धर्म र कर्तव्य भनेको क हो

जुन कर्तव्य हो त्यो धर्म हो । जुन अकर्तव्य हो त्यो अधर्म हो । अर्थात् जुन गर्नुपर्ने हो त्यही धर्म हो । जस्तैस् नाकले पानी पिइन्न। जुन करणीय हो, त्यही धर्म हो र जुन अकरणीय हो त्यो अधर्म हो ।

धर्म भन्नाले दैवी शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरूसँग सम्बन्धित नैतिक आचरण, व्यवहार, मूल्य र मान्यता, संघसंस्था, तथा पुरातन विधिहरू पर्छन् । कहिलेकाहीं आस्था अथवा विश्वास जस्ता शब्द पनि धर्मकै अर्थमा प्रयोग गरिन्छ। बृहद् अर्थमा कसैले धर्मलाई

ब्रह्माण्ड र मानवको सम्बन्धबारे सम्पूर्ण उत्तर मान्ने गर्छन् । धर्म भनेको जीव वा मानवको स्वाभाविक गुण हो । मानव संस्कृतिको विकाससँगै धर्मको अर्थ समाज र व्यक्तिअनुसार फरक फरक पाइन्छ ।

कहिलेकाहीं धर्मु शब्दलाई संगठित धर्मुको रूपमा पनि हेर्ने गरिन्छ। संगठित धर्म भन्नाले त्यस्ता मानिसहरूको समूहलाई जनाउँछ जसले संयुक्त रूपमा एउटै धर्म संयुक्त रूपमा पालना गर्छन्। यस्ता संगठनहरूलाई कहिलेकाहीं कानुनी अस्तित्व पनि प्राप्त हुन्छ।

भगवान् के हो ?

भगवानको परिभाषा एउटै छैन। त्यसकारण नै धर्मका नानाथरीका नामहरू छन् । धर्मलाई कसैले निर्जीवको रूपमा देख्छन्। कसैले तथ्यको रूपमा, कसैले सिद्धान्तको रूपमा, कसैले योजना, कसैले मौनताको रूपमा, कसैले व्यापारको रूपमा । धर्म संस्कार पनि होइन, धर्म परम्परा पनि होइन।

धर्म रीतिरिवाज होइन। किनकि यो भगवान् हो र यो छ भन्ने विश्वास मात्र हो। संसारमा धर्म ९भगवान्० छ भन्ने विश्वास हुने हो भने न सिमानाहरू मिचिन्थे। न मान्छेहरू बेचिन्थे न साइनोहरू मेटिन्थे । भगवान् छैन त्यसकारण नै धर्म पनि छैन । धर्म भएको भए यो सबै हुने थिएन। धर्म छैन किनकि भगवान् छैन भन्नेहरूको लागि भगवान छ भन्ने मान्दछन भने पक्का त्यहाँ धर्म पनि छ।

तर मान्छेभित्र भ्रम छ त्यो हो -शास्त्रको अध्ययन गर्नु धर्म ठान्छन। मन्दिरमा उभिएर पूजा गर्नु धर्म ठान्छन्। गुरु बन्नु धर्म ठान्छन्, विज्ञान र धार्मिक शास्त्रको बीचको युग हो भगवान् भनेको । अहिले या त धार्मिक शास्त्र छ या विज्ञान मात्र छ। धर्म, विज्ञान, आवश्यकताबीच पिसिएको भ्रमित बिचराको नाम नै जीवन हो। यही जीवनमा बुझ्न नसकेको रहस्य नै भगवान् हो।

यो पनि पढ्नुहोस्
योग विभिन्न किसिमका हुन्छन् । योगका विधी, त्यसको फाइदा पनि फरक फरक हुन्छ । बालबालिका एवं किशोरकिशोरीले विशेष किसिमका योग अभ्यास गर्न सक्छन् । खासगरी उनीहरु गर्ने योगबाट बौद्धिक क्षमता बढाउने एवं मानसिक स्वस्वस्थ्य राम्रो बनाउने काइदा सिक्न सकिन्छ ।

खासमा योग गर्ने उमेर भनेकै बाल्यकालमा हो । बाल्यकालमा एवं किशोरवयमा शरीर लचिलो हुन्छ । कुनै जटिल रोग लागेको हुँदैन । दीर्घ रोगले समातेको हुँदैन । यो उमेरमा हामीसँग अथाह उर्जा हुन्छ । त्यसैले यतिबेला हामी जस्तोसुकै योगअभ्यास पनि गर्न सक्छौं । जटिल भनिने योगहरुमा पनि आफुलाई निपूर्ण बनाउन सक्छौ ।

भोलि जब हामी वयस्क हुन्छौं । बुढाबुढी हुन्छौ । त्यसबेला कतिपय रोग र शारीरिक अवस्थाको कारण हामीले धेरै किसिमको योग अभ्यास गर्न सक्दैनौ । जबकी अहिलेदेखि गर्न थाल्ने हो भने जीवनभर त्यस किसिमको अभ्यास गर्न सकिन्छ ।

योग भनेको शरीरको समूचित व्यायामको एक सर्वोत्तम विधी हो । शरीरलाई प्राकृतिक रुपमा बलियो, तन्दुरुस्त, निरोगी बनाउनका लागि योग उपयोगी हुन्छ । तर, यसले शारीरिक रुपमा मात्र हामीलाई निरोगी बनाउने होइन, मानसिक रुपमा पनि तगडा बनाउँछ । तन र मनको शुद्धिकरणका लागि योग उपयोगी हुन्छ ।

कतिपय योग विधीहरु यस्ता हुन्छन्, जसले मस्तिष्कलाई स्वस्थ्य राख्छ । स्मरण क्षमता बढाउँछ । त्यसो त शरीर बलियो, निरोगी भएपछि यसैपनि मानसिक रुपमा हामी स्वस्थ्य हुन्छौं । जब शरीर रोगी छ, समस्याग्रस्त छ, तब हामी चाहेर पनि कतिपय कुरा ग्रहण गर्न सक्दैनौ । स्मरण गर्न सक्दैनौ ।

त्यसैले फुर्सदको यो समयमा हामीले आफुलाई योगमा लगाउन सक्छौं । योग, ध्यान, प्राणायम जस्ता प्राकृतिक विधी छन्, जसले हामीलाई निरोगी, तन्दुरुस्तका साथसाथै सकारात्मक र खुसी पनि बनाउँछ ।

शारीरिक स्वस्थ्यका लागि

योगले बच्चाको शारीरिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ । यसले उनीहरुको शरीर लचिलो, फुर्तिलो र बलियो हुन्छ । बाल्यकालबाटै फिट एन्ड फाइन राख्नका लागि योग महत्वपूर्ण हुन्छ ।

एकाग्रता बढाउँछ

योगले शरीरको विकार हटाउँछ । रक्तप्रवाह सुचारु हुन्छ । जब शरीर स्वस्थ्य हुन्छ, मानसिक रुपले पनि बच्चाहरु स्वस्थ्य हुन्छन् । त्यस्तै योग एवं ध्यानले मस्तिष्क र मनलाई एकाग्रता बढाउन सहयोग गर्छ । परिणामतः उनीहरु पढेको कुरा सजिलै स्मरण गर्न सक्छन् ।

रोगसँग लड्ने क्षमता बढाउने

नियमित योगले बच्चाको रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । किनभने योगले आन्तरिक अंगलाई प्राकृतिक रुपमै बलियो र तन्दुरुस्त बनाउँछ । परिणमतः वाह्य रोगले आक्रमण गर्न सक्दैन ।

योग सिक्नका लागि सबैभन्दा पहिलो त आफुले समय निर्धारण गर्नुपर्छ । खासगरी विहानको समयमा योग गर्नु सर्वोत्तम हुन्छ । त्यस्तै साँझमा पनि योग गर्न सकिन्छ । दिउँसो आफुलाई फुर्सद मिलाएर समेत योग गर्न सकिन्छ । अर्थात योग गर्नका लागि कुनै निश्चित समय यही हुनुपर्छ भन्ने छैन । बिहानको समय चाहि सर्वोत्तम मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय