सिंगटी हाइड्रोको आइपीओमा कतिले दिए आबेदन , तपाईलाई पर्ने सम्भाबना कति ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको आइपीओमा २ अर्ब ४७ करोड २० लाख ४५ हजार रुपैयाँको आवेदन परेको छ । सीडीएसका अनुसार १६ लाख २३ हजार ४५० जना आवेदकले २ करोड ४७ लाख २० हजार ४५० कित्ताको लागि आवेदन दिएका छन् ।

कम्पनीले चैत ६ गतेबाट प्रति कित्ता सय रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा ५८ हजार कम्पनीका कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो । २६ लाख ४० हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आजसम्म आवेदन दिएका छन् । यसको बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।

यो पनि पढ्नुहोस काठमाडौं । अहिले सेयर लगानीकर्ताहरुको लागि धेरै नै चासोको विषय बनेको छ ‘बुक बिल्डिङ’ विधि ।के हो बुक बिल्डिङ विधि, कसरी हुन्छ सेयरको बाँडफाँड, कसरी हुन्छ मूल्य निर्धारण, यसले लगानीकर्ता तथा कम्पनीलाई के फाइदा हुन्छ, लगानीकर्ताको मनमा यस्तै यस्तै प्रश्न घुमीरहेका छन् ।

सामान्यतया धितोपत्र निष्काशनको मूल्य अर्थात आइपीओ निष्काशन गर्नुअघि नै सेयर मूल्य पत्ता लगाउने विधि नै बुक बिल्डिङ हो । आइपीओ निष्काशन गर्न चाहने कम्पनीले निश्चित मापदण्डको आधारमा मूल्य निर्धारण गरिन्छ ।

के हो बुक बिल्डिङ विधि ?
बुक विल्डिङ्ग विधिबाट धितोपत्र जारी गर्दा बजारको मागको आधारमा निर्धारित मूल्यमा सार्वजनिक निष्काशन गरिन्छ । बुक विल्डिङ्ग विधिले बजारद्वारा निर्धारित हुने मूल्यमा धितोपत्रको सार्वजनिक निष्काशन हुने प्रक्रियालाई जनाउँछ । बुक विल्डिङ्ग विधि मार्फत् धितोपत्र जारी गर्ने संगठित संस्था र निष्काशन तथा विक्री प्रबन्धकले संस्थाको आधारभूत पक्ष तथा बजारको अवस्थाको विश्लेषण गरी निष्काशन मूल्य वा मूल्य सीमा तय गर्ने गरिन्छ ।

लगानीकर्ताले तोकिएको मूल्य सीमा भित्र वा न्यूनतम मूल्यभन्दा माथि धितोपत्र खरिदका लागि बोलकबोल गर्ने गरिन्छ ।
सम्पूर्ण धितोपत्र बिक्री हुने मूल्यलाई ‘कट अफ प्राइस’ मानी उक्त मूल्य र सो भन्दा माथि आवेदन गर्नेलाई धितोपत्र बाँडफाँट गरिन्छ ।
कट अफ प्राइस नै धितोपत्र निष्काशनको निर्धारण भएको मूल्य हो ।

बुक बिल्डिङ विधिको महत्व
नेपालमा बुक विल्डिङ्ग विधिको महत्व निकै नै रहेको छ । यसले धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा हुने गर्दछ । निष्काशनकर्ता कम्पनीले आफ्नो धितोपत्रको उचित मूल्य प्राप्त गर्न सक्ने र यसबाट वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित हुने गर्दछ ।

निष्काशनकर्ता कम्पनीमा संस्थागत लगानीकर्ताको स्वामित्व बढ्न गई संस्थागत सुशासन अभिबृद्धिमा सहयोग पुग्ने देखिन्छ । ठूला संस्थागत लगानीकर्ताको धितोपत्र मागका आधारमा सर्वसाधारण लगानीकर्तालाई लगानी सम्बन्धी निर्णय लिन सहज हुने, दोस्रो बजारको शुरुवाती कारोबार मूल्य निर्धारण गर्न सहज हुने, लगानीकर्तालाई लगानी विविधिकरण गर्न सहयोग पुग्ने अपेक्षा रहेको छ ।

बुक बिल्डिङको आवश्यकता
नेपालको धितोपत्र बजारमा वास्तविक क्षेत्रलाई प्रतिनिधित्व गर्ने संगठित संस्था कम रहेका र बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीको बाहुल्यता धेरै रहेको छ ।

धितोपत्र बजारमा विभिन्न क्षेत्रका कम्पनीहरुको सहभागिता रहेमा मात्र धितोपत्र बजारले देशको आर्थिक स्थिति यर्थाथ रुपमा प्रतिबिम्बीत गर्न सक्छ भन्ने मान्यतालाई लागू गर्न खोजिएको हो ।

वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमार्फत् पूँजी परिचालन गराउन सरकार र नेपाल धितोपत्र बोर्डले विशेष पहल गर्दै आइरहेको छ । संगठित संस्थालाई धितोपत्र बजारमा प्रवेश गराउन नियमन निकायले आवश्यक पूर्वाधारहरु तयार गर्ने क्रममा बोर्डले धितोपत्रको प्राथमिक निष्काशनमा अन्तर्राष्ट्रिय रुपमा प्रचलित बुक विल्डिङ्ग विधि कार्यान्वयनमा ल्याएको छ ।

बुक विल्डिङ्ग विधिको प्रयोगबाट धितोपत्र निष्काशन गर्दा संगठित संस्थाले कम्पनीको वास्तविक मूल्य गणना गरी धितोपत्रको मूल्य सीमा तोक्ने र सोही सीमाभित्र रही बजारले माग देखाउने भएकोले यस विधि अनुसार निर्धारण भएको मूल्यले कम्पनीको वास्तविक अवस्थाका साथै बजारको मागलाई समेत सम्बोधन गर्दछ । यसबाट वित्तीय अवस्था सबल भएका संगठित संस्थालाई अङ्कित मूल्यमा नै धितोपत्र जारी गर्नुपर्ने अवस्थाको अन्त्य भई ती संस्थाहरु धितोपत्र बजारमा आकर्षित हुने देखिन्छ ।

मूल्य निर्धारण विधिको प्राथमिकता
सरकारको १५ औं पन्चबर्षिय योजनामा ‘धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई भित्र्याउन आवश्यक प्रोत्साहनमूलक व्यवस्था गरिने’ भन्ने उल्लेख भएको छ ।

बास्तविक क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमा प्रवेशका लागि प्रोत्साहित गर्न सरकारको वित्तीय क्षेत्र विकास रणनीति (२०७३–७४ – २०७७–७८) मा स्वतन्त्र मूल्य निर्धारण प्रणाली लागू गर्ने कार्यक्रम रहेको छ ।

धितोपत्र बोर्डको चालु आव २०७७÷७८ को वार्षिक कार्यक्रममा बास्तविक क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमा प्रवेश गर्न प्रोत्साहित गर्न बुक बिल्डिङ्ग निर्देशिका बनाई लागू गर्ने कार्यक्रम रहेको छ ।

बुक बिल्डिङ विधिमा जान योग्य संगठित संस्था
बुक विल्डिङ्ग विधिबाट सार्वजनिक निष्काशन गर्न चाहने संगठित संस्थाको योग्यतामा विगत तीन आर्थिक बर्ष देखि लगातार खुद मुनाफामा रहेको, नेटवर्थ चुक्ता पुँजी (प्रति शेयर) भन्दा कम्तिमा डेढ गुणा बढी रहेको हुनुपर्ने छ ।

कम्तिमा औसत वा सो भन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको, साधारण सभाले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्र जारी गर्ने निर्णय गरेको हुनुपर्ने छ ।

योग्य संस्थागत लगानीकर्ता
योग्य संस्थागत लगानीकर्तामा सूचिकृत संगठित संस्था, सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोषका योजना,
मर्चेन्ट बैंकर, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, मान्यता प्राप्त अवकाश कोष, धितोपत्र व्यापारी, न्यूनतम १० करोड रुपैयाँ नेटवर्थ भएको धितोपत्रमा लगानी गर्ने उद्देश्य रहेको लगानी कम्पनी हुनुपर्दछ ।

योग्य संस्थागत लगानीकर्ताको कार्य गर्न चाहनेले बोर्डबाट स्वीकृती लिनुपर्ने छ । बुक विल्डिङ्ग विधिबाट धितोपत्र निष्काशन गर्दा ४० प्रतिशत योग्य संस्थागत लगानीकर्ता र ६० प्रतिशत सर्वसाधारण लगानीकर्ता छुट्याउनुपर्ने व्यवस्था रहेको छ ।

छलफल कार्यक्रम
संगठित संस्थाले निष्काशन तथा बिक्री प्रबन्धकको परामर्शमा विभिन्न विषय खुलाएर प्रारम्भिक विवरणपत्र तयार गर्नुपर्दछ । जसमा धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची ५ बमोजिमको विवरण, निष्काशन गरिने धितोपत्रको संख्या, धितोपत्रको अनुमानित मूल्य, धितोपत्र मूल्यांकनको आधार र औचित्य, प्रारम्भिक विवरणपत्र सम्बन्धमा योग्य संस्थागत लगानीकर्ताहरुका लागि छलफल कार्यक्रम संचालन गर्नुपर्ने छ ।

छलफल संचालन गरिने समय र स्थान तोकी कम्तिमा सात दिन अगाडि लिखित रुपमा वा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरी जानकारी गराउनुपर्ने र प्रारम्भिक विवरणपत्र वेवसाइटमा राख्नु पर्नेछ । संगठित संस्थाले छलफल कार्यक्रममा उक्त संस्थाको पछिल्लो तीन वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण उपलब्ध गराउनुपर्ने आशय मूल्य तथा मूल्य सीमा निर्धारण छलफल कार्यक्रम संचालन भएकोे पाँच कार्य दिन भित्र योग्य संस्थागत लगानीकर्ताले खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या तथा मूल्याङ्कनको आधारसहित आशय मूल्य पेश गर्न सक्नेछ ।

कम्तिमा १० योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नुपर्ने र सो को अध्ययन गरी धितोपत्रको आधार मूल्य निर्धारण गर्नुपर्ने छ । आधार मूल्यमा २० प्रतिशत थप गर्दा र घटाउँदा कायम हुन आउने मूल्यहरुलाई माथिल्लो सीमा र तल्लो सीमा कायम गरी धितोपत्रको मूल्य सीमा निर्धारण गर्नुपर्ने छ ।

आशय मूल्य पेश गर्ने योग्य संस्थागत लगानीकर्ताले पेश गरेको आशय मूल्य निर्धारित मूल्य सीमा भित्र परेमा वा सोभन्दा बढी भएमा बोलकबोल प्रक्रियामा अनिवार्य रुपमा सहभागिता जनाउनुपर्ने छ ।

धितोपत्र निष्काशनका लागि आवेदन
धितोपत्रको बिक्री मूल्य सीमा समेत उल्लेख गरी विवरणपत्र स्वीकृतिका लागि बोर्डसमक्ष पेश गर्नुपर्ने छ । पेश भएको विवरणपत्र तथा अन्य कागजातको अध्ययन गरी उपयुक्त देखिएमा बोर्डले स्वीकृति प्रदान गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय