माधव नेपाललाई देउवाले काग्रेस र माओवादीले साथ दिए पनि तपाईको पार्टीले चुनाव हार्छ भनेपछि…

स्थानिय तहको निर्वाचन मिती नजिक आइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशव्यापी रुपमा आक्रामक तरिकाले चुनावी अभियान संचालन गरिरहेको छ भने सत्तागठबन्धन भित्रका दलहरु भने आन्तरिक रुपमानै रुमलिरहेका छन् ।

परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँन बनेको गठबन्धन निर्वाचन सम्म जान्छ की जाँदैन भन्ने दुविधामै गठबन्धन दलहरु अलमलमा परेको देखिएको छ । नेपाली काग्रेस भित्र गठबन्धनका बिषयमा दुईधार देखिएको छ भने प्रचण्ड र माधव नेपालहरु काग्रेसले साथ दिए चुनाव जितिने आशमा देखिन्छन् ।

गठबन्धन गरेर चुनावमा जाने की नजाने भन्ने बिषयनै टुंगिन नसकेका बेला गठबन्धन गरेर जाने अवस्था आए पनि काग्रेस, माओवादी र नेकपा एसका विचमा कुरा मिल्न गारो हुने विश्लेषण गरिएको छ । एमाले विभाजन गरेर बनेको एस पार्टीका अध्यक्ष माधव नेपालले एमालेले जितेका ठाँउमा दाबी गरे पछि देउवा झोक्किएको खबर छ ।

महानगर र उपमहानगरपालिकाको भागबण्डा केन्द्रबाटै गरिने एकखालको समझदारी गठबन्धनमा भएको छ तर पहिलो गाँसकै ढुंगा लाग्ने अवस्था आएको बताइएको छ । बालुवाटार स्रोतले ओटिभी नेपाल डटकमलाई दिएको सूचना अनुसार एमालेले जितेका महानगर आफुले पाउँनु पर्ने दाबी माधव नेपालले गर्ने वित्तिकै प्रधानमन्त्री देउवाले उनको झाँको झारेका थिए ।

काग्रेस सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई घुमाउँरो पारामा आफ्नो हैसियत अनुसारको मात्रै भाग खोज्न सचेत गराएको बताइन्छ । देउवाले नेपाललाई काग्रेस र माओवादी केन्द्रले साथ दिँदा पनि एस पार्टीले चुनाव जित्न नसक्ने हिसाब सुनाएका थिए ।

बालुवाटारमा मंगलबार बिहान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भागबन्डा एमालेले जितेका स्थानमा मात्रै गर्ने कि पार्टी शक्तिका आधारमा मिलाउने भन्ने विषयमा छलफल भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले महानगरमा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी ९जसपा० ले यसअघि जितेका स्थान लिएर एमालेले जितेका स्थान आफ्नो पार्टीलाई दिनुपर्ने प्रस्ताव अघि सारेका छन् । देउवाले भने महानगरको नेतृत्वमा दाबी नलिन नेपाललाई आग्रह गरेका छन् । कांग्रेस र माओवादीको शक्ति मिलाउँदा पनि समाजवादीलाई महानगरको नेतृत्वमा जित्न सहज नहुने देउवाको बुझाइ छ ।

२०७४ को निर्वाचनमा ६ महानगरपालिकामध्ये कांग्रेसले ललितपुर र विराटनगर, एमालेले काठमाडौं र पोखरा, माओवादीले भरतपुर र जसपाले वीरगन्ज महानगरपालिकाको नेतृत्व जितेका थिए । ११ उपमहानगरमध्ये ६ वटामा एमाले, तीनवटामा कांग्रेस, एक–एकवटामा राप्रपा र जसपाले नेतृत्व जितेका थिए । अन्य पालिकामा स्थानीय आवश्यकता हेरेर तल्ला तहकै कमिटीलाई तालमेल गर्नेरनगर्ने निर्णय लिन जिम्मेवारी दिने तीन नेताको समझदारी छ ।

दाहाल र नेपालले तालमेलको निर्णय चाँडै लिन देउवालाई दबाब दिँदै आएका छन् । तालमेलका विषयमा कांग्रेसभित्र दुई धार रहेकाले कार्यकर्ता पंक्तिमा अन्योल बढेको र त्यसले उम्मेदवार चयन प्रक्रियासमेत अवरुद्ध भएको भन्दै उनीहरूले छिटो निर्णय दिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । देउवाले उनीहरूलाई पार्टीभित्र जति थरी विचार प्रकट भए पनि गठबन्धनकै पक्षमा निर्णय हुने आश्वासन दिएका छन् । उनले तालमेलका लागि आफ्नो पार्टीको बैठकसम्म पर्खन बताएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टी शक्तिलाई समेत अध्ययन गरेर तालमेलको निर्णय गरिने बताए । ‘आज ९मंगलबार० सामान्य छलफल मात्रै भयो । अब आ–आफ्नो पार्टीमा कसको पोजिसन के छ भन्ने अध्ययन गरेर निर्णय लिन्छौं,’ उनले कान्तिपुरसँग भने ।

प्रधानमन्त्रीका विश्वासपात्रसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीको केन्द्रीय कार्यसमिति बैठकले सैद्धान्तिक निर्णय लिएपछि मात्रै गठबन्धन दलका बीच तालमेलको ढाँचा टुंगो लाग्ने बताए । ‘अहिले सामान्य छलफलमा छौं । जुन उद्देश्य प्राप्तिका लागि गठबन्धन बनेको थियो, त्यो पूरा भइसकेको छैन । गठबन्धनलाई अघि बढाउनुपर्ने बाध्यता आज पनि उत्तिकै छ,’ उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय