फेसबुकमा साथि बनेकाे दिन देखि अहिले सम्म

याेगेन्द्र खरेल – लिस्वाेन (पाेर्चुगल)। याे बेला याे लेख लेख्नु उचित थियाे वा थिएन । यस्ताे विषम परिस्थितिमा कस्ताे मानवीय संवेदना नभएकाे मान्छे रहेछ भन्ने लाग्न सक्ला तर आगाेलागि भएकाे बेला आगाेलागि निभाउदै गर्दा संगसंगै आगाेलागि सम्बन्धि चेतना फैलायाे भने बढ्ता प्रभाकारि हुन्छ भन्ने सुनेकाे कारण , याे बेला नै याे लेख लेख्नु सान्दर्भिक हाेला भन्ने लागेकाे छ।

कुरा करिब एक बर्ष अगाडिको हाे , केही रहर र केही बाध्यता काे बिच प्रदेश पसेको म, आफ्नाे मातृभुमि नेपाल गएकाे थिए । नेपालमा पनि पहिलाे चरणकाे काेराेनाकाे कारण भएकाे बन्दाबन्दिले गर्दा करिब ७ महिना म कार्यक्षेत्र फर्कन सकिन । सरकारले चार्टर्ड फ्लाईटकाे नाममा उडानहरु उडाउने अनुमति दिएकाे थियाे । सायद यता बाट राम्रै रकम कमिसन आउने भएर हाेला । धेरै पैसा तिरेर उड्नेहरुले काेराेना सार्दैनन भन्ने निष्कर्ष निकालेकाे थियाे सरकार ले ।

म पनि बाध्यताकाे कारण करिब २ लाख चानचुन तिरेर कार्यक्षेत्र फर्किए, चार्टर्ड उडानकाे सट्टा , सुरक्षा अपनाएर निश्चित संख्यामा नियमित उडानहरु उडाउने सरकारकाे निर्णय भएकाे भए । म दुई लाखकाे सट्टा चाैबिसहजार ८२ रुपैया मै कार्यक्षेत्र फर्कन पाउने थिए ।

म कार्यक्षेत्र फेर्केता पनि काेराेना महामारीको कारण काम पाउने र गर्ने वातावरण थिएन, म बेरोजगार नै थिए । आएकाे करिब १ महिना नपुग्दै । मेराे गृह जिल्ला मा बाढिपहिराे ले अकल्पनीय क्षति पुर्यायाे । जुुन निकै दुखद र दर्दनाक थियाे । याे दुःखद घटनामा मल्हम लगाउने भन्दै भिन्न ब्यक्ति र संघसंस्थाहरुले सहयाेग अभियान चलाइरहेका थिए ।

साेहि सिलसिलामा मलाई पनि करिब एक दर्जन जति कल र म्यासेज आएका थिए हाेलान ; ती कल र म्यासेज गर्नेहरुले मेराे सन्चाे बिसन्चाे साेधेनन, मेराे जागिर र दैनिकी बारे कुनै चासाे राखेनन, याे महामारीकाे बेला अबस्थामा के कस्तो छ साेधेनन , उनिहरु सिधै सहयोग नाम काे टपिक्स मा गए बिभिन्न पिडादायि तस्बिरहरू देखाउदै इमाेस्नल ब्ल्याकमेल गर्न तिर लागे ।

फेसबुकमा साथि बनेकाे दिन देखि अहिले सम्म हेलाे हाय, नगरेकाे मान्छे समेत म संग सम्पर्क मा आउने र त्यस्तै हृदयबिधारक तस्बिरहरु पठाउदै आफुले सन्चालन गरेकाे सहयोग(चन्दा ) अभियानमा जाेडिन भनिरहेका थिए ।

त्यसकाे केही समय पछि मेरै गाउँमा बाढीपहिराेले नराम्रो क्षति पुर्यायाे । मेराे एक जना मित्रले फाेन गरे र भने ; फलानो ठाउमा बाढिपहिराे जादा यतिउति पैसा जम्मा गरेर पठाए तँ चाहिँ के गर्दैछस । हाम्राे लागि केही गर्दैनस भन्दै बाढिपहिराे ले तहसनहस पारेकाे हृदयबिधारक तस्बिरहरू पठाएर मलाई इमाेस्नल ब्ल्याकमेल गरिरहेकाे थियाे र प्रदेशमा बसेका अरुहरुलाई पनि यस्तै हृदयबिधारक तस्बिरहरू देखाएर ईमाेस्नल ब्ल्याकमेल गर्न प्रेरित गरिरहेकाे थियाे ।

काेराना काे आतंककाे कारण जागिर गुमाएर बसेकाहरुलाई त्यस्ता हृदयबिधारक तस्बिरहरू देखाएर ब्ल्याकमेल गर्न चाहिन र त्याे साथिलाइ सरि है भने, त्याे दिन देखि आज सम्म करिब करिब एक बर्षकाे अबधिमा न त उसले म संग सम्पर्क गरेकाे छ न त मैले उसलाई । उसकाे समाजसेवी बन्ने चाहनालाई मैले पूरा गर्न सकिन सायद म संग उ रिसाइरहेकाे हाेला ।

यी दुबै घटनाहरु त्यति बेलाकाे मेराे परिस्थिति ती घटना संगै म संग जाेडिएका ती पात्ररहरुकाे त्यति बेला देखि आज सम्मकाे प्रवृत्ति हेर्दा उनिहरु समाजसेवी नभएर इमाेस्नल ब्ल्याकमेलरहरु हुन भन्ने कुरामा म ढुक्क भइसकेकाे छु ।

यी दुई घटनाहरु पछि मैले चिनेजानेका र सूचना लिन मिल्ने सम्मका सहयोग( चन्दा ) अभियानहरुलाई नजिकबाट हेर्ने र अध्ययन गर्ने प्रयास गरेकाे छु र प्रायःजसो सबै अभियान र अभियान्ता भनाउदाहरु काे आचरण उस्तै उस्तै देख्ने गरेकाे छु ।

करिब एक बर्ष अघि देखि नै बिश्वका अधिकांश मुलुकहरु काेराेना महामारि संघ जुधिरहेका छन । प्राय:जाे देशमा राेजगारि गुमाउने काे दर उच्च छ । सबै देशहरुमा रहेका नागरिकहरुले बाच्नकाे लागि संघर्ष गरिरहेका छन ।

याे बेला नेपालले पनि काेराेना महामारीको कारण निकै अफ्ठेराे परिस्थितिकाे सामना गरिरहेकाे छ । हुन त यहि अबधि कै सरकारका गतिविधिहरु हेर्ने हाे भने त सायद देशमा केही समस्या नै छैन कि जस्ताे देखिन्छ । यहि सरकार र यस्तै सरकार बनाउने कसरत गरिरहेका हरुकाे गजनकृतन गर्दै देशमा जटिल अबस्था छ लाैन सहयाेग गराै भन्दै इमाेस्नल ब्ल्याकमेल गरिरहेका छन् र समाजसेवी कहलिने प्रयासमा छन बा‌ैध्दिक जमात नै ।

बिभिन्न दुखदायि तस्बिरहरू र समाचारहरु सेयर गर्दै, लाै न सहयाेग गराै भन्दै याचना गरिरहेका छन एकातिर भने अर्काे तिर स्थानीय, प्रदेश र केन्द्र सरकारले देशमा चमत्कार गरेकाे छ । भन्दै भजनकृतन गरिरहेका छन । अरे बाबा सरकारले सबैतिर चमत्कार गरेकाे छ भने, सहयाेग सहयोग भन्दै के काे राेइलाे गाउदै छाै त नि ।

अहिले नेपालमा ,गैह्रसरकारि संघसंस्था , निजि संघसंस्था र विभिन्न व्यक्तिहरुले काेराेनाकाे नाममा सहयाेग( चन्दा ) अभियानहरु चलाइरहेका छन र उनिहरुकाे मुख्य तार्गेट भनेकाे बिदेश रहेका नेपालिहरु । यसरी अर्काकाे पैसा माथि समाजसेवा गर्नेहरुले राम्रोसँग बुझेका छन , प्रदेशमा दुखपिडा छ यहि दुखपिडामा भएका हरुलाइ नै इमाेस्नल ब्ल्याकमेल गर्न सकिन्छ भन्ने र त निरन्तर इमाेस्नल ब्ल्याकमेल गरिरहेका छन ।

गाेहिकाे आँसु झारेका छन र तिनै अरुबाट असुली गरिएको चन्दा रकम बाट किनिएका सामाग्री संग आफुलाई सेल्फि खिच्दै सामाजिक सन्जाल रंगाइरहेका छन र आफुलाइ समाजसेवी देखाउने हाेडमा छन ।उनिरहरुले पाेस्ट्याउने तस्बिर र उनिहरुका सामाजिक सन्जालमा रहेका सबै कुरा गहिरिएर अध्ययन गर्ने हाे भने उनिहरु कस्ता मान्छे हुन भन्ने बुझ्न गाह्रो पर्दैन । सच्चा समाजसेवी त्याे हाे जसले अरुलाइ ब्ल्याकमेल गर्दैन र आफुले गरेकाे सेवाकाे अनावश्यक प्रचार गर्दैन । यहाँ त सेवाकाे लागि भन्दा मैले यसाे गरे, उसाे गरे भन्दै सामाजिक सन्जाल रंगाउनकाे लागि देखावटी गर्नकाे लागि दाैडधुप गरिन्छ ।

देशमा तीन तहकाे सरकार छ , सरकाले आर्थिक संकट घाेषणा गरेकाे छैन, सरकारकाे ढुकुटीमा टन्न पैसा छ । अब के काे लागि चन्दा अभियान त ? जब सरकाले भन्ने छ ल है अब हाम्रो आर्थिक अबस्थाले सक्ने भएन, अब सबै नागरिकहरुकाे सहयोगकाे खाचाे पर्याे तब सरकारि निकाय मार्फत आर्थिक संकलन गर्नु स्वभाबिक हुन्छ तर केन्द्र, प्रदेश र स्थानिय निकाय मा पैसा छ ।

यदि याे दुखकाे बेला सच्चा समाजसेवा गर्न चाहेकै हाे भने जनप्रतिनिधिहरु संग बसेर ती सकारका पैसाहरु याे दुखद परिवेश कसरी सहि सदुपयोग गर्ने र आम नागरिकको स्वास्थ्य सुरक्षा गर्ने भन्ने छलफल हुन्थे हाेला । सबै तहका सरकारहरुलाई आर्थिक मितव्यिता अपनाउन सुझाब दबाब दिन्थे हाेला । जनप्रतिनिधिहरुलाइ खबरदारी गर्थे हाेला । जनप्रतिनिधिहरुले अनावश्यक रुपमा किनेका सवारी साधनहरु कब्जा गर्थेहाेला भ्रष्ट नेता र कर्मचारीहरुलाई बहिस्कार गर्थे हाेला ।

काम नगर्ने कुरामा मात्रै गर्दै हिड्ने अल्छी कर्मचारीहरुलाई जवाफदेही बनाउन लाग्थे हाेला । जनप्रतिनिधिहरुले डे टु डे के के गरे र के के गर्नु पर्ने थियाे भनेर आम नागरिकहरुलाई अपडेट गरिरहन्थे हाेला, जसले आम नागरिकहरुलाइ सुसूचित हुन सहयाेग मिल्ने थियाे भने जनप्रतिनिधिहरुलाइ जिम्मेवार बाेध बनाउने थियाे ।

प्रत्येक नागरिककाे शिक्षा , स्वास्थ र आवासकाे जिम्मेवारि सरकारले लिनुपर्ने हुन्छ । तर सरकारले चमत्कारि बिकास गर्याे भन्ने अनि त्यहि शिक्षा , स्वास्थ र आवासकाे नाममा चन्दा अभियान चलाउने ? कि त यी अभियान चलाउने हरेक अभियान्ताहरु भन्नुपर्याे सरकारले जनताकाे शिक्षा , स्वास्थ्य र आवासमाकाम गर्न सकेन, सरकार जनउत्तरदायि भएन, जनताका लागि देशमा सरकार नै छैन भनेर भन्ने हिम्मत राख्नु पर्याे । यदि सकारले राम्रो गरेकाे छ सरकारलाई नागरिककाे हैसियतले सहयाेग गराै भन्ने बुझाई हाे भने , सहयाेेग रकम सरकारकाे खातामा नराखेर किन ब्यक्ति खातामा राखिनुपर्ने त ?

यदि तत्कालीन काेरेाना नियन्त्रणकाे लागि स्थानिय सरकारहरुले आर्थिक रुपमा टाटपल्टेका हुन भने , स्थानीय सरकारहरुले आम नागरिकहरुलाई सार्वजनिक सुचना गर्नुपर्याे र स्थानीय सरकार कै खातामा नागरिकले पैसा जम्मा गर्ने परिपाटी मिलाउनु पर्याे ।

हाेइन सकार संग पैसा छ , भने किन र के काे लागि सहयाेग( चन्दा ) अभियान त ? अब देखि याे इमाेस्नल ब्ल्याकमेल गरि चन्दा जम्मा गर्ने परिपाटिकाे अन्त्य गराै देशलाई र जनतालाई संकट पर्दा सरकारि संयन्त्र मार्फत सहयोग अभियान सन्चालन गराै ।किन सयाै अभियानहरु चलाउनु पर्याे एउटै अभियान मार्फत समस्या सामधान गराै ।

याे गर्न सजिलाे पनि छ । देशमा स्थानिय सरकार छ यहि मार्फत जस्ताे सुकै समस्या सामधान गर्न सकिन्छ मात्र इच्छाशक्ति हुनुपर्याे । समाजसेवीहरुले सरकार, सरकारि निकाय, जनप्रतिनिधि र कर्मचारीतन्त्रलाई जवाफदेही र उत्तरदायि बनाउने अभियान चलाउ ।

हरेक कुरालाई बिधिबिधान अनुसार चल्ने चलाउने बाताबरण मिलाउ । अफ्ठेराे परिवेशमा सहयाेग उठाउ तर सरकारी माध्यमबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर