काखी गनाउने समस्याबाट कसरी मुक्ति पाउने पुरा पढ्नुहोस्

काठमाडौं । काखीको छाला शरीरको अन्य स्थानको छालाभन्दा धेरै संवेदनशील हुन्छ । यो ठाउँको छालाको स्वच्छता र सुरक्षाको लागि हामीले विशेष ध्यान दिनु जरुरी हुन्छ । अनुहार र शरीरको बाँकी भाग जस्तै काखीको सुरक्षा र स्वच्छताबारे ध्यान दिनु र यसको हेरचाह महत्वपूर्ण हुन्छ ।

काखीको छाला हामीले हात माथि उठाउँदाबाहेक अरु समय हातले छोपिएर बसेको हुन्छ । यसको अर्थ यो हो कि यो ठाउँमा पर्याप्त मात्रामा पसिना सञ्चित हुने गर्छ ।

एउटा सेतो सर्ट लगाएर निस्किएको मान्छे साँझ घर आउँदा अन्यत्र फोहोर भए पनि नभएपनि काखीमा भने फरक रंगको फोहोर पक्कै पनि देखिन्छ । कतिपयको काखीमा रौं हुन्छ, त्यसले झनै धेरै पसिना सिर्जना गरेर काखीलाई फोहोर गर्न सक्छ । कतिपयको काखीमा अनावश्यक कालो दाग लागेको देखिन्छ । यो कहिलेकाहीँ मृत छालाको कोषका कारण हुन्छ भने कहिलेकाहीँ अत्यधिक पसिनाका कारण पनि हुने गर्छ । कसैकसैमा यस्तो समस्या पुख्र्याैली समस्याको रुपमा पनि देख्न सकिन्छ । कहिलेकाहीँ त्यस्तो कालो दागले केही रोगको संकेत समेत गर्छ ।

यी सबै कारणहरूको बाबजुद कतिपय महिलाहरुले काखी सम्बन्धी समस्या भोग्नुपरेको छ । कतिपयको काखीमा पसिना गनाउने समस्या हुन्छ । जसको लागि केही उपायहरु अपनाउन सकिन्छ ।

काखीबाट आउने गन्धलाई नियन्त्रण गर्नको लागि काखीको रौ खौरिने प्रवृत्तिको विकास हुँदैछ । तर वास्तविकतामा यो एक धेरै प्रभावकारी विधि हो, यसैले पछिल्लो समय लोकप्रियता प्राप्त गर्दैछ । कतिपयले काखीबाट आउने गन्ध पसिनाबाट आउँदैन भनेर दाबी पनि गर्छन् । किनभने पसिनाको आफ्नै गन्ध हुँदैन । काखीमा आउने पसिना पहिले नै त्यहाँका ब्याक्टेरियासँग मिसिएर त्यसले नयाँ गन्धको विकास गर्छ । त्यसपछि आउने गन्ध सहन गर्न गाह्रो हुन्छ । यदि तपाईंले त्यस क्षेत्रमा रहेका ब्याक्टेरिया वा मृत कोषिका सफा गर्नुभयो भने काखीबाट आउने गन्धलाई नियन्त्रण गर्न सकिन्छ ।

काखीको रौंलाई खौरिएर ब्याक्टेरिया मारेपछि बिस्तारै मृत छालाका कोषहरू पनि हटाउनु पर्छ । यो उपाय दिनभर काखीबाट आउने दुर्गन्धलाई कम गर्ने र सुगन्ध दिने उत्तम तरिका हो । यसले ब्याक्टेरियालाई मात्र शुद्ध पार्दैन छालाको स्तर बढाउने काममा पनि भूमिका खेल्छ । जसले अधिक पसिना नियन्त्रण गर्न र ताजापन बढाउन पनि भूमिका खेल्छ ।

यदि तपाईंले काखीको रौं खौरिनुभयो भने जसमा अल्फा हाइड्रोक्सी एसिड वा बिटा हाइड्रोक्सी एसिड जस्ता सक्रिय तत्वहरू पाइन्छ । यसले हाम्रो काखीको समस्याबाट छुटकारा पाउन मद्धत गर्छ । यसले काखीमा देखिने कालो दागलाई कम गर्न पनि मद्धत गर्छ ।

यो पनि पढ्नुहोस्
सन् २०१२ मा अमेरिकन जर्नल चाइल्ड डेभलोपमेन्टमा प्रकासित एक रिपोर्ट अनुसार सानै उमेरदेखि बुवाआमाको झगडा झेल्दै आएका बच्चाहरुमा पछि मानसिक समस्या देखापर्ने गर्छ । उनीहरुमा डिप्रेसन, एन्जाइटी जस्ता समस्या निम्तने भय रहन्छ । त्यती मात्र होइन, बुवाआमाको झगडाको कारण उनीहरुमा केही नयाँ सिक्ने र बुझ्ने क्षमतामा पनि कमी आउँछ । उनीहरु इमोशनली डिस्टब्र्ड हुनपुग्छन् ।

बुवाआमाको झगडाले बच्चामा हीनताबोध पैदा गर्छ । बालबच्चाले आफ्ना आमाबुवालाई भरपर्दो र विश्वसनिय पात्र ठानेका हुन्छन् । जब दुबै जुध्न थाल्छन्, बच्चाले आफ्नो भरोसा गुमाउँछ । उनीहरु आफुलाई निरिह ठान्न पुग्छन् । यसले गर्दा उनीहरुको आत्मसम्मान पनि ठेस लाग्छ । उनीहरु हीनाबोधले ग्रस्त हुन पुग्छन् ।

व्यवहारिक जीवन चलाउने क्रममा दम्पतीबीच केही मतभेद रहन्छ । उनीहरु त्यही विषयमा भनाभन गर्छन् । त्यही भनाभनले मनमुटाव हुन्छ ।

दम्पतीबीच झगडा त हुन्छ नै । यद्यपि उनीहरुको झगडाको शैली कस्तो छ, त्यो चाहि दुबैको बौद्विक स्तर, समझदारी, भावनात्मक सम्बन्ध, परिपक्कता आदिमा निर्भर गर्छ । कतिपय दम्पती सानो निहुँमा यसरी झगडा गर्छन्, मानौं उनीहरु महाभारतको युद्धमा होमिएका हुन् । कतिपय दम्पती ठूलै निहुँमा पनि यसरी झगडा गर्छन्, जो कसैले सुँइको समेत पाउँदैनन् ।

दम्पतीबीचको झगडा पनि भिन्न भिन्नै हुन्छ ।

कतिपय दम्पतीमा आर्थिक, पारिवारिक आदि कारणले झगडा हुन्छ । यस्तो झगडा उनीहरु गुपचुप ढंगले गर्छन् । झगडाबाट दुबै एउटा निष्कर्षमा पनि पुग्छन् । अर्थात उनीहरुको झगडा भनेको समस्याको निकास पनि हो ।

कतिपय दम्पती शंका, उपशंका आदि कारणले झगडा हुन्छ । अत्यान्तै सामान्य निहुँमा पनि उनीहरु जोड–जोडले झगडा गर्छन् । चिच्याउँछन् । हातपात लगाउँछन् । उनीहरुको झगडाले कुनै समस्याको हल त गर्दैनन् नै अरु निहुँ पैदा गरिदिन्छ ।

दम्पतीहरु एकअर्कासँग हार्न चाहँदैनन् । आफुले भनेको वा बुझेको कुरा सही हो भन्ने ठान्छन् । हरेक कुराको निर्णय आफुलाई केन्द्रित गरेर गर्छन् । यसरी आपसी दम्भ र अहंकारले श्रीमान–श्रीमतीलाई झगडा गर्न उक्साउँछ । उनीहरु त आफ्नो रिस पोख्न वा आफ्नो जिद्दी नछाड्नका लागि झगडा गर्छन् ।

यस्तो अवस्थामा एकले अर्कालाई जति गाली गर्न र होच्याउन सक्यो, उत्ति सन्तुष्ट अनुभव गर्छन् । तर, उनीहरुको झगडाको साक्षी बनिरहेका बालबच्चाको हालत ?

आमाबुवाको झगडाले सबैभन्दा बढी असर गर्ने भनेको बालबच्चालाई हो । उनीहरुको लागि बुवा पनि उत्तिकै प्यारो हुन्छ, आमा पनि । दुबैबाट उनीहरुले समान माया र सुरक्षा अनुभव गरेका हुन्छन् । त्यसैले आमा होस् वा बुवा कसैले झगडा गरेको उनीहरुलाई स्विकार्य हुँदैन ।

जब आमाबुवा झगडा गर्न थाल्छन्, बच्चाहरुले त्यसको हल खोज्न सक्दैनन् । बुवाआमा दुबै आपसमा रिसाएपछि, झगडा गरेपनि उनीहरुले आफुलाई थप निरिह र असुरक्षित मान्न थाल्छन् ।

आमाबुवा झगडा गरिरहँदा उनीहरु के गर्ने, के नगर्ने भन्ने द्विविधाग्रस्त पीडाबाट गुज्रिरहेका हुन्छन् । यसले उनीहरुलाई मानसिक आघात पुग्ने गर्छ ।

आमाबुवा झगडा गर्दा बच्चाहरु त्यसको कारण र समाधान खोज्न सक्दैनन् । झगडा कसरी साम्य बनाउने भनेर सोच्न पनि सक्दैनन् । उनीहरुमा यसले बेग्लै किसिमको छटपटी पैदा गर्छ ।

उनीहरु अशान्त रहन्छन् । मन बेचैन हुन्छ । न पढ्न मन लाग्छ, न खान । न साथीभाईसँग खेल्न, न मनोरञ्जन गर्न नै । बुवाआमाको झगडाले उनीहरुलाई उदास तुल्याउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय