नयाँ कफी पकेट कार्यक्रम अन्तर्गत १६० रोपनी जग्गामा कफी हुर्कँदै

कार्तिक ८ शनिवार

गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ४ बडागाउँ धारापानीमा नयाँ कफी पकेट कार्यक्रम अन्तर्गत १६० रोपनी जग्गामा रोपिएका १३ हजार ५ सय विरुवा हुर्किरहेका छन ।

मुसिकोट नगरपालिका वडानम्बर ३ मा अवस्थित साना किसान कृषि सहकारी संस्थाको १३ लाख ५० हजार र मुसिकोट नगरपालिकाको १२ लाख गरी २५ लाख ५० हजार लगानीमा गत आर्थिक वर्ष २०८१/८२ मा कार्यक्रम सुरु भएको सहकारीका अध्यक्ष हरीप्रसाद छन्त्यालले जानकारी दिनुभयो ।

नयाँ कफी पकेट कार्यक्रम अन्तर्गत ९ जातका कफीहरु लगाइको छ । जसमा गुल्मी स्थानिय जातका विरुवा १२ हजार ५ सय, वोरवन २००, सेलेक्सन २००, पाकामारा १००, क्याटीमोर १००, ओवाटा १००, ईन्डोनेसिया १००, स्याङ्जा स्पेसल १०० र भण्डारीडाँडा स्थानिय १०० गरी १३ हजार ५ सय विरुवा लगाइएको छ ।

कफी खेति छहारीमुनि हुर्कने विरुवा भएकोले छहारीको लागि मेकाडेमिया नट विरुवा १०० वटा, एभोकाडो ६०० विरुवा र सुन्तलाको विरुवा ५ सयवटा लगाइएको अध्यक्ष छन्त्यालले बताउनुभयो ।

साना किसान विकास आयोजनाको रुपमा वि.सं. २०४५ सालमा साविक बडागाउँ गा.वि.स. मा स्थापित यस संस्था वि.सं. २०६१ माघ २९ गते सहकारीको रुपमा हस्तान्तरण भएको थियो। हस्तान्तरण अघि र पछि विभिन्न कालखण्डहरुमा आरोह अवरोह पार गर्दै आज संस्था आन्तरिक श्रोत र नाफाको हिसाबले सक्षम भईसकेको संस्थाले बताएको छ।

अहिले हुर्कँदै गरेका कफीले ४ वर्षपछि उत्पादन दिन सुरु गर्नेछन । कफी लगाएर बाँकी रहेको जग्गामा अदुवा र बेसार खेति गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय