कर्मचारी छनोटको अन्तिम नतिजा सार्वजनिक

मुसिकोट नगरपालिका द्वारा कर्मचारी छनोट सम्वन्धी अन्तिम नतिजा सार्वजनिक गरेको छ।

भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको गरीव परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम कार्यान्वयनका लागी २०७७/०८/३० गते १ जना सुवरीवेक्षक र ६ जना गणक गरी ७ जना कर्मचारी माग गरी आवदेन सँकलन गरेको नगरपालिकाले २०७७/०९/१७ गते उमेद्वारहरूको प्रारम्भिक सूची प्रकाशन गरेको थियो ।

प्रारम्भिक सूचीमा परेका सुपरीवेक्षकका लागि ३ जना र गणक पदका लागि १६ जना आवेदकहरूको पुष २१ गते लिएको कम्प्युटर सिप परिक्षण र अन्तर्वाताका आधारमा आज अन्तिम नतिजा प्रकाशन गरीएको हो ।

आज प्रकाशित अन्तिम नतिजा अनुसार एक जना सुपरीवेक्षक ( सहायक स्तर पाँचाै तह ) पदमा श्री समिक्षा कंडेल ( मुसिकोट नगरपालिका वडा नं. ८ ) छनोट हुनु भएको छ भने गणकहरू ( सहायक स्तर चाैँथो तह ) पदमा श्री कमल घिमिरे ( मुसिकोट नगरपालिका वडा नं. ३ ), श्री विपिन रायमाझी ( मुसिकोट नगरपालिका वडा नं. ८ ), श्री जवी ढकाल ( मुसिकोट नगरपालिका वडा नं. ९ ),श्री जमुना खराल ( मुसिकोट नगरपालिका वडा नं. ७ ), श्री भानुभक्त पाैडेल( मुसिकोट नगरपालिका वडा नं. ७ ) , श्री लक्ष्मण गिरी ( मुसिकोट नगरपालिका वडा नं. १ ) छनोट भएको नगरपालिकाका सूचना अधिकारी प्रकाश घिमिरेले सेरोफेरो नेपाल लाई जानकारी दिनु भयो ।

साथै सफल हुनु भएका उमेद्वारहरूलाई ७ दिन भित्र नियुक्ती पत्रका लागी मुसिकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्
बालबालिकालाई पढाउँदा तथा केहि नयाँ कुरा सिकाउँदा रमाईलो वातावरण बनाउनु पर्छ । जसले बालबालिकाले तपाईंले सिकाउनु भएको कुरालाई सजिलोसंग सम्झन सक्छ ।

तपाईंले जे कुरा आफ्ना बालबालिकालाई सिकाउनु हुन्छ सम्भव भएसम्म त्यसको भिडियो देखाएर सिकाउनुहोस् । त्यसो गर्दा बालबालिकाले सिकाएको कुरा राम्रोसँग बुझ्छन् र लामो समयसम्मका लागि सम्झिरहन्छन् । बालबालिकाको स्मरणशक्ति बलियो होस् भन्नाका लागि भिडीयो गेम, प्ले कार्ड्स तथा कुनै त्यस्ता कुराहरु समावेश गर्न सक्नु हुन्छ, जसले तपाईका बालबालिकालाई शिक्षा अथवा ज्ञान प्राप्त गर्न सहयोग पुगोस् ।

आफ्ना बालबालिकालाई केहि समयको लागि शिक्षक बन्न दिनुहोस् र आफुलाई ठुला साना सबै कुरा सिकाउ भन्नुहोस् । उनीहरुलाई बिज्ञानका कुराहरु भन्न लगाउनुहोस् । आफुले थाहा नपाए झै गाह्रो कुराहरु भन्न लगाउनुहोस् । त्यसरी तपाईका बालबालिकाले आफुले जानेका कुराहरु तपाईंलाई सिकाउँदा ठुलो स्वरमा भन्न लगाउनुहोस् । त्यसो गर्दा बालबालिकाले आवश्यक जानकारीहरु ध्यानमा राख्नुको साथै लामो समयसम्म यी कुराहरु सम्झिरहन्छन् ।

आफ्ना बालबालिकालाई उनीहरुको हरेक दिनको बारेमा सोध्नुहोस् । आज के के भयो भन्ने प्रश्न गर्न नबिर्सनुहोस् र उनीहरुले भनेका सबै कुरा ध्यान दिएर सुन्नुहोस् । त्यस्तै आफ्ना बालबालिकालाई घर भित्र होस् अथवा बाहिर सजिला प्रश्नहरु गरिराख्नुहोस् ।

घरमा भएका सामानहरुको नाम, काम र रंगहंरुका साथै घर बाहिर वरपरका सबै कुराहरुको बारेमा सोध्नुहोस् । उनीहरुलाई थाहा नभएका कुरालाई कारण खुलाएर बताउनुहोस् । जसका कारण बालबालिकाले त्यो कुराको बारेमा राम्रोसंग बुझ्छन् र लामो समयसम्म सम्झिरहन्छन् ।

कुनै महत्वपुर्ण कुरालाई भिन्दा–भिन्दै रगंले हाइलाइट गर्नाले अथवा अन्डरलाईन गर्नाले पनि बालबालिकाले महत्वपुर्ण जानकारीहरु लामो समय सम्म सम्झिरहन्छन् । रंगको प्रयोग गर्दा उनीहरुको ध्यान आकषर््ँित गर्ने किसिमको रंग हुनु पर्छ । जस्तै ट्राफिक लाइटमा भएका रगंहरुले आफ्ना महत्वपुर्ण जानकारीमा अन्डरलाइन गर्दा ती कुराहरु राम्रोसंग सम्झिन सहयोग हुन्छ ।

जसरी हामी खानेकुरालाई जसरी भाग लगाएर बाँड्छौं, त्यसैगरी बालबालिकाहरुलाई नयाँ नयाँ कुराहरुको जानकारी गराउने क्रममा ती कुराहरुलाई पनि स–साना भागमा विभाजन गरेर उनीहरुलाई बुझाउन सकियो भने उनीहरुलाई सम्झन सजिलो हुन्छ । आफ्ना बालबालिकालाई कथा अथवा कविता जस्ता साहित्यिक खुराकहरु पनि स–साना भागमा बाँढेर पढ्न लगाउनु पर्छ । त्यसो गर्दा तपार्इंका बालबालिकाले हरेक कुरा राम्रो र लामो समयसम्म सम्झिरहन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय