जाडो याममा सताउने रोगहर:कसरि बच्ने

जाडो याममा अनेकन स्वास्थ्य समस्याले सताउने गर्छ । जस्तो कि, रुघाखोकी, जोर्नीको दुखाई, दम ।

यतिबेला हृदयरोगको जोखिम समेत बढ्छ । त्यसैगरी जाडो यामले कतिपयलाई डिप्रेसनको अवस्थामा पु¥याउन सक्छ ।

त्यसैले जाडो याममा हुने शारीरिक समस्याबारे थाहा हुन र त्यस सम्बन्धि आवश्यक सर्तकता अपनाउन जरुरी छ ।

हृदयघात हामी मध्ये धेरैलाई यो कुरा थाहा नहुन सक्छ कि जाडो मौसम हृदयघात हुने प्रमुख मौसम हो । जब तापक्रम घट्दै जान्छ रगत बग्ने धमनीहरुल संकुचित हुँदै जान्छन् । यसले मुटुलाई रगत पम्प गर्न गाह्रो हुन्छ ।

विशेषज्ञका अनुसार ३० वर्षभन्दा धेरै उमेरका मानिसहरुले चिसो मौसममा आफूलाई आवश्यकता भन्दा धेरै थकाउनु हुँदैन । चिसो बिहानमा घुम्नुको सट्टा थोरै घाम लागेको स्थानमा जानुहोस् ।

दमको आक्रमण

यदि तपाईं दमको रोगी हुनुहुन्छ भने तपाईंलाई जाडो समयमा दम धेरै बढ्छ भन्ने थाहा हुन सक्छ । यस्तोमा चिसो र सुख्खा हावाले वायुमार्गलाई कस्न थाल्छ र श्वासप्रश्वासलाई अझै खराब बनाउँछ ।

त्यसैले जाडोमा आफ्नो जीवनशैलीमा केही परिवर्तन गर्नु निश्चित रुपले सहायक हुन सक्छ । आफ्नो घरलाई धुम्रपान मुक्त राख्नुहोस् किनभने यसले दमको रोगीलाई धेरै गाह्रो बनाउँछ । साथै सातामा कम्तीमा पनि एकपटक आफ्नो ओछ्यान धुनुहोस् ।

छाला चिलाउने

चिसो समयमा मानिसहरुले सामना गर्ने सबैभन्दा आम समस्याहरुमा एक छाला चिलाउने पनि हो । चिसोमा कम आद्रताको कारण छाला चिलाउन थाल्छ ।

छाला चिलाउनबाट रोक्नको लागि तपाईंले छालामा बदाम, नरिवल वा जैतुनको तेलले मालिस गर्न सक्नुहुन्छ । त्यस्तै चिल्लो स्ट्रिट फूड खानबाट बँच्नुहोस् । छाला चिलाउने समस्याबाट मुक्त हुने सख्खरको चिया पनि पिउन सक्नुहुन्छ ।

जोर्नी दुख्ने

शीतकालिन मौसममा जोर्नीको दुखाईबाट धेरै मानिसहरु पिडित हुन्छन् । जोर्नीको दुखाईबाट राहत पाउनको लागि सबैभन्दा पहिले आफू र खुट्टालाई पनि न्यानो राख्नुपर्छ ।

त्यसैले एक जोर न्यानो कपडा लगाउनाको सट्टा दुई तीन जोर पातलो कपडा तीन जोर लगाउनुहोस् ।

चिसोको समयमा जोर्नीको दुखाई र मांसपेसीको दुखाईबाट बँच्नको लागि व्यायाम गर्नुपर्छ । जोर्नीको दुखाईबाट छुटकारा पाउने अर्को उपाय एकछिन भनेपनि घाम ताप्ने हो ।

साइनसाइटिस

टाउको दुख्ने, नाक बग्ने, रुघाखोकी आदि चिसोमा हुने आम समस्या हुन् । साइनससाइटिसको समस्या त्यतिखेर हुन्छ जब घर बन्द हुन्छ र कुनै उचित भेन्टिलेसन हुँदैन ।

यो मौसममा साइनसाइटिसबाट टाढा रहनको लागि तपार्इंले पर्याप्त मात्रामा आराम गर्नुपर्छ । त्यस्तै स्वस्थ भोजन गर्नुहोस्, चिसोबाट बँच्नुहोस् र धेरै तरलपदार्थ खानुहोस् । यसैगरी धुलोबाट पनि टाढै रहनुहोस् ।

यो पनि पढ्नुहोस्  यो प्रकृतिको सुन्दर रचना हो । र, यो माटोबाट प्रस्फुटित एक उन्नत रुप हो । जसरी कुनै सुन्दर बुट्यान, मगमगाउने फूल, रसिलो फल माटोबाट उब्जिएका हुन् । त्यसैगरी शरीर पनि माटोकै रचना हुन् ।

माटोमा उब्जिएको शरीर माटोमा नै बिलय भएर जान्छ । यो कुरालाई हामीले बोध ग¥यौं भने यो पवित्र शरीरभित्र अहंकार, दम्भ, लोभ, रिस जस्ता विकारहरु पालेर राख्ने छैनौं ।

तर, शरीरको रचनाबारे बेखबर भएकाले हामी यी विकारहरु भण्डारण गरेर शरीरलाई अपवित्र तुल्याउँछौं । दुषित तुल्याउँछौं ।

जसरी वायुमण्डल दुषित भएपछि त्यसले अनेक समस्या निम्त्याउँछ, त्यसैगरी शरीरभित्रका दुषित भावनाले पनि शरीरलाई रोगी एवं जीर्ण बनाउँछ । आधुनिक जीवनशैलीमा जे–जति रोग फैलिएका छन्, त्यसमा धेरैजसो त हाम्रो शरीरभित्रै उब्जिएका छन् ।

शरीरभित्र अथाह शक्ति छ । अद्भूत सौन्दर्य छ । तर, हामी शरीरभित्र कहिल्यै प्रवेश गर्दैनौं । बाहिरी सुखभोगको चक्करमा आफ्नो शरीरलाई बेवास्ता गर्छौं । चाहिने–नचाहिने खान्छौं ।

अप्राकृतिक जीवनशैलीमा रमाउँछौं । यसरी आफ्नै शरीरलाई हेला गर्छौं । अपमान गर्छौं । यसको नतिजा के हुन्छ ?शरीरमा अनेक रोग, कष्ट, पीडा थपिन्छ ।

गौतम बुद्धलेभ नेका छन्, ‘रोगी शरीर लिएर बाँच्नु भनेको जीवन होइन, केवल पीडाको एक स्थिती हो ।’

योग–विज्ञानले रोगी शरीर लिएर बाच्नुलाई ‘किस्तावन्दीमा आत्महत्या गर्नु’ भनेका छन् । यसर्थ रोगी भएर वा पीडादायक अवस्थामा जीवन गुजार्नु आफैमा एक सजाय हो । यातना हो ।

यातनाका लागि हिरासतमै पुग्नुपर्छ भन्ने छैन । आफ्नै घरको आरमदायक सयनमा पनि हामी यातनापूर्ण जीवन विताइरहेका हुन्छौं ।

अतः यस्तो पीडा, यातनाबाट उन्मुक्त भएर उल्लासमय, उर्जामय, सुखमय जीवन विताउनका लागि हामीले प्रकृतिसँग एकाकार हुनुपर्छ । माटोसँग एकाकार हुनुपर्छ । हामी जति धेरै प्रकृतिबाट विमुख हुन्छौं, उत्तिनै पीडा झेल्नुपर्ने हुन्छ ।

माटोमा खेल्नुहोस्, बनजंगलमा विचरण गर्नुहोस्, प्रकृतिले दिएको फल, अन्न सेवन गर्नुहोस् । प्रकृृतिले हाम्रो शरीरलाई सन्तुलित र स्वस्थ्य राख्न उपयुक्त समयमा विभिन्न फल, अन्न आदि उब्जाउँछ । तर, हामी प्रकृति विरुद्ध जान्छौं ।

प्रकृतिले पुस–माघमा उब्जाउने फललाई हामी चैत्र–वैशाखमा फलाउने यत्न गर्छौं । प्रकृतिले काँचो खान दिएको खानेकुरालाई तारेर, पकाएर, भुटेर खाने चेष्टा गर्छौं ।

बनजंगल फाडनी गर्छौं र घरमा प्लाष्टिकको कृतिम फूल सजाउँर्छौं । यसरी प्रकृतिबाट विमुख भइरहँदा हामी रोगको दलदलमा फस्दै जान्छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय