शेयर बजारका लगानिकर्ताहरुका लागि अर्को खुसिको खबर ?

काठमाडौंं – सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

निष्काशन बन्द छिटोमा साउन २० गते हुनेछ भने ढिलोमा भदौ ५ गते हुनेछ। आईपीओमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

यो पनि पढ्नुहोस् – काठमाडौं – साउन महिनामा पनि वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने भएका छन्। विगत ४ महिनाअघिदेखि ब्याजदर नबढाएका बैंकहरुले साउनमा पनि ब्याजदर स्थिर राख्ने भएका हुन्।

बैंकर्स सँघले साउनमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने तयारी गरेकाे छ। अधिकाँश बैंकहरु साउनमा ब्याजदर नबढाउने पक्षमा देखिएका छन्। यसले गर्दा साउनमा पनि बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर ११.०३ प्रतिशत नै कायम हुने छ। यसवारे सँघले आधिकारीक निर्णय भने गरिसकेको छैन।

बैंकहरुले निक्षेपमा ब्याजदर नबढाए पनि कर्जामा भने अझै बढ्ने छ। बैंकहरुको लागत बढ्दै गएका कारण उनीहरुको आधार दर बढ्ने भएकोले कर्जाको ब्याजदर भने बढ्ने देखिएको होकेन्द्रिय बैंक अझै बैंकहरुको ब्याजदर बढाउनु पर्ने पक्षमा छ। बैंकहरुले पनि केन्द्रिय बैंकलाई ब्याजदर बढाउने गरी मौद्रिक नीति ल्याउन सुझाइरहेका छन्।

अन्य देशहरुले जस्तै नेपालले पनि ब्याजदर अझै बढाउनु पर्ने अवस्था देखिएको केन्द्रिय बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय