समुन्द्र अर्याल, मुसिकोट नगरपालिका ५, आटियार गुल्मी/नबखबर
सरकारले प्रत्येक आर्थिक वर्षमा छुट्याउने बजेटमा शिक्षामा अरूमा भन्दा धेरै बजेट छुट्याउने गर्छ ।बजेट छुट्याइन्छ ,शिक्षकहरू भत्ता तलबहरू पनि राम्रै लिएका छन।
तर जति खर्च गरिएको छ ,त्यस अनुसार शिक्षा गुणस्तरीय हुन सकेको छैन ।

सरकारि विद्यालयमा पढाउने शिक्षक ,अभिभावक ,व्यवस्थापन समिति र प्रधानाध्यापक सबै एकमत भएर लाग्ने हो भने सुधार नहुने हैन।
सबैले आ आफ्ना उत्तरदायित्वहरू सम्झेर पूरा गरे सायद सरकारि विद्यालयले जनमानसको विश्वास जित्न पनि बेर लाग्ने थिएन ।
अभिभावकको विद्यालय समहाल्ने प्रधानाध्यापकले हो ,हाम्रो केही काम हुदैनू भन्ने भावनाले गर्दा पनि सरकारि विद्यालयहरू ओझेलमा परेका छन ।
अर्को कुरा शिक्षकहरूले आफ्नो कर्तव्य र जिम्मेवारी नसम्झनुले पनि सरकारि स्कुलबाट जनमानसको विश्वास टुटेको हो कि? अभिभावकले आफ्नो छोरा
छोरी स्कुल जान्छन ,पढाइ कस्तो छ ,सुधार्नु पर्ने कुराहरू के छन ,उपलब्धि के छ भन्ने जस्ता कुरा जान्न बुझ्न विद्यालयमा गैराख्ने गर्नुपर्छ ।
मुख्यतः आफ्नो समुदायमा भएको विद्यालय होस् , स्वास्थ चौकी होस् या अन्य सरकारि कार्यालय या सरकारि संघ संस्थाहरू हुन तिनिहरूको रेखदेख गर्ने जिम्मा त्यहीँ क्षेत्रका जनसमुदायको हुन्छ ।
हामि आम नागरिकको सोच के हुन्छ भने सरकारि संघ संस्था हुन, रेखदेख पनि सरकारले नै गर्छ । हाम्ले किन रेखदेख गर्नुपर्यो र ? भन्ने जस्ता सोचहरू हामिमाझ छन । त्यो सोच एकदमै गलत छ ।
सरकारले लगानी गरेर बनाएका सरकारि सम्पत्तिमा हामी एक एक नेपाली जनताको पसिना परेको छ ।
हामीले तिरेको कर र नेपाली दाजुभाइ दिदिबहिनी विदेशमा गएर पसिना बगाएर पठाएको रेमिट्यान्सबाट देश चलिराछ ।
सरकारले गर्ने हरेक क्षेत्रको लगानीमा हामी सबैको पसिना परेको छ। त्यसरि हेर्दा त हामीहरूलाई सरकारी सम्पत्तिमा धेरै माया हुनुपर्ने हो ।
हामीले दिनमा एक गाँस खाएर भएपनि तिरेको करबाट त बनेका हुन यी सबै सरकारि सम्पदाहरू, तर ठ्याक्कै उल्टो भैराछ ।हामी सरकारि स्कुलमा भन्दा निजि स्कुललाई ज्यादा माया र भरोसा गर्छौ ।हिजो त्यो स्कुलको जग बसाल्दा हजुरबुबा र बुबाहरूले गरेको मेहनतलाई भुलिदिन्छौ ।
हुन त हाम्रो समाजमा अलिकती पैसा कमाउन थालेपछि सहर, बजार र बोडिङ स्कुल तिर ध्यान बढी जान्छ ।
बरू बोडिङमा गएर छोराछोरी गट्टा खेलेरै किन नआओस् तर बोडिङ स्कुल नै पठाउनुपर्छ भन्ने हाम्रा अभिभावकमा छाप बसिसकेको छ ।
त्यही सरकारि स्कुलमा पढाउने शिक्षक ,त्यही स्कुलको समिति र त्यही को कर्मचारि ले आफ्नो छोराछोरीलाई बोडिङ स्कुलमा राख्छ तर आफुले पढाउने स्कुलको कमिकमजोरी पत्ता लगाई शिक्षालाई गुणस्तरीय बनाउने तिर ध्यान लैजादैनन् ।
जस्ले आफ्नो छराछोरि बोर्डिङ स्कुल र अर्को क्षेत्रको विद्यालयमा पठाउछ । त्यसैले त्यही विद्यालयको गुणस्तरको बारेमा कुरा गर्दै हिड्छ । कस्तो लाजमर्दो कुरा? एउटाले गरेर केही हुदैन सबैले मिलेर कदम चाल्नुपर्छ ।
सरकारि स्कुल प्रति भएको अभिभावकहरूको गलत बुझाइलाई मेटाउनु पर्छ। आफ्नो विद्यालयको लागि चाहिने पूर्वधार निर्माण ,विद्यार्थीको रूचि र आवश्यकतालाई ध्यानमा राखि त्यसअनुरूप काम गरे सबैको ध्यान सरकारी स्कुल तिरै हुन्छ।
केही सरकारि विद्यालयको यो समस्या नहुन सक्छ तर ९५ प्रतिशत सरकारि विद्यालयमा यो समस्या छ ।
जय देश