पत्रकार महासंघ बागलुङका संस्थापक खड्काको निधन

बागलुङ-नेपाल पत्रकार महासँघ धौलागिरी शाखाका संस्थापक संयोजक बिदुर खड्काको ७८ बर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान उनको निधन भएको खड्काका परिवारका सदस्यले बताए ।

२०२१ सालमै पहिलोपटक गोरखापत्र दैनिकको संवाददाता भएर पत्रकारिता गरेका खड्का निरन्तर पत्रकातिरामा सक्रिय थिए । मोफसलमा बसेर लामो समयसम्म साप्ताहिक पत्रिका चलाउने पत्रकारको रुपमापनि खड्का चिनिन्छन् ।

२०२८ सालमा खड्काले स्थापना गरेको धौलाश्री साप्ताहिकलामो समयसम्मचलेको थियो । २०५८ सालमा उक्त साप्ताहिकलाई दैनिकबनाएरपनि संचालनगरिएको थियो ।

२०६३ सालदेखि भने दैनिकपत्रिका हटाएर खड्काले धौलाश्री अनलाइनचलाएका छन् । उक्तअनलाइन ईबागलुङ डटकममा लगइन गरेर पढ्न सकिन्छ ।

भ्रष्टाचार र अनियमितता जस्ता क्षेत्रमा उनले दह्रो कलम चलाउने गरेका थिए । कतिपय समस्यालाई कालीगंगानामक स्तम्भमार्फत खड्काले उजागर गर्दै आएकाथिए ।

बागलुङ कालीकाभगवती गुठीका सदस्यसमेत रहेका खड्काले कालीकामन्दिरको इतिहासबारेपनि धेरै लेख रचना लेखेका छन् ।

कालीका मन्दिरसँग जोडिएका किंवदन्ती लगायत लेखरचना उनीबाटै धेरै स्थानमा साभार गरिएको गुठीका पूर्व अध्यक्ष राजु खड्काले बताए ।

‘इतिहास बारे धेरै जानकारी राख्ने गर्नु हुन्थ्यो, कतिपय समयमा मैलेनै डोहो¥याएर कालीकामन्दिर लगिदिंए’उनले भने, ‘अझै केही लेख्ने योजनामाहुनु हुन्थ्यो, कतिपय कुरा अधुरै रहेका छन् ।’ मन्दिरको इतिहास, गुठीलगायतमा धेरै प्रमाणहरु रहेको उनले बताए ।

खड्काको निधनमा नेपालपत्रकार महासंघ बागलुङ शाखाले शोक बक्तव्य जारी गरेको छ । सचिवबिजय रानाद्वारा प्रकाशितवक्तव्यमा खड्काको निधनले स्तब्धबनाउको उल्लेख छ ।

पत्रकारितामा फरक पहिचान बनाएका खड्काको योगदान र संघर्षबाट धेरै कुरा सिक्न सकिने रानाले बताए । उनको निधनले बागलङको पत्रकारितामाक्षतिपुगेको रानाको भनाई छ ।

स्वर्गिय खड्का बागलुङ नगरपालिकाकापूर्व नगरप्रमुख समेत हुन् । राजाको प्रत्यक्षशासनकालमाउनी एकपटक मनोनित र अर्कोपटक निर्विरोध निर्वाचितभएकाथिए ।

उनको बिरुद्धमा कसैको उम्मेदवारी नपरेपछि खड्का निर्विरोध भएकाथिए । त्यतिबेला राजनीतिकदलहरु आन्दोलनमा थिए ।

‘उहाँको निर्देशनमा धेरै योजनाहामीले सम्पन्न गरेका थियौं’ नगरपालिकाका एक कर्मचारीले भने, ‘आवस्यकता हेरेर बिभेद नगरी योजनाबनाउन सुझावदिनुहुन्थ्यो ।’उनीपूर्व मन्त्री तेजेन्द्रबहादुर खड्काका जेठा छोरा हुन् ।

खड्काको पालामा बागलुङ सदरमुकाम गलकोटबाट बागलुङ बजारमा आएको इतिहास छ ।

खड्काले बाह्र बर्षअघिनै पत्निगंगालाई गुमाएकाथिए । आमा सुमित्रा र पत्निगंगाको नााउँमा सुगांगा स्मृति पुरस्कार कोषसमेत उनले स्थापना गरेका छन् ।

उक्त कोषबाट पत्रकारितासहित साहित्य र अनुसन्धान क्षेत्रमा योगदान गरेकालाई पुरस्कार र सम्मानगरिंदै आएको छ ।(ढोरपाटन न्युज)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय