साधारण समस्याहरुको थुप्रोमा हराएको मुसिकोटको समृद्धि

विपिन विश्वास रायमाझी, गुल्मी: नेपालको संविधान २०७२ अनुसार राज्यको पुनरसंरचना हुदा ७ प्रदेश ७७ जिल्ला र ७५३ स्थानिय तह बिभाजन भए अनुसार गुल्मी जिल्लाका साविकका ८ गाविस समेटेर स्थापना गरिएको मुसिकोट नगरपालिका प्रदेश न ५(लुम्बिनी) प्रदेशमा पर्दछ।

कुल क्षेत्रफल ११४.७४ वर्ग किमि क्षेत्रमा फैलिएको यो नगरपालिकामा झन्डै ३० हजारको जनसंख्या छ भने पालिकालाई ९ वटा वडामा बिभाजन गरिएको छ। देश धेरै समय स्थानिय सरकार बिहिन भयो, यसबिचमा सर्वदलिय सहमति बाट विविध काम भए । नेपालको संविधान २०७२ पछि स्थानिय तह पुनरसंरचना भैसकेपछी स्थानिय निकायको चुनाब भयो र मुसिकोट नगरपालिकामा एमालेका जिल्ला सचिव मुनपा ८ का सोमनाथ सापकोटाले चुनाब जिते ।

एउटा वडाको अध्यक्ष र एउटा वडामा चार सदस्यहरु बाहेक सबै प्रतिनिधि एमाले पार्टिले जित्यो । मुसिकोट एमालेमय भयो । बिपक्षी दलको उमेदवार प्रती राजनैतिक पहुच र क्षमताको आधारमा बोलिमा नम्रता र सालिन शैलिका सोमनाथ सापकोटालाई मुसिकोट बासिले ५ वर्षे कार्यकालको निम्ति एउटा बहुमत र बलियो टिम सहितको सुवर्ण अवसर दिए । सर्वहाराको पार्टी, जनताको पार्टी, भन्दै जवजको नारा हाक्दै र भजाउदै हिडने एमाले (NGO/INGO) हरुले समृद्ध मुसिकोट निर्माणको ‘Cash’ अवसर पाए ।

मुसिकोटका नगरप्रमुख सोमनाथ सापकोटा व्यक्तिगत रुपमा एक शालिन, र विनम्र व्यबहारका धनी ब्याक्ती हुन । बोलिले कसैलाई नप्रिने मात्र नभएर मख्ख पार्न सिपालु एवम नराम्रो/अभद्र र तुच्छ कुरा नगर्ने नगरप्रमुख व्यबहारमा भने नायक निस्किन र आफ्नो बोली र व्यबहारमा एकनास बन्न भने सकेनन ।

आम सर्वसाधारणले उनिमाथी गरेको त्यो आशा अपेक्षा भरोसालाई सापकोटाले सालिनता र विनम्रताको भेलमा बगाईदिए । यसको अर्थ केही गर्दै गरेनन भन्ने होइन, तर जन अपेक्षित काम गरेनन भन्ने हो ।

आदरणीय नगरप्रमुख ज्यु, यो अवधिमा तपाईले नेतृत्व गर्नुभएको नगरपालिकाको सामान्य नागरिकका हैसियतले धेरै सहजता र नयाँपनको आशा अपेक्षा गरिएको थियो । तपाई जत्तिको प्रशासनिक ज्ञान अनुभव भएको व्यक्तिले हामिले आफ्नो नगरप्रमुख पाउँदा गर्व महसुस गरेका थियौ अब त्यो तुहिएको छ, अन्तिम चरणमा छ ।

मौन बिपक्षी पाउँदा आफ्नो सबै अधिकार हुदाहुदैपनी तपाईको कार्यसम्पादन क्षमतामा आम नागरिकको हैसियतले सामान्य बाहेक मैले कुनै खुसी महसुस गर्न सकेको छैन र यस्तो महसुस नगर्ने धेरै हुनुहुन्छ । नयाँ पुस्ताको नेतृत्वदायी भुमिका अब्बलताका साथ पूरा गर्न सक्ने व्यक्ति र सर्वहाराको पार्टी भनेर तपाईलाई जिताएका हुन ।

सिमित व्यक्ति धनी बन्न्ने नेता समृद्ध बन्ने नागरिकको अबस्था जस्ताको तस्तै राख्ने भन्ने तपाईहरुको प्रवृत्ति भएपनि तपाईहरुको पार्टीको जवज को नितिमा भने यो नियम छैन होला ? कि छ र ? तपाईलाई एउटा सरकार प्रमुखले जसरि सम्मान पाउने जतिकै सेवासुबिधा दिएर सेवा गर भनेको छ । राज्यले तलब भत्ता यातायात खर्च संचार खर्च, परपाहुना खर्च हरेक कुरा तपाईहरुलाई दिएको छ ।

तपाईले आफ्ना घर जग्गा, पैतृक सम्पती गरगहना बेचेर बिदेस गएर ल्याएर, आफ्नो तलब भत्ता खर्च गरेर बिकास गर्नु भन्या छ र ? आम नागरिकले तिरेको करलाई सहि सदुपयोग गरेर उनै नागरिकको सहजता र सुबिधा एवम् समाज समृद्धिको निम्ति काम गर्ने ‘CASH’ प्रतिनिधि हुदाँपनी किन यस्ता प्रश्नहरु खडा हुन दिनुहुन्छ?

आज मुसिकोटवासीहरु प्रश्न, झिनो आशा र गुनासोहरुको संग्रह भएका छन । म एक आम नागरिकको त्यो संघर्ष र संग्रह यहाँलाई सुनाउन चाहे । म कुनै व्यक्तिगत र निहित स्वार्थ एवम कसैको आदेस उपदेशमा काहीँ केही भन्दिन बस राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्ने मेरो मौलिकतालाई पक्कै बुझ्दिनु हुनेछ र पक्कै गुनासा सुन्दिनु हुनेछ । (उपेक्षा गरेतापनी म लाई फरक भने पर्ने छैन ।)

आम नागरिकले तिरेको कर राजस्व जनप्रतिनिधि र कर्मचारी लाई तलब भत्ता खुवाएर आउने बचेको हाम्रै कर बापतको बजेटलाई उनै करदाताको अधिकारको निम्ति आवश्यकताको निम्ति खर्च गर्दिनुहोस भनेर, मितब्ययी बन्दिनुहोस भनेर, अनुरोध गर्नुपर्ने कस्तो संस्कारको बिकास गर्यौँ हामिले ?

तपाईहरुलाई बिलासी जिवनको निम्ति CASH अवसर दिएर आम समुदायले समुदायको नेता देशको नेता बन्ने सुवर्ण अवसर दिएका थिए र थियौं । सर्वहाराको दलका नेता हौ भन्ने नेताहरुलाईपनी सजिलो गरि सुबिधाका साथ बस्ने ब्यबस्थापन गरिदिएको छ होइन र नगर प्रमुख ज्यु ?

प्रश्न गुनासो क्षेत्र र सुझाव
एक वर्ष अघि मैले यहालाई एउटा पत्र लेखेको थिए । यहाँले विनम्रताका साथ हामी गर्दैछौ, हुदैछ भनेर रश्वरि जवाफ दिनुभएको थियो म त्यो मिठासमा मख्ख परे र आशा गरे । त्य्सपस्चात अवसर र कामले म आफ्नै तपाईले नेतृत्व गर्नुभएको नगरभित्रै बसिराखेको छु। प्रत्यक्ष रुपमा यहाँका आम समस्या बिकास र प्रशासन हरेक कुरामा नजिकबाट बुझ्ने अवसर पाएको छु, र सौभाग्य पाएको छु ।

संयोगबस केही महिना मुनपा भित्रै कर्मचारी भएर काम गर्ने अबसर सिक्ने मौका र बुझ्ने बाटो मिल्यो जहाँ धेरै कुराको गहिरो र भित्री कुराहरु बुझ्ने संयोग मिल्यो । तर कुनैदिन अप्रत्यक्ष रुपमा देख–भेट सङ्गै कार्यक्रम बाहेक म कुनै अनुनय बिनय वा लाभको निम्ति कार्यलय वा तपाई एवम कुनै प्रतिनिधी समक्ष गएको छैन, त्य्सैले पनि मैले निस्वार्थ मुसिकोटका समस्या यहाँलाई जानकारी हुदाहुदैपनी पुनः थाहा दिन चाहान्छु ।

आधारभुत स’मस्या
मुसिकोट नगरपालिकाको केन्द्र, वामी लगायतको क्षेत्रमा सामान्य पानी बिद्युत र बाटोको समस्या पालिका समक्ष पटक पटक पेस भएका छन । ती समस्यालाई बैकल्पिक माध्यमबाट र कुनै न कुनै माध्यम प्रयोग गरि आम सर्वसाधारणलाई सहज जीवन बाच्न सहयोग पुर्याउनु पर्ने कर्तब्य कार्यलय र यहाँ प्रमुख भएको नाताले यहाँको जिम्मेवारी होइन र ?

समस्या हरेक ठाउमा हरेक कुराका हुन्छन, मुख्य कुरा सहि समयमा सहि समाधान दिन सक्ने या नसक्ने भन्ने हो । यो कार्यलय रहेको एवम् बन्दै गरेको ठाँउको मुल समस्या हो । यस बिषयमा यहाँलाई अबगत छ त्यसैले आम नागरिक समस्या समाधान ढड्डामा होइन फिल्डमा देख्न चाहान्छन ।

खानेपानीः
खानेपानीको समस्या समाधानको निम्ति ब्यबस्थित एकघर एकधारा कार्यक्रम लागू भएका भएपनी अधिकाँम्स ठाउमा खानेपानीको अभाव एवम् ठूलो समस्या छ । उदाहरण को निम्ति मुसिकोटकै केन्द्र वामिटक्सार बजारको समस्या छर्लङ्ग छ।

त्यस्तै वडा नं.१ का कतिपय ठाँउमा अझै काकाकुलको स्थिती रहेको छ । उपल्लो प्रदेश आयोजनामा ट्याङ्की निर्माण भएपनि कुन समस्याको कारणहरुले हो कुन समजदारी र कुन बादको कारणले खानेपानी बितरण एवम ब्यबस्थापनमा समस्या छ!

स्थानिय खानेपानीको समस्या भोग्न बिबस छन यस्तै उदाहरण अन्त्यत्र अन्य वडाका विभिन्न ठाँउमा पनि छन, यसको समाधानको निम्ति पालिकाले गुनासा सुन्ने मात्र काम गर्छ कि एक्सन लिने र प्रक्रियामा जाने काम गर्छ ? हामिले आँकलन गरेको तपाईको योग्यताले यति सम्मका समस्या समाधान गर्न सक्दैन भने के अर्थ र औचित्य ?

शिक्षा
हाल मुसिकोटमा एउटा क्याम्पस, एउटा नमुना मावि संगै मावि, निमावि, प्रावि र बाल शिक्षा एवं निजी विद्यालय गरी पहाड बढी विद्यालय छन। अधिकाँम्स सार्वजनिक बिद्यालय छन जहाँ अधिकाँम्स शिक्षक दलका नेता छन, पार्टिको निम्ति आफ्नो कर्तब्य भुलेर काम गर्छन राजनिती गर्छन ।

गुरुहरुले नेता जन्माउने त हो तर बालबालिकाको बिकासमा मानसिकतामा नै असर पर्ने गरि गर्ने प्रवृत्तिले सार्वजनिक बिद्यालयको गुणस्तरीयतामा ठाडो प्रश्न चिन्ह उठेका छन र उठछन । यद्यपि इमानदारीता मार्फत आफ्ना ठाउँ र विद्यार्थीको भविष्य उज्ज्वल बनाउन लाग्नुहुने श्रदेय गुरु गुरुआमाहरु पनि हुनुहुन्छ उहाँहरु प्रती सम्मान छ ।

शिक्षा शाखा प्रमुखमा चुरा छन्त्याल सर हुनुहुन्छ भने शिक्षा अधिकृतमा नया जोश र कुशलताका साथ प्रकाश नेपाली सर हुनुहुन्छ । दोष सिमित ब्याक्ती वा ठाउमा होइन हाम्रो प्रसाशन र संरचनाको दोस हो । अधिकाम्स सार्वजनिक बिद्यालयको गुणस्तरीयता कुनै चरोको नाम जस्तो लाग्छ थाहा भएको तर नजिक नपर्ने र छोपेर लागू गर्नै नसकिने यस्तो प्रवृत्ति र पात्रले हाम्रो शैक्षिक गुणस्तरीयता कहाँ पुग्ला सामाजिक चेतना कहाँ पुग्ला !

अंग्रेजी माध्यम मात्र भएर ठुला किताब भएर भवन भएर गुणस्तरीयता बढने होइन । पालिकाले चाहाने हो भने मुनपा भित्रका विद्यार्थिहरुलाई पुर्णतः गुणस्तरीय सार्वजनिक शिक्षाको पहुच पुर्याउन कुनै महाभारत युद्द जित्नुपर्दैन,तर दुस्साहस छैन ।

सार्वजनिक शिक्षाको गुणस्तरीयता अभावको उदाहरणको निम्तिः धेरै सार्वजनिक बिद्यालयको निरिक्षण एवम् अवलोकन गर्न सक्नुहुन्छ, गुणस्तरीयता नभएका कैयौं बिद्यालय छन ।

शिक्षा अनिवार्य हो र गुणस्तरीय शिक्षा सामाजिक चेतना बिकासको महत्त्वपूर्ण आधार हो त्यसैले रकम अभावमा गुणस्तरीय शिक्षाको पहुच भन्दा बाहिर भएकाहरुलाई शिक्षाको सुबिधाबाट बन्चित नगरौ र बुझाऔं सामाजिक बिकासको निम्ति मनोसामाजिक चेतनाको स्तर वृद्धि अनिवार्य छ।

स्वास्थ्य
आम मानिसको बाच्नको निम्ति अनिवार्य सहज स्वास्थ सुबिधा हो । मुसिकोट नगरपालिकाको स्वास्थ सुबिधाको बारेमा त के कुरा गर्ने ? सामान्य एउटा एक्सरे मेसिन सम्मको अभाव छ । स्वास्थ्य चौकिका भवन र स्वास्थ्यकर्मी भएतापनी सामान्य प्राथमिक उपचार बाहेकको केशमा जिल्ला नै पार गरेर जानुपर्ने स्थिती छ ।

सामान्य औषधी जुन निजि क्लिनिकमा पनि सर्वसुलभ पाईन्छ जस्तै सिटामोल, ब्रोफिन लगायतका औषधीहरु स्वास्थ्य सस्थाम निःशुल्क पाईन्छ तर एक सय पचास पर्ने प्रेसर ग्यास्ट्रिककोे औषधी भने निजि क्लिनिक मै खरिद गर्नुु पर्ने अवस्था छ ।

(पहिलेको अबस्थामा धेरै सहजता भएका छन नभएका होइनन, रोग परिक्षणको निम्ति ल्याब अनुभवी कर्मचारी भएतापनी मानिसमा रोगको बिकास र अनेक नया रोग र औषधी अभाबमा अकालमै ज्यान गुमाउनु परेको छ ।)

१५ शय्याको नयाँ अस्पतालको भवन सिलन्यास भएतापनी पटक पटक बाटोको काम नगर्ने उहीँ ठेकदारले जिम्मा लिएको काम निस्चित समयमा काम हुनेमा पुर्णतःबिश्वास विल्कुल छैन ।

यातायात
रिडि रुद्रबेनी वामीटक्सार सडकखण्डमा मेरो जन्म नहुदैदेखी बाटो पक्किको निम्ति बजेटपर्न थालेको भन्ने सुन्छु म दुई दशक पार गरेर अढाई दशक नजिक छु बाटो अझै उस्तै र उराठलाग्दो छ । मुसिकोटलाई सहज बनाउनको निम्ती रहेको मुख्य सडक खण्ड रिडि रुद्रवेनी वामी टक्सार सडक (प्रदिप ज्ञवाली, चन्द्र भण्डारी, गोकर्ण बिष्ट) सबैका आ–आफ्ना आपसी स्वार्थ पुर्तिका निम्ति राजनैतिक एजेन्डाका निम्ति दशकौंदेखि उनिहरु आफै मान्छे लगायर अर्कैको नाम भजाएर निर्माण अबरोधमा हात धोएर लागेका छन । नगरपालिका भित्रको ७/८ किमि बाटो पक्की गर्ने ठेक्का भएर टेन्डर भएर पनि उक्काउने चाप्ने र पानी छम्किने बाहेक केही उपलब्धि भएको छैन ।

अहिले पुनःअसोज मसान्तसम्मको समयावधिमा सक्नुपर्ने हतारोमा गिटि च्याप्दै गएतापनी, त्यो काम हुनेमा स्थानियले भने बिस्वस्नियता फिटिक्कै गर्न सकेका छैन्न । यदि भैहालेतापनी गुणस्तरीयताको बारेमा त के कुरा गर्ने होर ? जुन मातहत काम भएतापनी उचित समयमा काम नगर्ने ठेकेदारलाई कार्वाही सिफारिस गर्न सकिँदैन कि मिल्दैन ? केही त प्रकृया होला ? कि जनप्रतिनिधीलाई उनैले पालेका छन ?

वडागत यातायात कुनैपनी वडामा जाने बाटो पक्की हुन सकेको छैन।
१. वडा नंं.१ मा जाने राक्से अरेवा हुदै पौदिअमराई जाने बाटो अति नै अफ्ट्यारो छ, दिनहु कैयौले जोखिम मोलेर यात्रा गरिरहेका छन ।
२. वडा नंं.२ मा यातायात अबरुद्ध जस्तै छ र ठाडा खोल्सा र पुलको निर्माणगर्न सक्ने स्थिति अभावमा उक्त समुदाय यातायातमा बर्खायाममा बन्चित छ ।
३. वडा नं. ३ तोलादिको बाटोपनी सामान्य घिसारेर दुईपाङ्रे बाहेक अन्य गाडी हिडाउन सक्ने स्थितिमा छैन, झेदिको दुई दुई पटक अबरुद्ध बनेको पुलको अबस्था सोला पखालेको घाट जस्तै बनेको छ ।

४. वडा नंं.४ को पनि यातायात अवस्था सहज भने छैन र इन्द्रेगौडा हुँदै तमघास तिर बाट जटिल यात्रा गर्न धारापानीको जोखिम यात्रा गर्न बाध्य छन स्थानिय ।
५. अन्य समयमा बिहान साँझ बस छुटने आउने एकमात्र वडा वडा नं. ५ भएतापनी बाटोभने सहज छैन,माथी गाउका अन्य ठाउमा जाने बाटहरुको त दर्द’नाक स्थिति छ ।
६. भुवाचिदि बजार क्षेत्र तल भएतापनी मालिकासम्म जाने एवम् गाँउजाने बाटो पक्किभने छैन यात्रा गर्न सहज छैन ।

७. वडा नंं. ७ को बजारमा केहिबाटो पक्की गरिएपनि उक्कि सकेको छ, माथी भेडुवा जाने उपल्लो बेल्टको बाटो जोखिममै छ ।
८. वडा नं. ८ को ठुलाखर्क घैयारको बाटो हिलाम्य र पहिरो एवम बजारबाट माथिजाने बाटो भएतापनी दाल्का आपचौर अर्जेवामालारानीका बाट सहज छैनन् । गाडी गुडनु भनेको बाटा राम्रा हुनु बिल्कुल हैन ।

९. वडा नं. ९ को मैदान हुँदै जानेबाटो मुसिकोटको कर्णाली जस्तै कठिन छ ! तल्लो दान्सिङ तल्लाफाट क्षेत्र मध्य पहाडी लोकमार्गले सहज भने छ ।

समग्रमा यातायात सुबिधाको सरल र सहज पहुचको अभावमा बसाइँसराइ अधिकाम्स भएको छ । प्रदेस एवम् संघिय सरकार संग समन्वय र इच्छाशक्तिले काम गर्नुपर्नेमा आ–आफ्नै ब्याक्तीगत लाभमा सबै रमाईरहेका छन ।

कृषि
स्थानीय सरकार बनिसकेपछी कृषिको निम्ति लाखौ बजेट आएको छ, लगानी भएको छ । कतिपय ठाँउमा बाख्रा पालनका फर्महरु खुलेका छन, कतिपय ठाँउमा टनेलमा खेती भए बेगर कृषिमा तेस्तो उपलब्धि छैन ।

परिणाम मुखी, उत्पादन मुखी, तरिकाको लगानिपनी छैन बितरणमुखी लगानिले कृषि क्षेत्र उभो लाग्ला भन्ने त धमिलो पानिमा माछा मारे सरह हो । मतदाता खुसी पार्न करेसाबारी अभियान, टनेल बाडिए पनि कुनै तथ्यांक छैन र उपलब्धि छैन । यदि त्यस्तो छ भने साच्चै नगरपालिका द्वारा स्थापित भएका वास्तविक किसानको नाम सुन्न पाईयोस।

हाटबजारको संरचना भएतापनी हेर्न मात्र भएको छ । बिगत चार वर्षमा करोडौ लगानी भएको छ तर बितरण मुखी दुईवर्ष पहिलेका अनुदान पाएका कृषक फर्म पोहोर थिएनन, पोहोर पाएका अहिले छैनन, अहिले पाउने आईसल हुदैनन । उदाहरणको निम्ति बर्तमान जनप्रतिनिधि हरुकै बाख्रा फर्ममा कति अनुदान रकम गएका छन तर दुभाग्य आज बाख्राको ब पनि छैन ।

नगरप्रमुखले पहिले एक वडा एउटा कृषि उत्पादन, मासु अन्डामा आत्मनिर्भर लगायतका कुरा मै सङ गर्नुभएको थियो आज स्थिती कस्तो छ? सबैले देखे भोगेकै छन । सौलियत लगानिको निम्ति बैंक सङ्गको सम्झौता सम्पन्न भयो तर लगानिको सुरक्षा छैन।

उत्पादनको बजार छैन, यातायातको लागि सुरक्षित बाटो छैन, त्यो भन्दा मुख्य कुरा युवा छैनन् अझै ठूलो पालिका प्रती भरोसा छैन । भरोसा त दिलाउनु पर्ने होइन र प्रमुख ज्यु ? अनि कसरी हुन्छ कृषिको बिकास ?

कफि कागती पकेट क्षेत्र
कफि कागती पकेट क्षेत्र भनेर लगानी एवम् माध्यम खोलिएका छन, तर त्यसको ब्यबस्थापन भने उचित किसिमको देखिएको छैन । यी कुरालाई ध्यानमा राखेर मनमा इच्छाशक्ति र समाज रुपान्तरणको योजना सहित अगाडि बढने हो भने यी कामले भोलि कृषिमा नयाँ उचाई दिने छन।

ज्यादा प्रशासनिक खर्च
मुसिकोट नगरपालिकाको प्रशासनिक संचालन खर्च ज्यादा छ अधिक छ । यसै त अन्य पालिकाको तुलनामा प्रशासनिक खर्च स्वत बढी छ । बैठक संचालन, भत्ता, खाजा, प्रमाणपत्रको अन्धाधुन्ध छपाई, आदि बिषय तोकिए बमोजिम त होलान, तर अलिक खर्चालु छ।

सामान्य सभा सदस्यलाई प्रत्येक बैठक सभामा डायरी उपलब्ध गराउनुको सट्टा सुरुमै पूरा कार्यकालको टिपोटको लागि अलिक राम्रो डायरी खरिदनु पर्ने, किस्ता किस्तामा भन्दा । अहिले तत्काललै छापिएको निति तथा कार्यक्रम को किताब र स्वास्थको छुट्टाछुट्टै छापेर किन आर्थिक भार थप्ने काम गरियो ? यस्ता सामान्य कुरामा कस्ले चासो राख्ने ।

नगरसभामै खाजाको रुपमा स्थानिय स्तरमा उत्पादित च्याउ लगायतका उत्पादन प्रयोग गरेर किसानलाई प्रोत्साहित गर्न सकिने खाजाको व्यवस्थापनमा किन हिचकिचाउने ? खसी या मासुमात्र खाजा त होइन होला? खर्च एउटै होला यद्यपि सुनाई र सुसासनमा त आकास पातल फरक हुन्छ नि होइन ?

सरकारी नम्बर प्लेटका कैयौं गाडिहरु कन्डिसन आउट हुनेगरी प्रयोग गरिन्छ। यसरी प्रयोग गर्दा राज्यको नागरिकको सम्पती दोहन हुदैन ? ति यातायात साधनलाई मित्ब्ययी तरिकाले सुरक्षित साथ चलाउन कर्मचारीहरुलाई विनम्रता पुर्वक अनुरोध गरौं ।

समयमै प्रशासकीय भवन नबन्नु
निर्माणाधीन प्रशासकीय भवन समयमै बनाउन सकेको भए भाडाको लाखौ रकमलाई सदुपयोग गर्न सकिन्थ्यो अझै एक तला ढलाई सम्म नभएको भवन अब यो कार्यकालमा नबन्ने निस्चित छ । शाखा कार्यलय खुल्दै जादा कार्यकक्ष अभावमा अझै घर खोज्दै हिडिएको छ, यो समस्या बेलैमा पूरा गर्न सकिएन । अब समयमै पूरा होस ।

आधारभुत समस्या छोडेर ठुला कुरा, ठुला योजना तर बिलासिताका
१.ढोडेनी बगरमा बन्दै गरेको पार्क करोडौको बजेट ।
२. मुसिकोट दरबारमा परेको बजेट र काम ।
३. थुमपार्कको योजना ।
४. भविष्य नभएको बगरमा बन्दै गरेका सभाहल र कवर्ड हल (भुवाचिदी)
५. छत्रकोटको योजना ।
६. वामी कोटको नया योजना ।

यि सुन्दा राम्रा सुनिने ठुला बजेटका गौरवका योजनाहरु हुन । यि योजना केन्द्रबाटै बजेट परेका हुन । यसमा गुनासो होइन जे मा माग गर्यो त्यसैमा बजेट आयो काम समयमै सम्पन्न गरौ तर मुख्य कुरा यी कुनैपनी संरचना ले बस्ती बिकास हुनेछैन, अझै एक दशक पर्यटक आउने छैनन् र बसाईसराई रोकिने छैनन् त्य्सैले यी योजना निर्माणको चरणमा रहदै गर्दा यी योजना जोगाईराख्न चाहिने समुदायको मान्छेलाई कसरी रोक्ने भन्ने दुरसम्म्को योजना निर्माण गरौं ।

उपेक्षित समुदाय पछिको पछि
हिजो चुनावको समयमा उनै समुदायमा बढी लगानि र जोडबल गरेर चुनाब जित्नुभएका प्रतिनिधिले आजपनी ती बस्ती समुदायको चेतनाको स्तर बृद्र्धिमा कुनै काम गरेका छैनन् । अझै बढि अल्झाएर एक कार्यकाल भएपनी चुनाब जित्ने दाउपेच मै छन । (NGO/INGO) मा बजेट पेलेर ति समुदायको चेतनाको स्तर बिकास, एंव उधमी बनाउने भनेर भएका अधिकांश काम वितरणमुखी छन, परिणाम मुखी र दुरगामी छैनन्।

विगत चार वर्षमा लाखौ लगानी भएको छ ती समुदायमा तर चेतनाको स्तर उस्तै छ। अपवाद बाहेक अझै उनिहरुलाई किन्न सकिन्छ, पैसामा आफ्नो बनाउन सकिन्छ, भन्ने सोचमै र दाउमै प्रतिनिधिहरु छन यस्को उदाहरण प्रत्येक वडामा देख्न सकिन्छ ।

उपेक्षित दलित समुदायमा न बालबिवाह रोकियो? न जाडरक्सी रोकियो? न शैक्षिक सुधार भयो? न बालश्रम शोषण रोकियो?

अझैपनी मुसिकोट नगरपालिकाको अधिकान्म्स दलित समुदायमा धारा र पानी पुर्याउने र आश्वासन पुर्याउने बाहेक परिणाम मुखी काम भएका छैनन । १५-१६ बर्षकै उमेरमा पढाई छोडेर बिहे गर्ने वालबालिकाको कमि भएको छैन। १४-१५ बर्षकै बालक रोजगारीको लागि भारत जाने संख्यामा कम भएको छैन।

अभिभावकले छ र पढाउन सक्यौ भन्न सक्ने भएका छैनन यसको मुलजड बजेट बितरण मुखी र समुदाय सुधार्ने भन्दापनी भुङ्रोमा हाल्ने पद्दती एवम राजनैतिक खिचातानी हो ।

सामाजिक र शैक्षिक चेतनाको स्तर नसुधारिएको अवस्थामा यो अनन्त यस्तै रहन्छ, छुवाछूत यस्तै रहन्छ । उक्त समुदायले पनि आश्वासन र लोभमा आफ्नो दैनिकी जीवन नै बन्दगी नराखौ ।

यी र यस्ता समस्या सामान्य समस्या हुन । यी समस्यालाई चाहेको खण्डमा सुधार गर्न सकिन्छ, समुदायलाई बदल्न सकिन्छ, त्य्सको निम्ति इमान्दार नेतृत्व र इच्छाशक्ति एवम अब्बल प्रशासन चाहिन्छ । ढड्डामा भएका बिकासमा रफ्तारले समुदाय खुसी हुदैन, आज मुसिकोटको बसाइँसराइ बढदै छ छोडदै छ । यो क्रमलाई कसरो रोक्ने यतातिर सोच केन्द्रीकृत गरौं । यातायातको समस्यालाई र उपचारको समस्यालाई पहल गरौं,केही नया गरौं ।

नयाँ स्थानिय तह अनेकन समस्याका बाबजुद नयाँ संरचना तयार गर्न र सुधार गर्न गति लिन समय लाग्यो धेरै प्राविधिक कुराहरु बनेका छन, भौतिक संरचना बनेका छन, जोडिएका छन ती कुराहरुको उपलब्धिलाई पनि हामिले गर्व गर्नुपर्छ तर आम नागरिकले नतिजा खोज्छ त्यो पनि मैदानमा, यो किसिमको नेतृत्व बाट जनताले यो अपेक्षा पक्कै गरेका थिएनन ।

आदरणीय नगरप्रमुख ज्यु, तपाईबाट हामिले सालिन र बिनम्र शैलिमा जसो गरेपनी हुने भन्ने पाठ सिक्नु त पर्याे हैन र ? यो किसिमको नेतृत्व क्षमता भएको ब्याक्ती हरेक कुरामा मौन र मिठास बाट समस्यालाई पाखा लगाउदै चाङ्ग पार्नु कुन हदसम्म्को बठ्याई र चर्तुयाइँ हो ?

तपाईं आफै अडकल काटनुहोस नेताले अनुभूति गर्ने बिकास र जनताले गर्ने त फरक पक्कै होला जनतालाई बन्नुपर्याे नेतालाई बन्छ अरे भने भयो । हरेक कमजोरी र गल्तिलाई सजिलै स्वीकार गरि काम नगर्ने, मीठोबोलिमा धेरै समस्या चाङ्ग पार्नु भएको छ । आम नागरिक मतदाताको आत्मबिस्वासमा ठेस पुग्नेगरी मौनतामा गाजिनुभएको छ ।

आफ्ना सुरक्षार्थ केही समूह र ब्याक्ती बनाउने प्रतिरक्षा पङ्ती बनाउनु भएको होला, त्यसले कहिलै उचाईमा पु¥र्याउने छैन । आम नागरिकको नेता बन्न पाउनु भएको अबसरलाई कति चिन्न सक्नुभयो इतिहासले बताउला पढाउला ।

तर यतिको नेतृत्व र वाककला भएको प्रशासनिक मान्छेको नेतृत्व भएको पालिकाको यो हविगत हदैसम्मको लाहाचार पन हो । मैले एक वर्ष अघिनै अझै आशा र अपेक्षा प्रकट गरेको थिए अब अन्तिम वर्षमा हुनुहुन्छ ढिलो चाडो पुनः निर्वाचन होला, पुनः भोटको लागि फर्केर गाउँ जानुपर्ला आम नागरिक त्यही दिन बोल्छ मतदानको दिन ।

(यद्यपि कामै भएन बिरोध नै बिरोध भन्ने प्रतिपक्षी प्रवृत्ति भने देखाउदिन उल्लेखनीय काम नभएको भएपनि प्रक्रियागत औपचारिक रुपमा हुनुपर्ने धेरै प्रशासनिक सहजताका कुरा, दर्ता लगायतका कुरा, पालिकाबाट भएका छन तर यी कुरा प्रक्रियागत हुन । एकघर एकधार र खरक छाना मुक्त अधिकाँम्स काम भएका छन । यो चार बर्षमा गर्नैपर्ने काम पनि थियो धन्यवाद छ ।)

समग्र रुपमा अझैपनी गुदो संरचना भित्रको कथकतझ बसाउने कुरामा मौका छ अवसर छ । केही नया प्रयोग गर्नुहन अनुरोध गर्दछु÷गद्र्छौ । अन्यथा/मौनतामा मिठास मादुर्य बोलिमा लुकेको ठेकेदार प्रवृत्तिको ट्याग तपाईलाई जिम्मा लगाउन लागिने छ ।

यो चार वर्षको कार्यकालमा धेरै अवसर पाउनुभयो, कति ठाउमा चुक्नुभयो या भएन समयले बताउला, भोलि हिसाब होला तर तपाईका प्रशंसक र मतदातालाई भने निराशा बनाउनु भएको छ, अपेक्षित खुसी र सुबिधा दिन सक्नुभएको छैन, यो कुरा समयमै स्विकार गर्नुहोला । हामिले सम्झनलायक जनप्रतिनिधिको रुपमा यहाको ब्याक्तित्वलाई अझै झिनो अपेक्षा गरेका छौ ।

यसैगरी तपाईहरुको यस्तै शैली र व्यबहार बाट नागरिक आक्रोशीत छन/आक्रोशित छौ जनतामा निरासाले चरम सिमा नाघेको छ । आसन्न स्थानिय निर्वाचनमा तपाईहरु या सुतेको मौन भाग खोज्ने प्रतिपक्षी दुबैदलले जो सुकैलाई नगरको प्रमुख पदमा उम्मेद्बारी दिएपनि यदि साच्चै मितव्ययी र फजुलखर्च नगरी पैसा नबाडी चुनाब लडने हिम्मत राख्नुहुन्छ भने यहाँहरुको प्रतिद्वन्दीको रुपमा म आफै स्वतन्त्र या फरकधारको उमेदवार भनेर प्रतिस्पर्धामा होमिन तयार छु !

र नयाँ नतिजा ल्याएर देखाउने चुनौती लिन र अवसर समेत दिन चाहान्छु । तर यो चाहिँ हेक्का रहोस पैसा बाडेर, खर्च पोखेर, भोट किनेर, गरिने चुनाब नगर्नुहोला । हामी समृद्ध नेपालमा खुसी नागरिक बन्न चाहान्छौ, विचारको राजनिती समाज सुधारको राजनिती गर्न चाहान्छौ, मित्ब्ययी चुनाब, पारदर्शी चुनाब गर्न चाहान्छौ । खुसी नेपाली भएर नेपालमै खुसी साथ बाच्न चाहान्छौ, धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित खवर