जन्म दिएकी अामाले प्रदेशीएका छोराको प्रतिक्षा गरे झै, हाम्रो जन्मभूमिले हाम्रो प्रतीक्षा गरिरहेको छ।-समुन्द्र अर्याल

गाउँ भन्नासाथ झर्लक्क दिमागमा अाउछ हरियाली ,स्वच्छ हावा , कलकल चिसो पानि ,पँधेरो,पोखरि ,टन्न भकारा भरि गाईवस्तु,अामाहरू भान्सामा व्यस्त ,मेलोपात ,अोर्म पर्म ,एैँचो पैँचो ,घाँस दाउरा ,वनभरि गाईवस्तु ,अावात जावत ,केही पर्दा सम्पूर्ण एकैछिनमा उपस्थित भैहालिने अवस्था ,कसैलाई बोलाउन पर्यो भने डाँडामा या छेउमा गएर बोलाएको चिच्याइ ,सिजन अनुसारका फलफूल र तरकारिहरू बारि तथा खेतमा लटरम्म अन्य यावत कुराहरू दिमागमा विभिन्न पन्ना पन्नामा पल्टिरहन्छन ।

कति रमाइलो थियो ।सबै गाउँ मै थिए ।मेलोपात ,खेतीपाती ,अोर्म पर्म मै व्यस्त थिए ।भकारो भरि डिया बाच्छा,बाख्रा ,२ ,४ अोटा लैना भैंसी ।तिनिहरूको स्याहार मै दिन गुज्रिएको थियो ।घर व्यवहार तिनै गाई भैसिको घ्यू र धान बेचेर घर व्यवहार चलिरहेकै थियो ।पुजा पाठ, ब्या दान सबै त्यसैबाट गरिन्थ्यो ।सबै छोरा बुहारि ,नातिनातिना ले घरहरू रमाइला र भरिला थिए ।नातिनातिना भित्र बाहिर गर्थे ।कराउथेँ ,चिच्याउथे ,लड्थे कति रमाइलो थियो ।कसैलाई पैसा कमाउने भूत चढेको थिएन ।सबै घरमै थिए ।

कोतरेरखाने खेत ,वारि हुने धनी कहलिन्थे ।छोरी माग्न जादा छोरी पक्षकाले “कति मुरि धान स्याहार्नु हुन्छ?” भनेर सोध्थे ।टन्न गरेर खाने खेत भएको घरमा छोरी दिदा अाँखा चिम्म गरेर दिने चलन थियो ।टन्न गरेर खाने खेत,बारि भए खान नपाएर मर्दैन्न भन्थे ।सानो कुरामा पनि धेरै झगडा हुन्थ्यो ।एक गजौटी घाँस ,एउटा हाँगो दाउराको पनि कति माया लाग्थ्यो ।र ती सबैको महत्त्व थियो ।

एउटा ढुङ्गा यताउती हुदा ,गाईवस्तु खरेनमा पस्दा ,कसैले अाफ्नो घाँस काटिदिदा भनाभन हुथ्यो ।किनकी ती सबै चिजहरू को महत्व थियो ।बेसि खेती गर्ने, गाउँ गएर बस्ने ।दिनभरि खेतमा अाएर काम गर्ने रिमझिम रिमझिम भए पछि गित गाउदै लाम लस्कर लागेर उकालो लाग्थे ।कसैले मकैका भारि ,कसैले धानका भारि कसैले के ,कसैले के बोकेर उकालो मुख गाउँ जान्थे ।कसैले राका ,कसैेले लालटिन ,कसैले टुकी बालेर रातिमा हिड्थे ।न उतिखेर बिजुली थियो ।

त्यही पनि सबैका अनुहारहरू उज्याला देखिन्थे ।सबै खुसि थिए ।सबैले बिहान बेलुका परिवारसँग बसेर हाँसिखुसि पेट लाएको खाएकै थिए ।अाफ्ना अामा, बुबा, श्रीमती ,बच्चाबच्चीहरू सँगै हुन्थे ।

सुन्तलाको सिजनमा खर्वाङ गाउँ नै प्यालपुर देखिन्थ्यो ।राम्चे ,धेरैनी,देउराली ,नेटा,गुहेखर्क अझ माथि माथि पनि बस्थि बाक्लो थियो ।स साना खरले छाएका कटेरा पाइलै पिछ्छे थिए र मान्छेको पनि बसोबास थियो । बिहान भएपछि अामाहरू चिसो स्वच्छ पानी थाप्न पँधेरामा लाम लस्कर भएर जम्मा हुन्थे ।बुहारि तथा छोराहरू मेलोपात , घाँस दाउरा र गाईवस्तु चराउन निस्कन्थे ।केटाकेटीहरू एक ठाँउ जम्मा भएर खेल्न थाल्थे ।घर‌ै पछ्छि एक दुई हल गोरु हुन्थे ।पैसा दिएर खेतको काम गर्न कोही खेताला कजाउनु पर्दैन्थ्यो ।सबैले अर्मपर्म गरेर जिवीका गरिरहेका थिए ।

धेरै रयले,इन्द्रेगौडा,मालिका खोला ,ढाँड बाट धान र मकैका भारि बोकेर खर्वाङ् लगेर जिवीका गरेका थिए ।बिहान भए पछि सबै खेतमा काम गर्न कोही रयले ,कोही इन्द्रेगौडा ,कोही मालिका खोला ,कोही ढाँड तिर झर्थे ।गुनगुनाउदै अोराली झर्थे ।दिन भर खेतमा काम गरेर साँझ परेपछि उकाल‍ो लाग्थे ।एकादले त्यही खेतमा सानो २ ,३ खन्नी घटेरो बनाएर राती त्यही बस्थे ।उतिखेर विदेश जाने भन्ने लहर चलेको थिएन एकाद गएका पनि थिए ।तर १०० मा १,२ जना मात्रै बाहिरिएका थिए ।

कतै बाँझो भिएन ,हराभरा थियो ।खरेन र वनमा कतै घाँस बाकि रहदैनथ्यो ।घरमा टन्न गाईवस्तु हुनाले वारि तथा खेतहरू उर्वर भिए ।अाटो ,ढिडो ,मकैको पिठाको रोटी ,दही ,मही ,दूध ,घिउ प्रस्सत मात्रामा हुनाले मान्छेहरू निरोगी थिए ।कतैबाट पनि विषादी को प्रयोग नहुनाले सबै कुराहरू अार्गानिक नै थियो ।सबै खानेकुराहरू स्वस्थ्य वर्धक नै थिए ।

चहल पहल थियो। खर्वाङको प्रा.वि स्कुलमा १२० ,१३० को हाराहारिमा विद्यार्थीहरू हुन्थे ।पैला ३ सम्म भएको लाई क्रमशः ४ र ५ थपिदै गइयो ।अहिले त्यही विद्यालयमा ३ सम्म ७,८ जना भन्दा धेरै विद्यार्थी छैनन्।विद्यार्थी नहुनाले कक्षा घटाएर ३ सम्म मात्र भएको छ ।सुन्दा पनि कस्तो अच्चम लाग्छ ।कसैले सोचेको पनि थिए यति छोटो समयमा नै यस्तो माहोल हुन्छ भनेर ।गाउँ त्यही हो ,घरहरू तिनै हुन ,चौपारि तिनै हुन ,पोखरिहरू तिनै हुन ,धाराहरू तिनै हुन तर अहिले गाउँ गाउँ जस्तो देखिन्न ।

घरका दैलाले पानी नपाएको कयौ साल भैसक्यो। एक बुढा बा अामाले प्रदेशिका छोराहरूको प्रतीक्षा गरेझै ।ती घरहरूले पनि प्रतीक्षा गरिरहेका छन ।प्रतीक्षा गर्दा गर्दै कयौ घरहरू त ढले पनि ।चौतारिमा भारि बोकेर तलमाथि गर्दा ,भारि बिसाएर पिपलुको हावा खाँदा ,मुहार नै फेरिन्थयो ।

ती फेरिएका मुहारहरू नदेखिएको धेरै भैसक्यो ,गाईवस्तु वनबाट चरेर अाएर पानी खाने पोखरिमा पानी टन्न नभरिएको धेरै साल भइसक्यो ,भारीबोकेर तलमाथि गर्दा धारामा प्यास मेटाउन कलकल बगिरहने माथिले कसैको प्यास नमेटाएको कयौं समय बितिसक्यो ,सयौं गाईवस्तु चर्ने वनमा गाईवस्तु नचरेको कयौ भईसक्यो ।ती सबै कुराहरूले तपाईं हामिहरू लाई सधै पर्खिरहेका छन र पर्खिरहने छन।

जब सम्म उनिहरू यथावत रहन्छन ।एक जन्म दिएकी अामाले प्रदेशिएको छोराको प्रतिक्षा गरे झै हाम्रो जन्मभूमिले हाम्रो प्रतीक्षा गरिरहेको छ।”जननी जन्मभूमीस्व स्वर्गादपी गरिएसी ” – समुन्द्र अर्याल मुसिकोट नगरपालिका ५ बराहक्षेत्र ,हाल बुटवल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय