आजदेखि विद्यार्थीलाई भेरोसेल खोप लगाउ सुरु

काठमाडौं । काठमाडौंमा आज (शुक्रबार)देखि १८ वर्षमाथिका कक्षा १२ र विश्वविद्यालयका विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार भदौ ४ देखि ६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा परीक्षा दिने विद्यार्थीले प्रवेशपत्र देखाएर पहिलो डोज लिन पाउनेछन्।यस्तै, ४० वर्षमाथिका नागरिकलाई पनि भोलिदेखि नै खोपको पहिलो मात्रा दिइने उनले जानकारी दिए छ।

उनका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र निर्धारण गरिएको छ।

यस्तै, भीडभाड नहोस् भनेर अन्य नगरपालिकाको हकमा सोही पालिकाले खोप केन्द्र निर्धारण गरेका छन्।यसका अलवा सशस्त्र प्रहरी अस्पताल, बलम्बु, वीरेन्द्र सैनिक अस्पताल, छाउनी राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, रत्नपार्क, निजामति कर्मचारी

अस्पताल, बानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली र शिक्षण अस्पताल, महाराजगञ्जबाट पनि खोप लिन पाइनेछ।

यो पनि पढ्नुहोस्
बागलुङ – गृहमन्त्रालयले देशभरका प्रशासन कार्यालयलाई स्थानीय आबस्यकताको आधारमा स्मार्ट लकडाउन गराउन पत्राचार गरेको छ ।

मन्त्रालयले पठाएको पत्रमा निशेधाज्ञा वा लकडाउन गराउने सूचकसमेत जानकारी गराएको छ । उक्त सूचक अनुसार कोरोना संक्रमणको दर तथा अवस्था हेरेर हरेक स्थानमा फरक फरक प्रकृतिको लकडाउन गराउन पाइनेछ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार, निशेधाज्ञा वा लकडाउन गराउनुअघि अघिल्लो साताको कोरोना संक्रमितको अवस्था बुझ्नुपर्ने छ ।

मन्त्रालयको पत्र अनुसारको क्षेत्रगत अध्ययनको क्रम सुरु भैसकेको छ ।अघिल्लो साता कोरोनाका कतिजना संक्रमित थिए, कतिजना जटिल समस्याका भए वा मृत्यु कति जनाको भयो त्यसले उक्त स्थानको निशेधाज्ञालाई निर्धारण गर्छ’ कार्कीले भने, ‘प्रशासनले नगरपालिका वा गाउँपालिका बिशेष र कुनै क्षेत्र बिशेषलाई मात्रै तोकेर पनि निशेधाज्ञा लगाउन सक्नेछ ।’

त्यसका लागि जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसिसिएमसीमा पर्याप्त छलफल भएपछि मात्रै प्रशासनले निणर्य लिने उनले बताए । पछिल्लो समय पूणर् निशेधाज्ञा गर्ने अबस्था नभएको टिकाटिप्पणी बढ्न थालेको छ । ‘

पूणर् रुपमा बन्द गराएर रोग निको होला(नहोला, जनताको दैनिकी बिग्रन्छ र दुइछाक खाने अवस्था बन्दैन’ अधिवक्ता बद्रीप्रसाद शर्माले भने, संक्रमण भएका मानिसलाई उचित व्यवस्थापन गर्ने र जनताको रोजीरोटीमा पनि असर नपर्ने काम गर्नुपर्छ ।

प्रजिअ कार्कीले पनि दैनिकीमा असर नपर्ने गरी निशेधाज्ञाको मोडल बन्ने बताए । ‘कसैको रोजगारी गुम्ने अवस्था भएमा फेरी राहत बितरण जस्ता क्रियाकलाप बढ्छन् र त्यसैले भीड बढाउँछ’ कार्कीले भने, ‘बरु हरेक नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने, आत्मसंयम रहने अबस्था बनाउन काम गर्नुपर्छ ।’

गत सातादेखि बागलुङमा निशेधाज्ञा लगाइएको छ । यो अबस्थामा बिहान २ घण्टा दैनिक उपभोग्य बस्तुहरु खरिद गर्ने अबसर दिइएको छ । बागलुङमा गत बैसाख ८ गते बलेवा क्षेत्रबाट सुरु भएको निशेधाज्ञा साउन पहिलो सातासम्म थियो ।

तीन साता खुला भएको निशेधाज्ञा फेरी शुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय