीय सहमति अनुसार तालमेल गर्ने तयारी भएको छ । कतिपय पालिकामा भने तालमेल हुने संभावना पनि देखिएको छैन ।

गठबन्धनमा रहेका दलहरुबीच ६ वटा महानगरहरुको प्रमुख पद कुन कसले पाउने भन्नेमा समस्या देखिन थालेको छ । ६ वटा मध्ये ललितपुर र विराटनगरमा कांग्रेसको मेयर रहेको छ भने भरतपुरमा माओवादी, वीरगञ्जमा जसपाको मेयर रहेको छ । पोखरा र काठमाडौंमा एमालेको मेयर रहेको छ । त्यसैले, एमालेले जितेका दुईवटा मेयरमध्ये एउटा आफूले पाउनुपर्ने दावी एकीकृत समाजवादीले गरेको छ ।

त्यसैले, पोखरा र काठमाडौंमा एकीकृत समाजवादीको दाबी रहेको छ । पोखरा र काठमाडौंमा पहिलादेखि नै कांग्रेसका नेताहरुले दावी गरिरहेका छन् । अन्यत्र कमजाेर भएता पनि पोखराभन्दा काठमाडौंमा एकीकृत समाजवादीको प्रभाव केही मात्रामा रहेको छ ।

विराटनगरमा कांग्रेससँग जसपाकै प्रतिस्पर्धा देखिएको छ । विराटनगर कांग्रेसले लिएको अवस्थामा धरान उपमहानगर पनि कांग्रेसले लिने संभावनना बढेको छ । विराटनगर र धरान कांग्रेसले लिएमा इटहरी उपमहानगर भने एकीकृत समाजवादीले पाउने संभवाना रहेको पनि चर्चा छ । ललितपुर र चितवनमध्ये एउटा माओवादीले पाउने र पोखरा र काठमाडौमध्ये एउटा महानगर एकीकृत समाजवादीले पाउने देखिएको छ ।

त्यसैले उसको जोडबल पोखराभन्दा काठमाडौं हुन सक्ने संभावना रहेको छ । त्यसो त, राजधानीमा रहेको महानगर भएकोले कांग्रेसले पनि दाबी छोड्ने पक्षमा भने देखिएको छैन । एमालेको बलियो पकड रहेकोले काठमाडौं छोड्न नचाहेको कांग्रेसले त्योभन्दा बलियो पकड भएको पोखरा कसरी छोड्ने त्यसमा पनि उसलाई चिन्ता छ ।

अहिले चितवनको भरतपुर महानगरमा कांग्रेसले यसपटक कुनै हालतमा माओवादीलाई समर्थन गर्न नसकिने अडान राखिरहेका छन् । त्यसैले चितवनका कांग्रेसकोको कुरा चाहिं ललितपुर महानगर माओवादीलाई दिन सकिने तर्क गरेका छन् । त्यसमा माओवादीले खासै चासो राखेको छैन । माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रसमेत पर्ने भएकोले गृहनगर भरतपुरलाई छोड्न पक्षमा माओवादी देखिएको छैन ।

यता, काग्रेसको बलियो दावेदारी रहेको वीरगञ्जका कांग्रेस पनि जसपालाई छोड्न नहुने पक्षमा छन् । अघिल्लो निर्वाचनमा जसपालसँग २ हजार मतान्तरमा पराजित भएकोले उसैलाई फेरि पनि साथ दिन तयार नदेखिएको कांग्रेसभित्र असन्तुष्टि छ । त्यसैले अहिलेसम्मको स्थिति हेर्दा वीरगञ्ज जसापाले पाउने र विराटनगरमा जसपाले कांग्रेसलाई छोड्ने संभावना चाहिं बढेको बताइन्छ ।

विराटनगरमा कांग्रेससँग जसपाकै प्रतिस्पर्धा देखिएको छ । विराटनगर कांग्रेसले लिएको अवस्थामा धरान उपमहानगर पनि कांग्रेसले लिने संभावनना बढेको छ । विराटनगर र धरान कांग्रेसले लिएमा इटहरी उपमहानगर भने एकीकृत समाजवादीले पाउने संभवाना रहेको पनि चर्चा छ । ललितपुर र चितवनमध्ये एउटा माओवादीले पाउने र पोखरा र काठमाडौमध्ये एउटा महानगर एकीकृत समाजवादीले पाउने देखिएको छ ।

काठमाडौंको मेयर एकीकृत समाजवादीले पाउने अवस्थामा जीवनराम श्रेष्ठ नै मेयरमा उठ्ने संभावना रहेको पनि चर्चा भइरहेको छ । श्रेष्ठको काठमाडौंको कोर नेवार समुदाय र बुद्धधर्म मान्ने नेवार समुदायमा बलियो पकड रहेकोले उनलाई बलियो उम्मेदवारको रुपमा चर्चा हुने गरेको छ ।

एमालेले विद्यासुन्दर शाक्यलाई दोहोर्याउने अवस्थामा केशव स्थापितले जीवन राम श्रेष्ठलाई सहयोग गर्न सक्ने संभावना रहेको पनि बताइन्छ ।

कांग्रेसले भीमसेन दास प्रधान र तीर्थराम डंगोलमध्ये एकजनालाई उम्मेदवार बनाउने संभावना रहेको छ तर हरिप्रभा खड्गीको दावी पनि निकै रहेकोले कांग्रेसमा एकातिर बलियो उम्मेदवार नहुने र अर्कातिर एमालेजतिको बलियाे संगठन नभएकोले पनि कांग्रेसले एकीकृत समाजवादीलाई छोड्न सक्ने टिप्पणी हुन थालेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय