माधव नेपालका परिवर्तित झगडीय – त्योबेला खड्का, योबेला ओली

काठमाडौं । बिहानको ११ बज्नै लागेको थियो । एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा निकै चहल पहल थियो । एमालेको पाँचौ महाधिवेशनपछि गठन भएको एमालेको जनसंगठन पिपुल्स भोलेन्टियर्सका नेताहरुको चहल पहल निकै बढेको थियो ।

त्यो बेला एमालेको पार्टी सत्ता माधव नेपाल पक्षको हातमा थियो । एमालेभित्रको प्रमुख प्रतिपक्षका रुपमा सीपी मैनाली पक्ष थियो । जो पार्टीको पाँचौं महाधिवेशनपछि बहुदलीय जनवाद र परिमार्जित नौलो जनवादको छाताभित्र थिए ।

पार्टी सत्ता हातमा भएका माधव नेपाल पनि कम थिएनन् । उनलाई कसैले उन्नाईस बीस गरेको मन पर्दैनथ्यो । एकपल्ट उनले एक अन्र्तवार्तामा स्वीकारेका थिए, ‘साथीहरुसँग कहिले काहीँ म अलि बढीनै रिसाउँछु ।

नभन्दै बेलाबेला उनको ब्यबहारले भित्र वा बाहिर यस्तै देखाउँथ्यो । सानो कुरामा खुशी हुने र सानो कुरामा रिसाउने उनको विशेषता हो । कसैको पेशा वा मर्यादामा आँचा पुग्नेगरी लेख्नु यसको अर्थ होइन । तर, उनलाई आलोचकहरुले ‘टपरे बुद्धि वा टपरे बाहुन’ भनेर समेत गाली गर्थे ।

माधव नेपाल संसदीय दलको कार्यलयमा पस्दै गर्दा एक दिन लक्ष्मणसिंह खड्का दलको कार्यालय परिसरमा पसेर नेताहरुलाई जथाभावी गाली गर्न लागे । गाली खानेमध्ये माधव नेपाल पनि एक थिए ।

नेपालले दलको कार्यालय सिहदरवारमा खड्का कराएको देखेपछि कार रोके, कारको सिसा खोले र मुन्टो बाहिर निकाले । नेपालले गलामा लगाएको मफ्लर अलि तल झारेर खड्कालाई जवाफ फर्काउन थाले ।

‘मान्छेको के काम हुन्छ । कता गएर आएको हुन्छ । जतिखेर पायो त्यतिखेर जे मुखमा आयो त्यो कराएको छ’, नेपालले खड्कालाई भने । त्यसपछि खड्काले नेपालकै अगाडि नानाभाँती गाली गर्न थाले ।

एक दिन सिंहदरवारको संसदीय दलको कार्यालयमा माधव नेपाल आफै मारुती कार चलाएर भित्र पसे । पर्टी सत्तामा भएकाले उनलाई भेट्नेहरुको ताँती नै लागेको थियो । यसबेला जस्तो ठेकेदार र बिचौलीयहरुको बोलबाला थिएन ।

विचौलीय र ठेकेदार चाकडीवाला भेला भएपनि त्यसमा कार्यकर्ताको सँख्या नै बढि हुनेगथ्र्यो । बहुदलीय ब्यबस्थाको स्थापनापछि राजधानीमा एउटा सडक नेताको उदय भएको थियो तिनी थिए, लक्ष्मणसिंह खड्का । उनको काठमाडौको ढुंगे अड्डामा घर थियो । उनको बानी थियो, सडकमा दुई जनाभन्दा बढि मानिुस जम्मा भएको भेटेपछि भाषण गरीहाल्नु पर्ने । चाहे कसैले उनको भाषण सुनुन् वा नसुनुन् ।

त्यसैले त्यसबेला राजनीतिक रुपमा कसैलाई उृडाउनु प¥यो भने उनै खड्काको नाम लिने गरिन्थ्यो । माधव नेपाल संसदीय दलको कार्यलय सिंहदरवारमा पस्दै गर्दा एक दिन लक्ष्मणसिंह खड्का दलको कार्यालय परिसरमा पसेर नेताहरुलाई जथाभावी गाली गर्न लागे । गाली खानेमध्ये माधव नेपाल पनि एक थिए । नेपालले दलको कार्यालय सिहदरवारमा खड्का कराएको देखेपछि कार रोके । कारको सिसा खोले र मुन्टो बाहिर निकाले । शायद त्योबेला जाडोको मौसम हुनुपर्छ ।

मधव नेपालले गलामा लगाएको मफ्लर अलि तल झारेर खड्कालाई जवाफ फर्काउन थाले । ‘मान्छेको के काम हुन्छ । कता गएर आएको हुन्छ । जतिखेर पायो त्यतिखेर जे मुखमा आयो त्यो कराएको छ’, नेपालले खड्कालाई भने । त्यसपछि खड्काले नेपालकै अगाडि नानाभाँती गाली गर्न थाले । त्यसपछि एमालेका केही युवाले उनलाई समातेर दलको कार्यालय बाहिर निकाले। त्यस दिनदेखि माधव नेपालको कार्यकालभरी खड्का दलको कार्यालय परिसरभित्र देखा परेनन् ।

खड्कालाई माधव नेपालले गाली गर्दा वरिपरि ठुलो जमात थियो । तर, तीनले नेपालले ठीक गरे भनेर कसैले भनेनन् । उनले त्यस्ता कुरामा मतललब गर्नु हुने थिएन भनेर धेरैले टिप्प्णी गरे । मनिसहरु अहिले टिप्प्णी गर्छन्, त्योबेला लक्ष्मणसिंह खड्काजस्ता हलुका पात्रसँग बाझ्ने मान्छे माधव नेपालले अहिले केपी शर्मा ओलीजतिको झगडीया भेटेपछि किन तल्लो स्तरका टिप्पणी गर्दैनथे । जस्तालाई तस्तै जवाफ दिन जानेका ओली पनि त कम छैनन् नि ।

कुनै खेलमा असाध्यै जान्ने र नजान्ने खेलाडीबीच प्रतिस्पर्धा गराइदियो भने जान्ने पनि नाजान्नेजस्तै हुन्छ । विगतमा माधव नेपाल र केपी ओेलीबीच यो कुरा लागू भएजस्तै देखिन्छ । बेलाबेलामा माधव नेपालकै भाषामा ओलीसमेत नेपाललाई गाली गर्न थालेका छन् ।

लक्ष्मणसिंह खड्कासँग त झगडा गर्ने नेपाल ओलीलाई किन बाँकी राख्थे । एमालेभित्र अलिअलि ङारङुर भएपनि बहिर संगठनमा काम गरेका नेता नेपाल र ओलीबीच कुनै समयमा तनाव देखिँदैनथ्योे । जब नेकपा एकीकरणका लागि एमाले माओवादीको अस्तित्व समाप्त पारियो । त्यसपछि शुरु भयो यी दुई नेताबीच बाझाबाझ ।

देशको राजनीतिमा प्रचण्ड अस्थिर पात्र हुन् भन्ने कुरामा ओली र नेपाल द्ुबै सचेत भएनन् । शुरुमा प्रचण्डलाई काखी च्यापेपछि माधव नेपाल लागायतका सबै नेतालाई पेलेर सत्ता चलाउने ओेलीको सपना थियो ।

आफु बसेको काखमा अर्कोलाई च्यापेपछि सानो कुरामा चित्त दुखाउने माधव नेपालका लागि त्यो सह्या थिएन । तर, माधव नेपाल पक्षको आड लिँदै प्रचण्डले सरकार र पार्टी सत्ता कब्जाको सापना देख्न थाल्नु नै एमालेमा नेपाल—ओली विभाजनको कारण थियो ।

नेपाल—ओली मिलेको बेला पार्टीमा अमेरिका र सोभियत सँघ मिलेजस्तै हुन्थ्यो । कसैले टाउको उठाउन पाउँदैनथे । चाहे सीपी मैनालीलाई पेल्न होस वा महाकाली सन्धि पारित गर्न । नेपाल—ओलीले सबै शक्ति एक ठाँउ लगाएकै हो ।

प्रचण्ड आफै अस्थिर नेता हुन् । दुई तिहाई नजिकको सरकार बन्दा ओलीले चलाएनन् भन्नु आफु नाँगो नाचेर अरुलाई आँखा चिम्लनु भनेजस्तै हो । प्रत्यक्ष सिटमा संविधानसभाको पहिलो चुनावमा बहुमत जितेको माओवादी अहिले घाटे बैद्यकोमा उपचार गराएको बिरामीजस्तो भएको छ । यसको एउटै कारण छ, प्रचण्डको फुटाउ र शासन गर भन्ने अभियान ।

प्रचण्डको यहि अभियानको शिकार बने नेपाल र ओली । यसैकारण अहिले उनीहरु ठुला झगडीय बनेका छन् । प्रचण्ड ब्वाँसोको रुपमा एमालेको गुँडमा छिरे । जसरी ब्वाँसोले घारभित्रको माहुरी खान माहुरीको घारमा पुच्छर छिराउँछ र पुच्छरमा टासेर निस्किएपछि खान्छ । प्रचण्डले त्यहि अभियान शुरु गरे एमालेमा पनि । जसका कारण कोही झगडीय नपाएर लक्ष्मणसिंह खड्काकासँग बाझ्ने माधव नेपाल आज ओलीसँग बाझिरहेका छनबाझेका छन् । ओली पनि त के कम र !

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय