आज फेरी घट्यो सुनको दर प्रतितोला कतिमा झर्यो त ?

नेपाली बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ ।

साताको शुरुको दिन आइतवार प्रतितोला ९३ हजार रहेको छापावाला सुनको मूल्य आज तोलामा ८ सयले गिरावट आएको छ ।आज प्रतितोला सुन ९२ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रवार सुनको मूल्य ९५ हजार ३ सय रहेको थियो । आइतवार सुनको मूल्य एकैपटक २३ सयले कमि भएको थियो ।

यो पनि पढ्नुहोस्
बुटवल । तीन वर्षमा विस्तार गरिसक्ने लक्ष्य लिएर २०६८ सालमा शुरु भएको बुटवल–बेलहिया ब्यापारिक मार्ग विस्तारको काम ९ बर्ष वितिसक्दासमेत अझैं सकिएको छैन ।

सडक विभागको बुटवल–बेलहिया ब्यापारिक मार्ग विस्तार आयोजनाले कूल २७।५ किलोमिटर सडक ६ लेनमा विस्तार गर्न सुरु गरेको थियो । जग्गा प्राप्तीका क्रममा पटक–पटक कानुनी उल्झन फसेपछि आयोजनाले ब्यापारिक मार्गको साढे तीन किलोमिटरको बुटवल–चिडियाखोला सडक विस्तार हुन नसक्दा आयोजनाको कार्य प्रगति ठप्प भएको थियो । तर, यही पुस २० गते सर्बोच्च अदालतका न्यायाधिसद्वय सपना प्रधान मल्ल र डा। मनोज कुमार शर्माको संयुक्त ईजलासले ‘निवेदकहरुले हाल साविक गराई नयाँ जग्गा धनी प्रमाण पूर्जा लिएको भन्ने कुरा उल्लेख भएको देखिंदा अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्नु परेन’ भन्ने ठहर गरेपछि आयोजनाले सडक विस्तारमा देखिएको जग्गा प्राप्तीको उल्झन सुल्झिएको ठानेको छ ।

यसअघि उच्च अदालत तुल्सीपूरको बुटवल इजलासले असन्तुष्ट घर तथा जग्गाधनीहरुले हालेको रिट निवेदनमाथि ‘आयोजनाले ८२ फूट सडक सीमाभित्र पर्ने घर तथा जग्गा कानून अनुसार प्राप्ती गरेर मात्रै सडक विस्तारको काम अगाडि बढाउन’ आदेश दिएको थियो । उक्त आदेशलाई सदर गर्दै सर्बोच्च अदालतले गत असार ९ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेपछि सडक विस्तारको काम अन्यौलमा परेको थियो ।

तर, पछिल्लो पटक न्यायाधिसद्वयले रिट निवेदकहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा लगत संकलनका क्रममा जग्गा हालसाविक गराई नयाँ जग्गा धनी प्रमाण पूर्जा लिएको देखिएकोले अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरेपछि आयोजनाले सडक विस्तारको कामलाई अगाडि बढाउन पाएको हो ।

त्यसपश्चात गत शुक्रबार आयोजनाले सडक सिमामा पर्ने सबै संरचना हटाउन घरधनीलाई २४ घण्टे ‘अल्टिमेटम’ जारी गरेको थियो । अल्टिमेटम जारी गरेपछि पनि संरचना हटाउन आनाकानी गरेको भन्दै आज आइतबार आयोजनाले व्यापक सुरक्षा अधिकारीको उपस्थितीका बीच सडक सीमाभित्रका ९४ वटा घर तथा टहरामा डोजर लगाएको छ ।

राजमार्ग चौराहदेखि चिडियाखोलासम्म सडक सीमाभित्र रहेका साढे तीन सय घरहरुमध्ये ५० प्रतिशतले आफैं भत्काएका थिए तर बाँकीले सहजै संरचना हटाउन तयार थिएनन् । नारायणदेवि प्रधान लगायतका २४ जनाले कानुनविपरित आयोजनाले घर भत्काउन थालेको भन्दै पछिल्लो पटक सर्बोच्चमा रिट निवेदन दिएका थिए ।

डोजरले घर भत्काउन थालेपछि बिहान उठेर पसलका सटर खोलेर बसिरहेका व्यवसायीहरु आतंकित देखिन्थे । घरधनीहरु आक्रोसित देखिन्थे । केहीले आफैं घर भत्काउँछौं भन्दाभन्दै आयोजनाले सटर चलाइदिएको भन्दै असन्तुष्ट देखिन्थे । डोजर घरअगाडि आएपछि पेटीमा खेलिरहेका बच्चहरुलाई टिपेर घरभित्र कुदिरहेको दृश्य देखिएको थियो ।

‘आफैं घर भत्काउँछौं भन्नेहरुको घरमा पनि डोजर लगाएका छौं । यसअघि पटक–पटक भत्काउँछौं भन्दाभन्दै नमानेपछि विश्वासको संकट देखिएकाले त्यसो गरेका हौं ।’ आयोजना प्रमुख जयलाल मरासिनीले भने–‘अब साइट क्लियरेन्सको काम अगाडि बढेको छ ।’

डोजरले संरचनाहरु पूर्णतयाः ‘डिमोलिस’ नगरेपनि जथाभावी भत्काइदिएकाले घरधनीहरुलाई तत्काल भत्काउनुपर्ने बाध्यता सिर्जना गरिएको छ । तर, उनीहरुले अझैं पनि संरचना हटाउन तयार भएनन् भने १५ दिनसम्ममा आयोजनाले नै हटाइदिने आयोजना प्रमुख मरासिनीले बताए ।

‘साइट क्लियरेन्स’ पछि आयोजनाले अब ठेकेदारको म्याद थप्ने प्रक्रिया अगाडि बढाउने भएको छ ।

राजमार्ग चौराहादेखि चिडिया खोलासम्म ३ दशमलव ५ किलोमिटर सडक विस्तारका लागि कञ्चन जङ्गा विरुवा जेभीले पाएको म्याद यहीँ मंसिर मसान्तमा सकिएको थियो । आयोजनाले प्रक्रिया अगाडि बढाउन आज आइतबारसम्म जेभीलाई निवेदन दिन पनि निर्देशन दिएको छ । म्याद थप्ने नथप्ने निर्णय भने केन्द्र सरकारको मन्त्रिपरिषद्ले गर्नेछ ।

‘आज९आइतबार०सम्म निवेदन आएन भने ठेकेदारलाई पनि सूचना जारी गर्ने छौं ।’ आयोजना प्रमुख मरासिनीले बताए । बिजुलीको पोल सार्ने र पानीको पाइप बिछ्याउने काम त्यसपछि सुरु हुने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय