धाँधली गरी भएको निर्वाचनलाई मान्यता दिइन्नँ- वरिष्ठ नेता पौडले

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडले पार्टीको १४औँ महाधिवेशनको कार्यक्रमअन्तर्गत भएका वडा अधिवेशनमा भएको आरोप लगाएका छन् ।

आफू निकट केन्द्रीय सदस्यहरूको बैठकपछि सोमबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै पौडेलले सभापति शेरबहादुर देउवाबाट गराइएको फेक निर्वाचनलाई निर्वाचन समितिले मान्यता दिन नहुने बताए ।

बैठकपछि जारी गरिएको विज्ञप्तिमा डडेल्धुरासहितका जिल्लामा भएका क्रियाशील सदस्यता र वडा अधिवेशनको धाँधलीलाई सच्याउनुपर्ने माग गरिएको छ ।

पार्टी सभापति देउवा पक्षले शक्ति र सत्ताको आडमा विधान र प्रावधान तोडेर क्रियाशील सदस्यता वितरण गरिनु र वडा अधिवेशन गरिनु खेदजनक रहेको पौडेल समूहको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय