हातले खानु खानुको फाइदा ?

मानिसमा धुनिकरण बढ्दै गएको छ ।

कति मानिस चम्चा तथा काँटाले खानेकुरा खाने गर्दछन् ।अध्ययनले बताए अनुसार विश्वभरको तत्थ्याङ्क हेर्ने हो भने धेरै जसो मानिसले चम्चा तथा काँटाले खानुभन्दा हातले खानुमै सहज मान्छन् ।

यद्यपि हातले खाना खाने विषयलाई लिएर विभिन्न खाले धारणाहरु नभएका होइनन् ।

कतिपय योग विज्ञ तथा वैज्ञानिकहरुले समेत हातले खाना खाने क्रममा हाम्रो हातका अन्य औँला तथा बुढीऔँलाबीच मिलन भएर एउटा मुद्रा बन्ने र त्यो मुद्राले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत पूराउने बताउँछन् ।

भोजन विज्ञका अनुसार खाना पकाउने प्रक्रिया पनि भावनात्मक विज्ञानमा आधारित रहेको छ । भोजन तयार गर्ने, पकाउने तथा पस्किने प्रक्रियामा पकाउने वा पस्किने मानिसको प्रेम पनि समाहित भएको हुन्छ, जसले आफ्नो प्रभाव छोड्दछ ।

विभिन्न अध्ययन अनुसार हातले खाना खाँदा जुन तृप्ती मिल्दछ त्यो चम्चा वा काँटाले खाँदा मिल्दैन ।आयुर्वेदका अनुसार सिधै हातले भोजनको स्वाद लिँदा त्यो बढि पौष्टिक तथा स्वास्थ्यबर्धक हुन्छ । पूर्वीय भोजनहरु खिचडी, दाल(भात, हलुवा, रोटी जस्ता परिकारहरु खानुको असली आनन्द हातबाटै प्राप्त हुन्छ ।

हातले खाना खाँदा खानेकुरालाई मुछ्ने र हातसम्म पूराउने प्रक्रियामा ध्यान केन्द्रित गर्नुपर्छ । यसलाई माइण्डफुट सेटिङ पनि भनिन्छ । त्यसैले हातले खानु भनेको चम्चा वा काँटाले खानुभन्दा बढि लाभप्रद छ ।

माइण्डफुट इटिङका अन्य केही फाइदा पनि हुन्छन् । ती मध्ये सबैभन्दा महत्वपूर्ण भनेको यस्तो प्रकारको खुवाइले खानामा भएका पोषकतत्वहरु सरीरले सजिलैसँग लिन सक्छ । साथै पाचन प्रक्रियामा सन्तुलन आउने र पेटको गडबडी पनि कम हुन्छ ।

प्राकृतिक विज्ञानका अनुसार हातले खाना खाँदा हामीले थालमा रहेका खानेकुरालाई सही तरिकाबाट मिसाउन पाउँछौँ । यदि चम्चाले खाने हो भने त्यो काम पेटले गर्नुपर्छ । पेटले गर्नुपर्ने प्रारम्भिक काम हातले नै गरेपछि पाचन क्रियामा पेटमाथिको दबाब कम हुन्छ र पाचन प्रक्रिया सन्तुलित हुन्छ । कब्जियत, अपच तथा डकार आउने जस्ता समस्या कम हुन्छन् ।

हातले खाना खाने क्रममा पलेटी कसेर गुन्द्रीमा बसियो भने अझै लाभदायक हुने योगविज्ञानको दाबी छ । भोजन ग्रहणका बेला पलेटी कसेर बस्दा सुखासनको मुद्रा बन्दछ । यसबाट स्वाद ग्रन्थीहरु सक्रिय हुने र भोजन सही ढंगले पेट सम्म पुग्ने र राम्रोसँग उपापचयन हुन्छ ।

जब चम्चाले खाइन्छ तब हामीलाई थाहा हुँदैन की तरकारी वा खाना काँचो छ वा राम्रोसँग पाकेको छ । चिसो छ वा तातो छ रु तर हातले खाना खाँदा हामीले यो कुरा थाहा पाउन सक्छौँ । यसले खानाको प्रकार वा अवस्था अनुसारको पाचन रस उत्सर्जन गर्नका लागि हाम्रो मस्तिष्कले सम्बन्धित ग्रन्थीहरुलाई निर्देशित गर्न पाउँछ ।

पाचन रस सही ढंगले उत्सर्जन भयो भने खानेकुरा राम्रोसँग पच्दछ र पोषक तत्वपनि सरीरले राम्रोसँग ग्रहण गर्दछ ।

यो पनि पढ्नुहोस्
काठमाडौं। तपाईंले सुन्नु भएकै होला, खाना खानेबित्तिकै पानी पिउनु हुँदैन भनेर। तर, यसो गर्नु सबैका लागि सहज नहुन सक्छ।

धेरै मानिसहरू खाना खाइरहेका बेला थोरै–थोरै पानी पिउँछन् भने कतिपय खाना खाने बित्तिकै पानी घटघटी पिउँछन्।

पानी पिएपछि आराम महसुस हुन्छ नै। तर, यसले तपाईंको पाचन प्रणालीमा भने असर गर्न सक्छ।

यसले ग्याष्ट्रिक, एसिडिटीजस्ता रोगहरू निम्त्याउन सक्छ। त्यसैले भोजन गरिसकेपछि कम्तीमा पनि आधा घण्टा वा एक घण्टापछि मात्रै पानी पिउनुपर्छ।

खाना खाइसकेपछि तुरुन्तै किन पिउनु हुँदैन पानी ?

खाना खानेबित्तिकै पानी पिउनाले पाचन प्रक्रियालाई कमजोर बनाउँछ। पानी शीतल प्रवृत्तिको हुन्छ, त्यसैले खाना खाइसकेपछि तुरुन्तै पानी पिउँदा इन्सुलिनको मात्रा बढ्न सक्छ। पानीले भोजनलाई ग्लुकोजमा परिवर्तन गरिदिन्छ, जुन मोटोपनको कारण बन्न सक्छ।

शरीरलाई भोजनबाट पोषण तत्व प्राप्त हुन आधा घण्टादेखि एक घण्टा आवश्यक पर्छ। खाना खाएपछि तुरुन्तै पानी पिउँदा आमाशयको ऊर्जा सकिन्छ, जसकारण पाचन प्रक्रिया सही ढंगले हुन पाउँदैन।

त्यसैले ग्याष्ट्रिक, एसिडिटी जस्ता विभिन्न रोगहरू लाग्छ सक्छ।

चिकित्सकका अनुसार खाना खाएपछि पोषक तत्व प्राप्तिका लागि केही समय दिनुपर्छ। यदि तुरुन्तै पानी पिउने हो भने शरीरले भरपूर पोषक तत्व नपाउन सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय