कम्पनीहरुले धमाधम बोनस घोषणा गर्दै,प्राइम लाइफले बोनसमा शेयर दिने

काठमाडौं – नयाँ आर्थिक वर्ष सुरु भएसँगै कम्पनीहरुले धमाधम बोनस घोषणा गरिरहेका छन् ।

यस अघि माछापुच्छे् बैंक र सानीमा बैनले बोनस घोषणा गरिसकेको अवस्थामा अरु बैंकहरु पनि चाँडै बोनस घोषणा गर्ने तयारीमा रहेका छन् ।यसै बिच प्राइम लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट सेयरधनीलाई १५.८७% लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले १५ % बोनस सेयर र कर प्रयोजनको लागि ०.८७% नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

नियामक बिमा समिति र आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् । यो पनि पढ्नुहोस्-काठमाण्डौ–न्यादी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने मिति तय भएको छ । न्यादीले असोज १५ गतेबाट रु. २२ करोड ५० लाखको आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ।कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २० लाख ९२ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

न्यादी हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। यो आईपीओको निष्कासन बन्द छिटोमा असोज १९ गते र ढिलोमा असोज ३१ गते बैंकिङ समयपछि हुनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थारु र तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

कम्पनीले गत साउन ११ गते धितोपत्र बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएको थियो। सोहीअनुसार पहिलो चरणमा कम्पनीले गत भदौ १ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित लमजुङको मर्स्याङ्दी गाउँपालिकाका स्थानीय र लमजुङका अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि गरी १५ लाख कित्ता आईपीओ बिक्री गरिसकेको छ। कम्पनीको यो आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

कम्पनीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। प्रतिमेगावाट लागत अनुमान २० करोड ३९ लाख २५ हजार रहेको छ। कुल लगानी अनुमान ६ अर्ब ११ करोड ७७ लाख रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ७.७३ वर्ष तथा डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि १३.८२ वर्ष रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय