रुपन्देही, जिल्ला देवदह नगरपालिका मा रहेको प्राचिन काल देखि विशाल अद्भुत पाकरी वृक्षलाई एसिया कै सबै भन्दा ठूलो रुखको रूपमा चिनिन्छ। सदाबहार यस वृक्ष को करीब ८४ फिट उचाइ करिब ९६ फिट र फराकिलो रूपमा फैलिएका हाँगाहरू को परिधि करिब ५०० फिट रहेको छ।यस वृक्ष संग सम्बन्धित आश्चर्यजनक रहेका केही तथ्य हरू धार्मिक तथा पौराणिक विश्वासहरू रहेका छन्।पुरातत्व विभागले गरेको सर्वेक्षण,अनुसार विशाल पाकरी वृक्ष शाक्य वंशको पाला देखि रहेको अनुमान गरिएको छ।
प्राचीन कोलीया राज्यमा होम – यज्ञ गर्न का लागि प्रयोग गरिएको पावन स्थान बाट पाकरी वृक्ष को उत्पति भएको मानिएको छ। यो ठाउँ आफ्नी माता रानी मायादेवीको जन्मस्थलबाट नीकै नजिक रहेको हुँदा भगवान गौतम बुद्धले यस वृक्षमुनि योगासाधना गरेको हुन सक्ने दृढ विश्वासका कारण यस वृक्षको भगवान बुद्धसंग ऐतिहासिक सम्बन्ध रहेको बुझिन्छ।
हिन्दू देवीदेवता लाई झल्काउने वृक्षका भव्य एवम् ठूला हाँगा र जराहरूमा देखिने मूर्तिरूपी आकार हरुलाई स्थानीय बासिन्दाहरूद्वारा पूजा गर्दै आएको र बृक्ष लाई हानि पुर्याउन खोजें केही अशुभ वा खतरा निम्तिन सक्ने डरले पाकरी वृक्ष लाई हानि पुर्याउन खोजिदैन भन्ने भनाई छ ।
गिद्ध,चिल,काग जस्ता आदि चराहरूले यस वृक्ष मा कैले पनि गुँड,बनाउँदैनन् ,न त विश्राम गर्छन्। वृक्षका हाँगाहरू जमीन तह भन्दा निकै नजिक रहेता पनि हात्ती हरू कैहिल्य पनि यो वृक्ष को वरीपरी आउँदैनन्।
वृक्ष मा केही गोमन् सर्प हरू (नाग) बस्ने गरेको र वर्षौं देखि यस वृक्षको रक्षा गर्दै आएको विश्वास रहेको छ।
पाकरी वृक्ष वर्षभरी सदाबहार रहन्छ यसको नामबाटै वरिपरिको क्षेत्र लाई पाकरी गाँउ भनेर चिनिन्छ।
यो प्राचीन स्मारकलाई नष्ट गरे हटाए,भत्काए,परिवर्तन,अनधिकृत काममा लगाए वा अन्य कुनै किसिम संग हानि नोक्सानी पुर्याए मा प्राचीन स्मारक संरक्षण ऐन २०१३ (पाँचौं संशोधन)को दफा १२(उपदफा क,ख, ग)अनुसार पच्चीस हजार रुपैयाँ देखि एकलाख सम्म जरिवाना वा ५-१५ वर्ष सम्म वा दुवै सजाय हुने नियम रहेको छ।दिनमा पाकरी वृक्ष हेर्न को लागि देश विदेश बाट मानिस हरू धेरैको संख्यामा आउने जाने गरेको पाइन्छ।