सगरमाथा र माईखोला हाइड्रोपावरले आइपीओ आउँदै

काठमाडौं । सगरमाथा हाइड्रोपावरले आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि ५४ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल मार्केटले गर्नेछ । यस्तै, माईखोला हाइड्रोपावरले पनि आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि १९ लाख २१ हजार ५६८ कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ । यसमा बिक्री पनि प्रबन्धकको काम प्रभु क्यापिटल मार्केटले गर्नेछ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । श्रृजनशील लघुवित्तको आइपीओ अर्को हप्ताभित्र बाँडफाँड गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आइतबार (भदौ २६ गते) आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको छ ।

अझै केही काम बाँकी रहेको र धितोपत्र बोर्डमा रिपोर्ट नपठाएकाले अन्तिम निर्णय भने भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ । यदि, कुनै कारणले आइतबार नभएमा भने सोमबार (भदौ २७ गते) आइपीओ बाँडफाँड हुने बिक्री प्रबन्धकले जनाएको छ ।

यता, श्रृजनशील लघुवित्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ५६.८७ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ । यसमा १९ लाख ५ हजार १८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् ।Ed-markCivil Bank

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५०कित्ता आईपीओ जारी गरेको हो । कम्पनीले कुल ३ लाख ९३ हजार ७५०कित्ता मध्ये ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषलाई बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारणको लागि छुट्याएको थियो ।

हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ । आईपीओ बाँडफाँडपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ९२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

लघुवित्तको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस नेपाल लिमिटेडले ‘केयरनपी डबल बी माइनस इन्युअर’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय