आउँदो बुधवार सार्वजनिक बिदा !

आउँदो बुधवार अर्थात पुस १५ गते सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

किराँत जातिको उधौली पर्व, योमरी पुन्हि-ज्यापू दिवस(धान्य पूर्णिमा), तमू ल्होसारको अवसरमा सरकारले बिदा दिने भएको हो । उक्त दिन सार्वजनिक बिदा दिनका लागि सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्
कृषि प्रधान देशमा जिल्लामै कृषि कार्यालय नहुनु कस्तो बिडम्बना हो’ बागलुङ नगरपालिका–८ सिगानाका अगुवा कृषक अनन्त खड्काले भन्नुभयो ‘कृषिबाट सम्वृद्धि ल्याउने भन्ने, कृषि कार्यालय जिल्लामा नहुने, कृषकका लागि यो भन्दा ठूलो बिडम्बना के हुन सक्दछ ?’ खड्काले किसानहरु धेरै पढे लेखेका नहुने हुँदा जिल्लामा कृषि कार्यालय नभए पछि अनुदान, प्राविधिक लगायतका सहयोग पाउन मुस्किल भएको बताउनुभयो ।

संघीयता सहजताका लागि भनिए पनि बागलुङमा संघीयता आए यता कृषि कार्यालय छैन । बागलुङमा रहेको जिल्ला कृषि कार्यालय नयाँ संघीय अभ्याससँगै पर्वतमा पुगेको थियो । कुश्मा बजारमा कृषि ज्ञान केन्द्र स्थापना गरेर त्यसले नै बागलुङ पनि हेर्ने व्यवस्था गरिएको थियो । गण्डकी प्रदेश सरकारले हाल आएर कृषकको हितमा काम गर्ने उद्देश्यले बागलुङ जिल्ला सहित ११ जिल्लामै कृषि ज्ञान केन्द्र स्थापना गर्न थालेको छ । बागलुङमा कृषि कार्यालय/केन्द्र नहुँदा यहाँका कृषकहरु खुसी भएका छन् । कृषि कार्यालय नहुँदा बागलुङका कृषकको सानातिना समस्यामा र सेवा लिन पनि पर्वतको कुश्मा बजार पुग्नुपर्ने, कृषि प्राविधिक किसानका गाउँ बस्तीमा नआउने समस्या बिद्यमान थियो ।

कृषि कार्यालय जिल्लामा हुँदा कृषि उत्पादनमा समेत सकरात्मक प्रभाव पार्ने अर्का कृषक गंगा थापाले बताउनुभयो । ‘संघीयता आएपछि कृषि कार्यालय खारेज भयो, हामीलाई निकै समस्या र सास्ती झेल्नु परेको अवस्था थियो’ थापाले भन्नुभयो ‘किसानको निरन्तरको खबरदारीले कृषि कार्यालय जिल्लामा आउने निर्णयले हामी कृषक खुसी भएका छौं, कृषकलाई अनुदानका लागि मात्रै हैन, कार्यालयबाट सल्लाह, सुझाव तथा परामर्शका लागि समेत सहज हुनेछ ।’

जिल्लामा कृषि कार्यालय नहुँदा यहाँका कृषकहरु निकै चिन्तित हुनुपरेको थियो । कृषि कार्यालय पर्वत हुँदा अनुदानमा समेत बागलुङलाई विभेद भएको कृषकहरुले गुनासो गर्दै आएका थिए ।

संघीयता आएपछि जिल्ला कृषि कार्यालय खारेज गरिए पछि गण्डकीका ११ जिल्ला मध्ये ६ जिल्लामा कृषि ज्ञान केन्द्र र ७ जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सञ्चालनमा थियो । अब सबै जिल्लामा कृषि कार्यालय स्थापना गर्ने तयारीमा रहेको गण्डकी प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सबै जिल्लामा कृषि कार्यालय स्थापनाका लागि कर्मचारी समेत खटाइसकेको छ । साविक जिल्ला कृषि विकास कार्यालयमा कृषि ज्ञान केन्द्र स्थापना गर्ने गरी बागलुङमा कृषि ज्ञान केन्द्रको कार्यालय प्रमुखमा भानु भट्टराइलाई खटाइसकेको छ । पुस मसान्त भित्र बागलुङमा कार्यालय उद्घाटन गर्ने गरी तयारी भइरहे पनि साविकको कृषि कार्यालय बागलुङमा बागलुङ नगरपालिकाले कार्यालय राखेकाले समस्या भएको उहाँले बताउनुभयो । ‘कृषि कार्यालय गण्डकीका सबै जिल्ला–जिल्लामा जाने भयो, सोही अनुसार आफू कार्यालय प्रमुख भएर बागलुङ आउन थालेको छु ।’

कृषि कार्यालयको स्थानमा बागलुङ नगरपालिकाले कार्यालय लिएर सेवा प्रवाह गरिरहेकाले मुख्यमन्त्रीको कार्यालयबाट नगरपालिकालाई कार्यालय व्यवस्थापनका लागि पत्र पठाइसेकको छ । कार्यालयले सेवा नदिदाँ नगरपालिका बसेको ठीकै भए पनि कृषि कार्यालय स्थापना भए पछि नगरपालिकालाई अन्यत्र सार्नु पर्ने या कृषि कार्यालयलाई नयाँ कार्यालय व्यवस्थापन गरिदिनुपर्दछ,’उहाँले भन्नुभयो ।

साविकको जिल्ला कृषि कार्यालय नहुँदा नगरपालिकाले सेवा प्रदान गर्दै आएको र अब कार्यालय आउने भए पछि कृषि कार्यालयलाई व्यवस्थापन गरिने बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । मुख्यमन्त्रीबाट हाल सम्म कुनै पत्र नआएको तर कृषि कार्यालयलाई भवनको अभाव नहुने गरी आफूले व्यवस्थापन गर्ने बताउनुभयो ।

हाल ६ जिल्लामा कृषि ज्ञान केन्द्र र सात जिल्लामा मात्र विज्ञ केन्द्र छन् । नवलपुर, मनाङ र मुस्ताङ जिल्लामा भने दुवै कार्यालय छैनन् । कृषि ज्ञान केन्द्र तथा पशु सेवा विज्ञ केन्द्र स्थापना संगै कृषि, पशुपालन तथा मत्स्य सम्बन्धी सेवा लिन सेवाग्राहीलाई एक जिल्लाबाट अर्को जिल्लामा जान नपर्ने गरी कार्यालय स्थापना गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय