गुल्मीको मुसिकोटमा नगरप्रमुख पदका लागि ७ जना उम्मेदवार चुनावी मैदानमा आउँदै

भुवन काफ्ले , मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा नगरप्रमुख पदका लागि ६ जनाले मुसिकोट नगरपालिकाको निर्बाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गरेका छन् ।

आगामी बैशाख ३० मा हुन गईरहेको स्थानिय चुनावको लागि गुल्मीको मुसिकोट नगरपालिकामा विभिन्न राजनितिक दल र स्वतम्त्र गरि ६ जनाले मुसिकोटको नगरप्रमुख पदका लागि उमेदवारको मनोनयन दर्ता गरेको मुसिकोट नगरपालिकाको निर्बाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मुसिकोटमा नगर प्रमुख पदका लागि उम्मेदवार मनोनयन गर्ने मध्ये ५ दलिय गठबन्धनको तर्फबाट साझा उमेदवार मुसिकोट नगरपालिका वडा नं. ७ निवासी हरिनारायण सापकोटा, नेकपा एमालेको तर्फबाट मुसिकोट नगरपालिका वडा नं.५ निवासी जिबलाल खरेल (जिवन), नेकपा माओवादि केन्द्रको तर्फबाट मुसिकोट नगरपालिका वडा नं.१ निवासी दुर्गा बहादुर बि.क, राष्ट्रिय प्रजातन्त्र पाटिको तर्फबाट गोबिन्द गोपाल खाति रहेका छन् ।

त्यसैगरि स्वतन्त्रतर्फ मुसिकोट नगरपालिका ८ का बिपिन रायमाझी, मुसिकोट नगरपालिका १ का बीर बहादुर जि.सी, परियार उत्थान मञ्चको तर्फबाट मञ्चका सचिव अर्जुन परियार रहनु भएको छ ।

यो पनि पढ्नुहोस् केशव भुल – काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डेढ लाखभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । जसमा राजनीतिक दलका भन्दा स्वातन्त्र उम्मेदवार धेरै छन् ।

मंगलबार रातिसम्मको तथ्यांकअनुसार सात सय ५३ स्थानीय तहका करिब ३५ हजार पदका लागि एक लाख ५० हजार चार सय ९४ जनाको उम्मेदवारी परेको छ । ६ हजार सात सय ४३ वडा सदस्यसहित ३५ हजार दुई सय २१ पदका लागि स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि दर्ता भएका ७९ दल र स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएको हो । जसमा ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका र २ सय ७६ नगरपालिकाको प्रमुखका लागि तीन हजार चार सय ६६, उपप्रमुखका लागि दुई हजार एक सय ३६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै चार सय ६० गाउँपालिकाका अध्यक्षमा तीन हजार तीन सय ७८ र उपाध्यक्षमा दुई हजार तीन सय ९२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी ६ हजार सात सय ४३ वडा अध्यक्षमा ३४ हजार नौ सय ४३, ६ हजार सात सय ४३ वटै महिला वडा सदस्यमा २६ हजार ६३ र दलित महिला वडा सदस्यमा २३ हजार चार सय ७० जनाको उम्मेदवारी परेको छ भने प्रत्येक वडामा दुईजना खुला वडा सदस्यमा ५४ हजार ६ सय ४६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

नेकपा एमालेबाट सबैभन्दा धेरै उम्मेदवारी -m निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बाट उम्मेदवारी परेको छ । निर्वाचन आयोगको गएराति नौ बजेसम्मको विवरणअनुसार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामध्ये प्रमुख पदमा नेकपा एमालेबाट दुई सय ८८ जनाको उम्मेदवारी परेको छ । यस्तै दुई सय ८३ स्थानीय तहमा उपप्रमुख पदमा उम्मेदवारी परेको छ । त्यस्तै नेकपा एमालेबाट अध्यक्ष पदमा चार सय ४६ र उपाध्यक्ष पदमा चार सय ४५ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, सत्तारुढ दल नेपाली कांग्रेसबाट प्रमुख पदमा दुई सय ६३, उपप्रमुखमा दुई सय १०, अध्यक्षमा तीन तीन सय ८२ र उपाध्यक्ष पदमा तीन सय ५९ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदमा दुई सय ४८ र उपप्रमुखमा दुई सय २७, अध्यक्ष पदमा दुई सय ९१ जनाको उम्मेदवारी परेको छ ।

स्वतन्त्रबाट झन् धेरै – स्वतन्त्रबाट प्रमुख पदमा एक हजार तीन सय ७६ र अध्यक्ष पदमा एक हजार २४ जनाको उम्मेदवारी परेको आयोगको लगत छ । यस्तै अन्यबाट प्रमुख पदमा एक हजार दुई सय ९१, अध्यक्षमा एक हजार दुई सय ३५, उपप्रमुखमा एक हजार २१, उपाध्यक्षमा नौ सय १३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

उपप्रमुखमा राप्रपाले माओवादीलाई उछिन्यो – उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)लाई उम्मेदवारी दर्तामा उछिनेको छ । विवरणअनुसार नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष पदमा तीन सय १४ जनाको उम्मेदवारी दर्ता भएको छ । विवरणअनुसार वडा अध्यक्षमा एमालेबाट ६ हजार ४ सय ६८, नेपाली कांग्रेसबाट ६ हजार ७७, माओवादी केन्द्रबाट चार हजार तीन सय ८५, स्वतन्त्रबाट पाँच हजार ८१ र अन्यबाट वडा अध्यक्षमा १२ हजार एक सय ८८ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै महिला सदस्यका लागि एमालेबाट ६ हजार तीन सय १८, नेपाली कांग्रेसबाट पाँच हजार नौ सय ९६, माओवादी केन्द्रबाट चार हजार एक सय सात, राप्रपाबाट दुई हजार ८९ र महिला सदस्यमा अन्यबाट सात हजार पाँच सय ५७ को उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै, दलित महिला सदस्यका लागि एमालेबाट ६ हजार एक सय १२, कांग्रेसबाट पाँच हजार सात सय ३१, माओवादी केन्द्रबाट तीन हजार आठ सय ३५, राप्रपाबाट एक हजार ६ सय ३३ जना र दलित महिला सदस्यमा अन्यबाट ६ हजार एक सय ६० जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, दुई पदको खुला सदस्यका लागि नेकपा एमालेबाट १२ हजार ६ सय ७०, कांग्रेसबाट ११ हजार नौ सय ३४, माओवादी केन्द्रबाट आठ हजार पाँच सय ३८, राप्रपाबाट चार हजार ६ सय ३० र दुई पदको खुला सदस्यकै लागि अन्यबाट १६ हजार आठ सय ८६ जनाको उम्मेदवारी परेको छ ।

केही स्थानबाट विवरण आउन बाँकी – अधिकांश स्थानबाट उम्मेदवारी दर्ताको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट भइरहेको भए पनि केही स्थानबाट भने विवरण आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मंगलबार रातिसम्म मधेश प्रदेशका तीन जिल्ला, लुम्बिनी प्रदेशको एक र कर्णाली प्रदेशको दुई जिल्लाका केही स्थानीय तहको विवरण आउन बाँकी रहेकोमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको लमही नगरपालिकाको विवरण प्रविष्ट भइसकेको छ ।

मंगलबार रातिसम्ममा बाराको कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, सुवर्णमाइ गाउँपालिका, महोत्तरीको औराही र मटिहानी, सिरहाको सुखीपुर, धनगडीमाइ, लहान र कर्जनाह, र कालीकोटको पलाता गाउँपालिकाको विवरण प्रविष्ट भइसक्ने जनाइएको थियो । – नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय