एनसेलको आइपिओ निस्कासन कहिले?

एनसेलले पनि सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने भएका छ । मोबाइल सेवाप्रदायक कम्पनी एनसेल गत साउन तेस्रो साता एनसेल पब्लिक कम्पनीमा गएको जनाएको थियो ।

कम्पनी ऐन २०६३ को दफा १२ ले रु.५ करोडभन्दा बढी चुक्ता पूँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी पब्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता हुनपर्ने व्यवस्था गरेबमोजिम एनसेल पब्लिक लिमिटेड बनेको हो। एनसेलको चुक्ता पूँजी रु. १० करोड छ।त्यस्तै विगत केहि बर्षदेखि आईपीओ निष्काशन गर्ने चर्चा चलेपनि एनसेलको पुँजीगत लाभकर विवादका कारण कुनैपनि कार्य अघि बढाउन सकेको थिएन् । एनसेलले लाभकर विवाद टुङ्ग्याएपछि पब्लिक कम्पनीमा गएको थियो ।

एनसेलले गएको आर्थिक वर्ष २०७६/७७ मा रु. ३३ अर्ब ९५ करोड आयकर तिरेको छ। यसमा एनसेलको स्वामित्व खरीद-बिक्री हुँदाको करीब रु. २२ अर्ब आयकर पनि जोडिएको छ। यो रकम घटाउँदा पनि एनसेलले गएको वर्षको नाफाबाट झण्डै रु. १२ अर्ब आयकर सरकारलाई बुझाएको छ।

त्यसैगरी १० करोड चुक्तापूँजी रहेको एनसेलले शेयर जारी गर्ने प्रक्रियामा अगाडी बढिसकेको बताएको छ । एनसेलले शेयर निष्काशनको बिषयमा धितोपत्र बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय गरिरहे एनसेलका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार ‘के-कति शेयर निष्काशन गर्ने भन्ने बिषय छलफलकै क्रममा रहेकाले खुलाउन मिल्दैन’ ।

यो पनि पढ्नुहोस सेयर बजारमा ५ अर्ब ५५ करोड ४२ लाख ६८ हजार ५ सय रुपैयाँको ५ करोड ५५ लाख ४२ हजार ६८५ कित्ता आईपीओ धितोपत्र बोर्डको पाइप लाइनमा रहेको छ ।

धितोपत्र बोर्डको पाइप लाइनमा रहेको कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनी नै रहेका छन् । बोर्डका अनुसार ११ वटा त जलविद्युत कम्पनी नै रहेका छन् । यस्तै दुई वटा माइक्रोफाइनान्स र दुई वटा अन्य कम्पनी रहेका छन् ।

सेयर बजारमा आएको बढोत्तरीसँगै कम्पनीहरुको आईपीओमा लगानीकर्ताको ध्यान निकै बढेको छ । पछिल्लो समयमा जलविद्युत समूहको उपसूचकमा सुधार आएपछि आइपीओमा लगानीकर्ताको चाप धेरै बढेको छ ।

कुनै समयमा जलविद्युत कम्पनीको सेयरमा माग अनुसार आवेदन नपरेर अन्डर राइटरले सकार्नुपर्ने बाध्यता भएपनि अहिले आइपीओ बिक्न धेरै समस्या छैन ।

पाइप लाइनमा रहेका कम्पनीहरुमा सिईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी २०७४ साल असार २७ गते देखि बोर्डको पाइप लाइनमा रहेको छ । यस्तै मैलुङखोला जलविद्युत कम्पनी २०७४ असोज २० गतेदेखि बोर्डको पाइपलाइनमा रहेको छ । यी दुई वटा मात्रै पुराना कम्पनी रहेका छन् । अन्य कम्पनी पनि बोर्डको पाइपलाइनमा २०७६ र २०७७ सालदेखि बोर्डको पाइपलाइनमा रहेका छन् ।

पाइपलाइनमा सबै भन्दाबढी मध्येभोटेकोशी जलविद्युत कम्पनीको १ अर्ब ५० करोड रुपैयाँको १ करोड ५० लाख कित्ता र यस्तै सबैभन्दा कम मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था ३ करोड ८९ लाख रुपैयाँको ३ लाख ८९ हजार कित्ता साधारण सेयर ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय