‘झमक घिमिरे’ उठेर हिँड्दा सबै छक्क परे

जोतारे धाइबा

नाटक ‘मालिनी‘ मा अभिनय गर्न उनले आफ्नै खुसीले टाउको चिन्डे पारेकी थिइन् ।

रवीन्द्रनाथ टैगोरको कथामा आधारित भएर रंगकर्मी विमल सुवेदीले तयार पारेको नाटकमा डुबेपछि आफ्नो बाहिरी सौन्दर्य उनलाई फिका लाग्यो ।

बौद्ध दर्शनबाट प्रभावित रोजितालाई कपाल ‘समस्या‘ र दुःखको कारण लाग्छ । कोरिराख्नु,स्याहार गरिराख्नुपर्ने । छोरा मान्छेको लोभी नजर पर्ने । समग्रमा तृष्णाको केन्द्रविन्दु

नाटकको पात्रको नजरबाट हेर्दा सौन्दर्यको परिभाषा फरक देखिन् । त्यस क्रममा कपाल नै फाल्दिनेसम्मको त्यो हर्कतले रंगकर्मप्रति उनको गहिरो लगाव देखाउँछ ।

खासमा झमक घिमिरेको आत्मकथा ‘जीवन काँडा कि फूल‘ माथि बन्ने सोही नामको फिल्ममा रोजिता झमकको भूमिकामा छानिएकी थिइन् ।

यसका लागि आफ्नो मौलिक स्वरुपबाट निस्किएर फरक चरित्रका लागि तयार हुनु जरुरी थियो ।

सो क्रममा ‘मालिनी‘ नाटक उनलाई फिल्मका लागि तयार पार्ने पहिलो चरण मात्रै थियो ।

रोजिता थिएटर भिलेज लाजिम्पाटमा नाटक सिक्ने पहिलो ब्याचको उत्पादन हुन् । चार वर्षअघि कोर्स पूरा गरेयता ‘चारुमती‘ र ‘मालिनी‘ का साथै अन्य तीनवटा अंग्रेजी नाटकमा अभिनय गरिसकिन् ।

तर, झमकको जीवनकथामा बनाइएको ‘जीवन काँडा कि फूल‘ फिल्ममा पाएको शीर्ष भूमिकालाई जीवनकै ठूलो अवसर र चुनौती मान्छिन् ।

जन्मजात मस्तिष्क पक्षघातबाट पीडित झमक हिंडडुल गर्न र हातहरु चलाउन सक्दिनन् । तर यस विपरीत रोजिताको शारीरिक अवस्था सामान्य छ ।

आफू शारीरिक रुपमा सबल भए पनि त्यसलाई खुम्च्याएर आफ्नै प्रतिभाको परीक्षा लिन उनलाई के ले ऊर्जा दियो होला रु

‘उहाँको आत्मकथा पढेपछि जीवनमा केही उपाय नहुँदा पनि झमक दिदीले कसरी आफूमा परिवर्तन ल्याउने हिम्मत जुटाउनुभयो भनेर म त चकित नै परेँ,’ २३ वर्षे कलाकारले भनिन् –

‘उहाँले सबै अप्ठेरो र चुनौती पार गर्दै आफ्नै चिनारी बनाउनुभयो । सिकाउने कोही नहुँदा पनि घरमा बहिनीले पढेको लुकि(चोरी हेर्दै आफैंले पढ्न(लेख्न सिक्नुभयो ।

त्यो संघर्षशील व्यक्तित्वलाई दुनियाँसामु पुर्याहउँदै अरुलाई पनि प्रेरणा मिलोस् भनेर म तयार भएँ ।‘

तर, जसरी फिल्मको निर्माण पक्षसँगको पहिलो भेटमै ‘म सक्छु‘ भनेर प्रतिबद्धता जनाएकी थिइन्, त्यसअनुसार आफूलाई झमकको चरित्रमा ढाल्न उनलाई त्यति सजिलो भने थिएन ।

दुई वर्षअघि फिल्मका निर्देशक विनोद विष्ट, लेखक मुक्ति उपाध्यायसहितको निर्माण टोलीले थिएटर भिलेजमै पुगेर रोजितालाई झमक बन्न प्रस्ताव गर्यो । उनले त्यसका लागि पछि गर्नुपर्ने तयारीबारे नसोची ‘हुन्छ‘ भनिन् ।

उपन्यासहरु पढिरहने उनले त्यसअघि नै सामान्य पाठकका रुपमा झमकको आत्मकथा पढिसकेकी थिइन् ।

अब अभिनय नै गर्नुपर्ने भएपछि त्यसलाई दायित्व मान्दै थप गहिरिएर अनेकौंपटक पढिन् । पढ्ने क्रममा झमकले किन त्यस्तो लेखिन्, लेखिरहँदा त्यो अवस्थामा के सोचिन् होला भनेर महसुस गरिन् ।

झमकलाई बुझ्न उनीबारे बनाइएका अनेकौं वृत्तचित्र र पाएसम्मका भिडियो फुटेज पनि हेरिन् उनले । कसरी हेर्छिन्, कसरी हाँस्छिन् भन्ने स(साना कुरा समेत नियालिन् ।

तर, आफैंमा गुमसुम बस्ने लजालु केटी थिइन् रोजिता । जसले जे भने पनि नाइँ भनेर फरक मत राख्न नसक्ने ।

त्यस्तो अवस्थामा झमक चरित्रलाई आफूभित्र ल्याउन पहिले त उनले आफूभित्र जकडिएर बसेका आनीबानी र पुराना मान्यतालाई भत्काउँदै खुल्नु जरुरी थियो । अरु बन्न आफूलाई मेट्नु थियो ।

उनले कडा तालिम सुरु गर्नुपर्ने भयो । आफ्नै नाटकघरको विद्यार्थीले फिल्म गर्ने भनेपछि थिएटर भिलेजका विमल सुवेदी प्रशिक्षण र पथ प्रदर्शनका लागि कस्सिए ।

शरीरको तौलबाट सुरु भयो ‘टास्क‘ । झमक जत्तिकै देखिन ५१ किलोको ज्यानलाई ५३ किलोको बनाइन् ।

उनी गणेश भगवान्‌लाई औधि मान्छिन् । अर्कातिर गुरु र अग्रजहरुलाई आदर गर्नु संस्कार नै भइहाल्यो ।

तर, अन्तर्मुखी स्वभावलाई भत्काउन उनले आफ्नो आस्था र संस्कार सबै धूलोपिठो पार्नुपर्ने भयो । त्यसलाई ढुंगा वा मूढा जस्तो वस्तु मात्र सम्झनुपर्ने भयो । अभ्यास अघि बढ्यो ।

उनलाई ‘टास्क‘ दिइयो – गणेशको मूर्तिलाई लात्ताले हान्ने । गुरुलाई झापड चखाउने ।

यति गर्न उनलाई हप्ता(दस दिन हैन, महिनौं लाग्यो ।

यसपछि झमकले जस्तै देब्रे खुट्टाले लेख्ने लगायतका अन्य काम गर्नमा पारंगत हुनुपर्ने काम सुरु भयो ।

रोजिता सम्झिन्छिन् – ‘केही वस्तु समात्ने अभ्यास थाल्नुअघि खुट्टाका औंला फट्याउने अवस्थामा पुग्नु नै मलाई महाभारत थियो ।

‘ खुट्टाको अभ्यासमा पुग्नुअघि उनले हातबाटै बानी बसाउन थालिन् । दायाँ हात चलाउने उनले बायाँ हात बढी प्रयोगमा ल्याइन् ।

देब्रे खुट्टाले तालिम थालेपछि कलम समात्न, बिर्को खोल्न, कापी पल्टाउन सयौं पटक प्रयास गरिन् । यस्तोमा फतक्क गल्थिन् ।

अभ्यास क्रममा झमकको जीवनका केही अंश बाँचिरहँदा झमकको सिंगो पीडा उनले बोध गर्दै गइन् । अहो, कुन कष्ट र अनुभूतिबाट गुज्रँदै यत्रो संघर्ष गर्ने साहस गरिछन् दिदीले १ यही सोचले उनलाई ऊर्जाको काम गर्‍यो ।

त्यो दिन पनि आयो ।

रोजितालाई आज जसरी पनि लेख्न सक्नुपर्छ मैले भन्ने संकल्पले उकास्यो ।

बाहिर भेटघाटमा निस्किएकी उनी सुर्रिंदै घर पुगेर कोठामा चुकुल ठोकेर बसिन् । झमक जस्तै निकै सकसले कुप्रो परिन् ।

बाटुला आकारहरुमा खुट्टाका औंला नचाउँदै हावामा अभिव्यक्ति खोजिन् । बडो मुस्किलले लेख्न सकिन् – ‘झमक घिमिरे‘ ।

खुट्टाले पहिलो अक्षर लेख्नुको खुसी शालीन मुस्कानसहित सुनाइन् – ‘दिदीले आत्मकथाको पुस्तकमा पहिलो पानामा आफ्नै नाम लेख्नुभएको छ । मैले सिकाइ प्रकिया त्यही नामबाट थालेँ ।‘

उनले केही सजिलो हुने भएर नाम भने अंग्रेजीमा लेखेकी थिइन् ।

त्यसपछि खुट्टाले खान सिक्ने अभिभारा । अभ्यासको सातौं महिनामा गुरु विमलले उनीसामु प्लेटमा अन्डा(चिउरा राखिदिए । उनले छर्दै भए पनि खाइन् ।

‘विमल सरलाई पनि मैले खुट्टाले नै खाजा ख्वाएँ । त्यो पल बयान गर्न नसकिने एकदम खुसीको थियो,’ खित्का छाड्दै सुनाइन् ।

पक्षघातका कारण झमकको शरीरमा नियन्त्रण छैन । बेला(बेला मुखबाट र्‍याल चुहाइराख्छिन् । त्यो अभ्यास गर्न पनि रोजिताले निकै पापड बेल्नुपर्‍यो ।

चिनी, अमिलो पाउँ मुखमा जम्मा पारेर र्‍याल चुहाउने कोसिस भइरह्यो । अभ्यस्त भएपछि कुनै खानेकुराको सहाराबिनै ओठ बगिरह्यो ।

झमकको चरित्रमा आफूलाई ढाल्दै जाँदा रोजिता बीचबीचमा जोसिन्थिन् गुरु विमलसामु ।

‘झमकको जस्तै हाउभाउ गरुँ रु झमकले जस्तै गुडुल्किएर सुतूँ रु’

तर विमलले अनुमति दिएनन् । अंश(अंश गर्दै एकपछि अर्को चरण पार गरेर मात्र झमकको हाउभाउ र प्रस्तुतिमा पुग्नुपर्ने उनको सिर्जनात्मक रोडम्याप थियो ।

यसले उनीमा काम गरिरहेको गुरुले नियालिरहेका थिए ।

साढे एक वर्षको अभ्यासका क्रममा फिल्म निर्माण युनिटले पनि उनीमा आएको प्रगति पारख गर्दै थियो । रोजिताको आत्मविश्वास र लगनले दुरुस्तै दोस्री झमक तयार हुँदै थिइन् ।

राति सुत्दा पनि उनी झमकलाई नै देख्थिन् । तर यो भन्दा फरक उनले आफूलाई झमक नै मानेर सुत्दा हुने अनुभूति सुनाउनुपर्ने अर्को टास्क‘ पाइन् । हरेक राति देख्ने सपना र खेप्ने भोगाइ भोलिपल्ट गुरुलाई सुनाउनु पर्थ्यो । सुनाउँदै गइन् ।

गुरुले भएन, फेक भयो भन्दै टार्दै गए । उनी गहिराइमा पुग्न बाँकी नै थियो ।

एक रात उनी झमक पात्रमा डुबेर सुतिरहँदा उकुसमुकुस, बेचैनी र अत्यासले ऐंठन नै भयो । रातको एक बजे ब्यूँझिएर कहालिएर रोइन् ।

‘त्यसपछि त्यो पात्रको भोगाइ यस्तो भो भनेर मैले गुरुलाई सुनाइराख्नै परेन ।‘ उनले पीडाको चरम उँचाइमा झमकको जिन्दगी छामेको अनुभूति सुनाइन् ।

अध्ययनका क्रममा वृत्तचित्रहरुमा झमकको हाउभाउ ख्याल गर्दै आए पनि उनीसँग रोजिताले एक वर्षअघि मात्रै देखभेट गरिन् ।

गत चैतको दोस्रो साता फिल्मको शुभमुहूर्त थालिनु एक साताअघि नै उनी धनकुटा ३ कचिडे गाउँ पुगिन् । झमकलाई प्रत्यक्ष रुपमा भेटेर नजिकबाट बुझ्नु थियो । चिनजान गर्ने इच्छा पनि छँदै थियो ।

पहिलो चोटि नजिकबाट भेट्दा कस्तो लाग्यो त झमक उनलाई रु

‘एकदम फरासिलो । स्पष्ट । उहाँ आफूलाई जे लाग्यो त्यही भाव खुलेर व्यक्त गर्नुहुन्छ,’उनले व्यक्तित्व केलाइन् – ‘त्यसैलाई हेरेर कतिले दिदीलाई मुडी र सन्की पनि ठान्छन् । तर त्यसमा स्पष्टता देखेँ मैले । उहाँ जस्तो मान्छे छ, त्यस्तै व्यवहार गर्नुहुँदो रैछ ।‘

त्यसपछि उनले सुटिङ सुरु हुनुअघिको एक सातासम्म झमकको आनीबानी र समग्र व्यक्तित्व नजिकबाट अध्ययन गरिन् । दुवैको ट्युनिङ मिल्यो । छिटै घुलमिल भए ।

त्यस क्रममा फिल्ममा झमकको चरित्रमा अभिनय गर्न आफू योग्य पात्र होरहोइन भनेर झमकबाटै प्रतिक्रिया के आउला भन्ने पनि उनको परीक्षाकै विषय थियो ।

सरसंगत बढ्दै जाँदा झमकले आफ्नै हिसाबबाट रोजितालाई जाँचिन् ।

‘म तपाईंको चरित्रमा फिल्ममा देखिंदै छु‘ भनेर पहिलो पटक भन्दा झमकले ‘हेरुम्ला‘ भनेर परीक्षा बाँकी नै रहेको जनाउ दिइन् ।

रोजिताको क्षमता बुझ्दै जाँदा ‘कोसिस गर‘ भनेर सम्भावनातर्फ संकेत गरिन् । त्यसपछिको चरणमा मात्र ‘तिम्ले गर्न सक्छौ‘ भनेर बल्ल अनुमोदन गरिदिइन् ।

उनलाई आफू अयोग्य र अस्वीकृत हुँला भनेर मनको कुनै कुनामा पनि छँदै थिएन । भनिन् ‘म त पूरा तयारी गरेर मैदानमा उत्रेको थिएँ ।‘

चैतको दोस्रो साता फिल्मको शुभमुहूर्तको दिन उनी ब्वाइज कट कपालमा झमकसँग दाँजिनलाई तम्तयार थिइन् ।

झमकको घर । आँगनमा झमक बहिनी मीनालाई ‘मुनामदन‘ किताब किनेर ल्याउन अह्राइरहेकी छिन् । छेउछाउमा गाउँलेहरु दिदी(बहिनीबीचको बातचित उदेक मानेर हेरिरहेका छन् ।

गुजुल्टो परेर लेखिरहेकी झमक यत्तिकैमा उठ्छिन् ।

वरिपरिका रमितेहरु आश्चर्यमा मुखामुख गर्छन् । उभिन र हिंडडुल गर्न नसक्ने झमक कसरी उठ्न सकिन् १ कुन चमत्कारले हिंडिन् १ फिल्मको शुभमुहूर्तको दिन थियो त्यो ।

दृश्यमा थिइन् झमकको चरित्रमा भिजेकी रोजिता । अलिक पर कुनामा झमक आमासँग लपक्क टाँसिएर सुटिङ हेरिरहेकी थिइन् ।

मान्छेहरु सुटिङकै झमकलाई साँच्चैको सम्झेर झुक्किएका थिए ।

मान्छेहरुको प्रतिक्रिया र त्यस बेलाको अवस्थाले के भाव आयो खै । रोजिताको दिमाग शून्य भयो । उनका आँखा एकाएक रसाए । वातावरण भावुक बन्यो ।

केहीबेरमै उनी झमककी आमा र झमकलाई अंकमाल गर्दै भक्कानिएर रोइन् । डेढ वर्षमै आमा गुमाएकी रोजिताले त्यो अँगालोमा सायद बेग्लै आत्मीयता भेटिन् र त्यसले पगाल्यो ।

धरानको घोपा क्याम्पमा सुटिङका लागि ह्विलचेयरमा जाँदा पनि मान्छेहरु साँच्चैको झमक आएको भन्ठानेर झुक्किएको उनी सुनाउँछिन् ।

‘साढे एक वर्षको अभ्यास र झमक दिदीसँगको सरसंगतले म क्यारेक्टरबाट निस्किनै नसक्ने गरी विकसित भइसकेको थिएँ,’ उनले भनिन् ।

पहिले आफ्नो कुरा अभिव्यक्त गर्न नसक्ने उनी अहिले आफ्नो जीवन नै परिवर्तन भएको पाउँछिन् । पहिले नाइँनास्ती र फरक मत नराख्ने उनी अहिले तर्कमा उत्रिन्छिन् ।

यो सबै परिवर्तन आउनुमा ‘जीवन काँडा कि फूल‘ फिल्मकै लागि गरेको कडा अभ्यास र विमल गुरुको देन मान्छिन् उनी ।

उनले आफ्नो भागको सुटिङ सकिसकेकी छन् । फिल्मको अन्तिम सिन मात्र खिच्न बाँकी छ । ठूली झमकको चरित्रमा रोजिता रहे पनि झमक सानो छँदाको रोलमा भने सिलिगुडीकी अवस्था थापा देखिनेछिन् ।

८८८

थिएटरमा चार वर्षको छोटो करिअर गुजार्दा उनले दर्शकमाझ नोटिस भएर चर्चा कमाएकी छन् । उमेरभन्दा बढी परिपक्वता आफूमा सँगालेकी छिन् । उनी सुनाउँछिन् – ‘सानोमा चञ्चल भए पनि अलिक फरक थिएँ रे म । बौद्ध शिक्षा पाएका कारण पनि ममा गम्भीरता र शालीनता आएको होला ।‘

बौद्ध विहारमा परियत्ति शिक्षा पाँच कक्षासम्म पढेकी उनले त्यसबेला बुद्धकालीन कथा, बुद्धको जीवनी, दर्शन सरल भाषामा पढ्न पाइन् ।

त्यसले जीवनलाई हेर्ने दृष्टिकोण बदल्यो । जीवन हर समय परिवर्तन भइरहने गुह्य जानिन् । समाज आफैंमा नराम्रो छैन, मान्छेले आफ्नो स्वार्थअनुसार यसलाई चलाउँदा खजमजिन्छ भनेर बुझिन् ।

बौद्ध शिक्षाले देखाएको बाटो एकातिर छ भने नाटकप्रतिको मोहले उनलाई जीवनमा रङ थपिदिएको छ । औपचारिक अध्ययनमा भने विज्ञान जस्तो रुखो विषय छानेकी छन् । अमृत साइन्स क्याम्पसमा एमएस्सी गर्दै छिन् । कीर्तिपुरस्थित वीपी कोइराला मेमोरिल प्लानेटरियमम अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिमा मिडिया अफिसरका रुपमा काम गर्छिन् । त्यहीँबाट नेपाल टेलिभिजनबाट प्रसारण हुने गरी पाक्षिक कार्यक्रम‘आजको विज्ञान‘ उत्पादन गर्छिन् ।

नाट्य सम्राट् बालकृष्ण समले ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ‘ भने पनि उनी भने विज्ञानलाई पनि जीवन जत्तिकै रसिलो पाउँछिन् । ‘खगोल विज्ञान‘ उनको स्नातकोत्तरको विषय ।

यसबाट उनले प्रकृतिलाई नजिकबाट बुझ्न पाएकी छिन् । बाह्य वस्तु हेरेर रोमाञ्चित हुन्छिन् । नाटकमा अभिनय गर्दा भने उनी आफैंतिर फर्किरहेको हुन्छिन् । भन्छिन् ‘मञ्चमा उत्रिँदा आध्यात्मिक भाव जस्तो उर्लिन्छ मनमा । आफूलाई बुझ्न सक्छु ।

‘जीवन काँडा कि फूल‘ का लागि आफ्नै जीवन चुँडेर अरुको पाउमा चढाएकी यी नायिकालाई जीवन के लाग्दो हो रु काँडा कि फूल रु

‘काँडासहितको फूल । गुलाफ जस्तै १’ उन्मुक्त हाँसिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय