गलकोट नगरको प्राथमिकतामा सडक मर्मत,बाह्रैमहिना चल्ने बनाउँछौं-नगरप्रमुख शर्मा 

बागलुङ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मबाट पाण्डव खानी हुँदै, बडिगाड गाउँपालिकाको रणसिंह किटेनी जोड्ने सडक छ । हिउँदमा चल्ने यो सडक वर्षामा सधैँ समस्याग्रस्त हुन्छ ।

ठाउँठाउँमा सडक मर्मत गर्नुपर्ने अवस्था छ । कठिन सडकमा चल्ने सवारीमा यात्रुले कष्टपूर्ण यात्रा गर्छन् । गलकोट नगरपालिकाबाट बडिगाड हुँदै ढोरपाटन नगरपालिका पुग्ने यो सडकमा हरेक वर्ष लाखौं बजेट विनियोजन हुन्छ तर काम उस्तै ।

समयमा कार्यान्वयन नहुने, बजेट फ्रिज हुने समस्या भोग्दै आएको यो सडकलाई गलकोट नगरपालिकाले चालू आर्थिक वर्षमा भने प्राथमिकताका साथ मर्मत गर्ने भएको छ ।

“प्रदेशको बजेट पर्छ, फ्रिज भएको खबर आउँछ, डुब्लिकेशन नहोस् भनेर हामीले बजेट राखेका थिएनौं”, नगरप्रमुख भरत शर्मा गैरेले भने, “यो वर्ष मर्मत गरेर बाह्रैमहिना चल्ने बनाउँछौं ।”

तीन पालिका जोड्ने सडक भएकाले गलकोट नगरले रणनीतिक सडकमा समावेश गरेको छ । चालू आर्थिक वर्षमा सडक विभागले उपलब्ध गराउने रु १५ लाख खर्चेर यो सडक मर्मत गर्ने तयारी भएको हो ।

“नगर कार्यपालिकाको ४३औँ बैठकले प्राथमिकतामा राखेर यो सडकको काम पहिला गर्ने निर्णय गरेको छ”, गैरेले भने, “स्थानीयवासीको सहजताका लागि सडकको प्राथमिकीकरण गरेका हौं ।”

यो सडक मर्मत भएपछि गलकोटको मल्म, पाण्डबखानी, बडिगाडको रणसिंह किटेनी र ढोरपाटनका अधिकांश वडालाई सहज हुनेछ ।

यो आवमा मल्मदेखि पाण्डवखानीको सिद्धथानसम्मको सडक स्तरोन्नति हुने नगरपालिकाले जनाएको छ । ग्रामीण पर्यटन र स्थानीयवासीको उत्पादनको ओहोरदोहोरमासमेत सडकले सहयोग पु¥याउने गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए ।

नगरपालिकाले यो वर्षका समपुरक तथा विषेश अनुदानका कार्यक्रमसमेत तदारुकताका साथ सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

सङ्घीय समपुरक र विशेष अनुदानको लागि आयोजना तथा कार्यक्रम नगरपालिकाभित्र विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भएका योजना प्राथमिकतामा राखिएको छ ।

सडक, स्वास्थ्यचौकी, वडा कार्यालय भवन तथा झोलुङ्गे पुल निर्माणको कामलाई अघि बढाउने निर्णय भएको भण्डारीले बताए । नगरपालिकामा आयोजना बैंक स्थापना गरेर दिगो विकासका लागि पहल थालिएको उनले बताए ।

मध्यपहाडी लोकमार्गले फेरो हालेको गलकोटका वडा तहमा पुग्ने सडक कमजोर छन् । पाँच वर्षभित्रमा सबै वडा कार्यालय जोड्नेगरी चक्रपथको ट्र्याक खोलिसक्ने र सडकको स्तरोन्नति गरी बाह्रैमहिना सञ्चालनको वातावरण बनाउने नगरप्रमुख गैरेले बताए ।

“हामीले उत्पादनलाई जोड दिएका छौं, सडक नभए उत्पादनको बजारीकरण हुनसक्दैन”, गैरेले भने, “हिउँद बर्खा सिजनमा हुने तरकारी तथा फलफूलखेतीको प्रवद्र्धनमासमेत सडकले अर्थ राख्छ ।” कालोपत्र सडक बनाउन नगरसँग प्राप्त स्रोत नहुने भएकाले भएका सडक पक्की र फराकिलो बनाउने नीति रहेको उनले बताए ।(धरातलअनलाइनबाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय