आमा भएपछी महिलाहरुको कस्तो दिनचर्या जरुरी ?

गर्भावस्था भनेको मातृत्वको एउटा नयाँ यात्रा हो । पहिलो पटक सुत्केरी भएकी आमाहरुको लागि यसको रेखदेख गर्नु नौलो कुरा हुन्छ ।

त्यसैले यसमा धेरै कमजोरी पनि भइरहेको हुन सक्छ ।यही बेला शिशुको पहिलो पटक रोएको आवाजले धेरै जना मन्त्रमुग्ध हुन्छन् भने बच्चासँग छालाबाट हुने स्पर्शले धेरैलाई न्यानो भावनात्मकता पनि थपेको हुन्छ ।

यही सम्बन्धले बच्चाको जन्मको पहिलो घण्टामा नै बच्चासँगको तपाईंको आफू भित्रको कैयौं भावनाहरु एकैपटक तरंगित भएर आउँछ ।

प्रसव अर्थात् बच्चा जन्मिएपछि बच्चा मात्रै होइन, आमाको समेत उति नै ख्याल गर्नुपर्ने हुन्छ ।

बच्चा जन्मिएपछि आमा र बच्चामा यावत किसिमका शारीरिक एवं भावनात्मक समस्या एवं कैयौं बदलावहरु आउने गर्छन् ।

प्रसवपछि नयाँ आमाको विशेष रेखदेखि बच्चा जन्मिएको ६ देखि ८ हप्तासम्म गर्नुपर्ने हुन्छ ।

प्रसवपछि केही समय गर्नुपर्छ आराम

प्र्रसवपछि बच्चालाई १८-१९ घण्टासम्म आराम गराउनुपर्छ । यस्तो बेलामा ८÷१० पटक बच्चा दूध खानको लागि ब्युँझने पनि गर्छ । हरेक एक-दुई घण्टामा बच्चालाई डाइपर चेन्ज गर्नुपर्ने र सरसफाइ समेत गर्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा आमालाई आरामको लागि पर्याप्त समय हुँदैन । यस्तो अवस्थामा बच्चा सुतेको बेलामा नै आफूले पनि आराम गर्नुपर्छ ।

नयाँ आमाको स्वास्थ्यको हेरचाह

नयाँ आमा बनेकी महिलाले सुत्केरी भएको बेलामा आफ्नो तौल घटाउने बारे चिन्ता लिनु अनुपयुक्त हुन्छ । यो बेलामा आफू कसरी स्वस्थ बन्ने भन्ने कुरा महत्वपूर्ण कुरा हो ।

सामान्यतया आमाको वजन सुत्केरी भएको बेलामा तुलनात्मक रुपमा घट्ने गर्छ । यदि अझै तौल घटाउनु छ भने सुत्केरी भएको ८ हप्तापछि अभ्यासको लागि पनि जान सक्छन् ।

प्रसवको समयमा किन गर्ने आराम ?

रिसर्चले यो कुरा सावित गरिसकेको छ कि हाम्रो शारीरिक वा मानसिक तन्दुरुस्तीको लागि पनि निद्रा अनिवार्य कुरा हो । प्रसवपछि तपाईंको निद्रा पूरा हुनु यी दुई कारणले पनि जरुरी छ ।

पहिलो – प्रसवको समयमा तपाईंले धेरै पीडा झेलिसकेको हुनुहुन्छ । गर्भ रहेपछिको पहिलो महिनावारी पनि हुने गर्छ । यसमा पीडा र हार्माेनल असन्तुलन पनि हुने गर्छ । यी सबको कारणले नयाँ आमाको सधैंभरि थकानको महसुस हुने गर्छ ।

दोस्रो – नयाँ आमालाई नयाँ जिम्मेवारीहरु समेत उठाउनु पर्ने हुन्छ । शिशुलाई स्तनपान गराउनु, शिशुको गर्भनालमा हुने गाँठोको ध्यान दिनु, शिशुको सरसफाइ गराउनु, बच्चालाई सुताउनु आदिका कारण पनि धेरै थकाइको महसुस हुन्छ ।

तल केही टिप्स दिइएको छ । जसको मद्दतले तपाईं आराम गर्न सक्नुहुन्छ र प्रसवपछिको समयमा आराम गरेर रिकभर हुन सक्नुहुनेछ ।

–तपाईंको नवजात शिशुलाई दूध पिलाउने वा आफ्नो ध्यान राख्नुको अलावा तपाईंको बाँकी केही काम आफ्नो जीवनसाथी वा भरोसायोग्य नर्स वा सहयोगीहरूलाई समेत गर्न सकिन्छ ।

–जब शिशु सुत्छ भने तपाईं पनि सुत्नुहोस् । भलै शिशुको समयसमयमा उठ्ने बानीले तपाईंको निद्रा पूरा त हुन नसक्ला । तर यसले तपाईंलाई आरा मगर्न राम्रो मद्दत गर्ने गर्छ ।

–तपाईं आफ्नो बच्चालाई आफ्नो समिपबाट टाढा नलैजानुहोस् ।

– तपाईं र आफ्नो बच्चालाई भेट्नको लागि परिवारका सदस्यहरु समयसमयमा भेट्न आइरहन सक्छन् । तर जे भएपनि आफ्नो रुटिनमा बदलाव नल्याउनुहोस् ।

– दैनिक कमसेकम एकपटक घर बाहिर निस्कनुहोस् ।

नयाँ आमालाई पोषण वा प्रसवपछिको डाइट

हामीले सबैभन्दा पहिले आफ्नो प्रेग्नेन्सीपछि के खाने र के नखाने विषयमा यकिन गर्नुपर्छ । प्रेग्नेन्सीको नौ महिनाको दौरानमा तपाईंको जति वजन बढेको छ त्यो तपाईंको प्रसवपछिको समयमा काम लाग्न सक्छ ।

तर यस समयमा हामीले सन्तुलित भोजन लिनुपर्छ । जसमा अन्न, कार्बाेहाइड्रेड, फल एवं तरकारीहरू हुने गर्छन् । यसबाहेक पनि डेरीजन्य उत्पादन र प्रोटिन पनि यसमा सामेल हुने गर्छ ।

तपाईंको डाइटमा फाइबरसँग भरपूर चिहरू समेत सामेल हुने गर्छ । ताकि प्रसवको समयपछि कब्जियतजस्तो समस्या नहोस् । यसका अलावा अन्य विभिन्न दलहन खानेकुरा पनि खानुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय