काँग्रेसलाइ महाधिवेशनको मितिमा किचलो, पौडेल पक्ष पेलानमा

काठमाडौं । नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको पूर्वनिर्धारित मिति सार्ने विषयमा मत विभाजित भएको छ । पार्टीको संस्थापन र तेस्रो पक्षले पूर्वनिर्धारित तालिका प्रभावित भइसकेकाले महाधिवेशनको मिति सार्नुपर्नेकुरालाइ जोड दिइरहेको छ । यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने महाधिवेशन सार्ने विषयमा मन्जुर नभएको बुिझएको छ ।

काँग्रेसले गत पुस ११ गतेको केन्द्रीय कार्यसमितिबाट आसन्न फागुन ७—१० मा महाधिवेशन गर्नेगरी ल्याइएको कार्यतालिका कोरोना महामारी र पार्टीभित्रको आन्तरिक कलहले प्रभावित भइसकेको छ । पार्टीको क्रियाशील सदस्यताको वितरण र नवीकरणदेखि विवाद छानबिन गर्नेसम्मको तालिका प्रभावित हुनुले यसको पुष्टि गर्छ । फागनु ७–१० लक्ष्य भेटाउन असार २५ देखि साउन मसान्तसम्ममा क्रियाशील सदस्यता वितरण र नवीकरण गरिसक्नुपर्ने थियो । तर अहिले वितरण र नवीकरणको ५० प्रतिशत काम पनि सम्पन्न नभएको बुिझएको छ ।

तीन जिल्लामा पुरानो पार्टी संरचनाको समायोजनकै काम सम्पन्न नहुँदा सदस्यता गएको छैन । कोरोनाका बीचमा पहाडी जिल्लामा वितरण र नवीकरण भइरहेपनि तराईका अधिकांश जिल्लामा काम ठप्प भएको छ । भदौ मसान्तसम्ममा जिल्लाले क्रियाशील सदस्यताको सूची प्रकाशित गरी केन्द्रमा पठाउनुपर्ने, असोज १५ भित्र क्रियाशील सदस्यतासम्बन्धी विवादको उजुरी दिइसक्नुपर्ने, असोज मसान्तभित्र विवाद छानबिन समितिले उजुरीउपर छानबिन टुंग्याउनुपर्ने, कात्तिक मसान्तभित्र छानबिन समितिको निर्णयउपर पुनरावेदन गर्ने तालिका अहिले प्रभावित भइसकेको छ ।

शुक्रबारको केन्द्रीय समितिमा महाधिवेशनको पूर्ण तालिका संशोधन गर्ने विषयमा पौडेल पक्ष मन्जुर नभएपछि क्रियाशील सदस्यता वितरण र नवीकरणको तालिकालाई मात्रै परिवर्तन गरेको छ ।

सोही अुसार महामन्त्री पूर्णबहादुर खड्काद्वारा क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य मंसिर मसान्तभित्रमा टुंग्याएर केन्द्रमा पठाइउन स्थानीय तहलाई सर्कुलर जारी गरिएको छ । केन्द्रमा सूची आइसकेपछि पनि सदस्यतासम्बन्धी विवादले समय लिन्छ । उजुरी र विवादलाई सुल्झाउन केन्द्रमा विवाद समाधान समिति बनाउनुपर्ने व्यवस्था छ । अहिले त्यस्तो समितिसमेत गठन भएको छैन । १३ औं महाधिवेशनताका नरहरि आचार्यको नेतृत्वमा गठित समितिलाई विवाद मिलाउन आठ महिना लागेको थियो । तर पनि करिब एक दर्जन जिल्लामा नयाँ सदस्य मताधिकारबाट बन्चित हुनु परेको थियो ।

पौडेल पक्षले यसलाई ‘बुझेर पनि बुझ पचाएको’ संस्थापन पक्षको तर्क छ । तर पौडेल पक्ष क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सकेर केही समय अपुग देखिए महाधिवेशनको तालिका सार्न उपयुक्त हुनेमा जबरजस्त जोड दिइरहेको छ ।

क्रियाशील सदस्यता वितरण र नवीकरणका काम टुंग्याउनेतिर नेतृत्वले तदारुकता देखाए फागुनभित्रै महाधिवेशन हुन सक्ने पौडेल पक्षको जिकिर छ ।

नेता कृष्णप्रसाद सिटौलाले शुक्रबारको बैठकमा पनि महाधिवेशन जेठमा गर्ने गरी अधिवेशनका सबै तालिका संशोधन गर्नुपर्नेमा आफ्नो मत प्रकट गरेका थिए ।

सभापति देउवानिकट पदाधिकारी भने जेठमा समेत महाधिवेशन गर्न नसकिने निष्कर्षमा छन् । क्रियाशील सदस्यता टुंग्याउनका लागि नै लामो समय लाग्ने भएकाले महाधिवेशन भदौमा गर्न उपयुक्त हुनेमा उनीहरुको जोड छ ।
पौडेल पक्षको जोडबलमा शुक्रबार परिवर्तन गरिएको क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्यतालिको कार्यान्वयन हुनेमा पनि देउवा पक्ष विश्वस्त छैन ।

त्यो कार्यान्वयन भइहाले पनि समिति समेत नबनेका बेला ६ दिनमा क्रियाशील सदस्यताको विवाद टुंगिने विषय सोच्न पनि नसकिने विगतका अनुभवबाट देखाउँछ । किनभने वर्तमान कार्यकालिका अनुसार तल्लो तहको अधिवेशन पुस ६ बाट सुरु भई माघ ६ गतेसम्म सक्ने भनिएको छ । विगतमा भन्दा यसपटक निर्वाचनको तह पनि बढेको अवस्था छ । यस्तो अवस्थामा काँग्रेसका लागि केन्द्रदेखि बुथ तहसम्म आठ तहको नेतृत्व छनोट असम्भव प्रायः देखिन्छ ।

नयाँ संरचना अनुसार काँग्रेसले ६ हजार ७ सय ४३ स्थानीय तहका वडा, ७ सय ५३ स्थानीय तह, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र, १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७ जिल्ला जिल्ला, ७ प्रदेश र केन्द्र गरी आठ तहको नेतृत्व छनोट गर्नुपर्नेछ ।

अनुकुल परिस्थतिलाई विषम परिस्थितिका रुपमा ब्याख्य गरेर महाधिवेशन एक वर्ष पछाडि धकेलेको काँग्र्रेस नेतृत्वले विषम परिस्थितमा खरो उत्र्रान नसक्दा पार्टीमा संवैधानिक संकटको आशंका उब्जिएको देखिन्छ ।
आगामी फागुनमा सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद विधानतः थप गरिएको एक वर्ष पूरा हुँदैछ । नियमित तालिकामा महाधिवेशन गर्न नसक्दा विधानतः एक वर्ष म्याद थपिएकोमा उक्त अवधिमा पनि महाधिवेशन गर्न नसके संविधानतः अर्को ६ महिनाभित्र महाधिवेशन गराउनुपर्ने सुविधा बाँकी रहन्छ । देउवा नेतृत्वको कार्यसमितिले सोही सुविधा उपभोग गर्न सक्नेछ ।
तर यो समयमा पनि महाधिवेशन गर्न नसकिएमा भने पार्टीको वैधतामै संकट निम्तिन सक्ने भन्दै काँग्रेसमा बहस हुने गरेको छ ।

संस्थापन पक्ष नेता एवम् पार्टीका प्रकाशशरण महत भने यस विषयमा सबै पक्ष जानकार रहेका कोही सशंकीत हुन नहुने बताउँछन् । उनका अनुसार शुक्रबारको बैठकले महाधिवेशनको सिंगो कार्यतालिका चलाउने प्र्रयास गरेको थियो ।

त्यस विषयमा वर्कआउट गर्नुपर्ने देखिएकाले क्रियाशील सदस्यता विस्तारको अवधि भदौ मसान्तबाट मंसिर मसान्तलाई तोकिएको उनको भनाइ छ ।

उनले भने, ‘त्यही अनुसार महाधिवेशनको कार्यतालिका पनि संशोधन हुन्छ । आसन्न फागुनमा महाधिवेशन गर्न नसिकने सबै पक्षको निष्कर्ष छ । निर्णय हुन मात्र बाँकी हो ।’

आसन्न फागुनमा महाधिवेशन गर्न नसिकने सबै पक्षको निष्कर्षमा पुगेको केन्द्रीय सदस्य गगन थापाले पनि सुनाए । उनले भने,‘ कृष्ण दाइले बैठकमा प्रष्ट रुपमा फागनुमा महाधिवेशन हुँदै हुँदैन । जेठमा कार्यतालिका बनाएर जाउँ भन्ने हो । पार्टी सभापतिको कुरा पनि त्यही हो । रामचन्द्र दाइको र उहाँसँग नजिक भएका सबैलाई थाहा छ फागुनमा महाधिवेशन हुँदैन ।’

समायोजनको विवाद टुंग्याए पौडेल पक्ष महाधिवेशनको मिति सार्न तयार रहेको थापाको भनाइ छ ।

‘विमलेन्द्र निधि आइसोलेसनमा बस्नु नपरेका भए समायोजनसँग सम्बन्धित विवाद वान टू वान छलफल हुने थियो । १६ बुँदे अनुसार एउटा खालको समझदारी भए कार्यतालिका बनाउन उहाँहरु तयार हुनुहुन्थ्यो,’ उनले भने, ‘विमल दाइले केही दिनपछि समायोजन समितिको बैठक राखेर छलफल गरौँलाई अहिले कार्यतालिका बनाउभन्दा रामचन्द्र दाइको टोलीले मानेन ।’
थापाका अनुसार १६ बुँदे सम्बोधन नहुँदै नयाँ कार्यतालिका बनाउन सहमत हुँदा सभापतिले पेलान गरेर लाने पौडेल पक्षमा भय छ ।

पौडेल पक्ष तिहारअघि क्रियाशील सदस्यताको कार्यकालिका संशोधन गर्न तयार थिएन । तर महामन्त्री खड्का र थापा र नेता मिनेन्द्र रिजालको जोडबलमा सहमति बनेको थियो । अब तर पाँच÷छ दिन छलफल गरेर केन्द्रीय समितिबाट महाधिवेशनको अन्य हेरफेर गरिने थापाको भनाइ छ ।

मंसिर मसान्तभन्दा अगाडि नयाँ कार्यतालिका आइसक्ने उनको दाबी छ । तर पौडेल पक्षीय नेता गुरुराज घिमिरे भने क्रियाशील सदस्यताको टुंगो नलागि महाधिवेशन सार्ने नसकिने तर्क गर्छन् ।
उनले भने, ‘काँग्रेस महाधिवेशनका लागि सबैभन्दा ठूलो काम क्रियाशील सदस्यताको टुंगो लगाउने हो । यो काम सकियो भने महाधिवेशन सुनिश्चित हुन्छ । महाधिवेशन सारिदिने र चुप्प लगोर बसिदिने कुराले महाधिवेशन सुनिश्चित हुँदैन ।’

महाधिवेशन सुनिश्चितका लागि अहिले क्रियाशील सदस्यताबाहेको तालिका चलाउन नहुने आफूहरुको सल्लाह अनुसार शुक्रबार निर्णय भएको घिमिरेले बताए ।

कोरोनाका बीच करोडौंको मतदाता रहेका अमेरिका र भारतको बिहारमा भर्खरै चुनाव भएको भन्दै नेतृत्वको इच्छाशक्ति भएमा फागुनमै महाधिवेशन सकिने उनको दाबी छ ।

‘७७ जिल्लामा ९ लाख पार्टीका सदस्यताबाट अधिवेशन गराउन ठूलो समस्या छैन । जिल्ला, क्षेत्र र वडा तहसम्ममै प्रविधिको विस्तार भएकाले महाधिवेशन प्रभावित भयो भनेर बस्न उचित हुन्छ कि, संक्रमणका बेलामा पनि महाधिवेशन गराएर आम कार्यकर्तालाई सकारात्मक सन्देश दिनु राम्रो हुन्छ रु,’ घिमिरेको प्रश्न छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय