सबैभन्दा ठूलो आईपीओलाई खासै राम्रो साथ मिलेन,कति पर्यो आवेदन ?

काठमाडौं – हाल सम्मकै ठूलो आइपीओ निष्कासन गरेको भारतीय कम्पनीले खासै राम्रो रेस्पोन्स नपाएको देखिएको छ ।

आइपिओ निष्कासन गरेको पेटीएमले राम्रो रेस्पोन्स पाएन। पछिल्लो समयको निष्कासनमा सबैभन्दा खराब प्रदर्शन पेटीएमले गरेको छ।यद्यपि अन्तिम दिनसम्म कम्पनीको निष्कासन भने ओभरसस्क्राइब भएको छ।

माग भन्दा कम्पनीको निष्कासनमा १.८९ गुणा बढी आवेदन परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

बुधवार कम्पनीको शेयरमा आवेदन दिने अन्तिम दिन रहेको थियो। बुधवार बेलुकी पाँच बजेसम्ममा रिटेल इन्भेष्टरले १.६६ गुणा मात्रै बढी आवेदन गरेका छन्। यसमा सर्वसाधारण आकर्षण न्यून देखिएको छ।

किनकि क्वालिफाइड इन्टिच्युसनल बायर्ष (क्युआइबि)ले २.७९ गुणा बढी आवेदन गरेका छन्। कुनै पनि राम्रो निष्काशनमा सर्वसाधारण आकर्षण अत्याधिक हुने गर्छ।

तर यसमा उनीहरूको आकर्षण कम देखियो भने नन् इन्टिच्युनल इन्भेष्टर(एनआइआइ)ले त उनीहरूका लागि छुट्टाइएको शेयर समेत खरिद गरेनन्। एनआइआइले २४ प्रतिशत मात्रै आवेदन गरे।

कम्पनीले १८ हजार तीन सय रुपैयाँ जुटाउन भन्दै सार्वजनिक निष्कासन गरेको थियो। बुक बिल्डिङ विधिबाट निष्कासन गरिएको आइपिओको मूल्य दुई हजार ८० रुपैयाँ देखि २१ सय ५० रुपैयाँसम्म तोकिएको थियो।

निष्कासनको पहिलो दिन १८ प्रतिशत मात्रै शेयर बिक्री भएको थियो भने दोस्रो दिन ४० प्रतिशत माथि उक्लिएको थियो। तेस्रो दिन अझै बढी आवेदन पर्ने अनुमान गरिएको थियो। तर अनुमान बमोजिम भने आवेदन परेन। जसले कम्पनी र लगानीकर्तालाई निराश पारेको हो।

अन्तराष्ट्रिय आर्थिक पत्रिका ब्लूमबर्गका अनुसार पेटीएमको शेयर जोखिम युक्त छ। उसका अनुसार उक्त शेयर स्टक एक्सचेन्जमा सूचीकृत भएपछि लगानीकर्ताले अपेक्षित फाइदा पाउन सक्ने छैनन्। जसका कारण पनि कम्पनीको शेयरमा साेचे अनुसार आवेदन नपरेको बताइएको छ। -आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय